मौलापुरकी मेयर रिना साह सम्मानित

काठमाडौं । रौतहटको मौलापुर नगरपालिकाकी मेयर रिनाकुमारी साह सम्मानित भएकी छन् । बालिका तथा समावेशी शिक्षातर्फ मौलापुर नगरपालिकाकी मेयर साहले गरेको योगदानको उच्च मुल्यांकन गर्दै आरम्भ परियोजनाले सम्मानित गरेको हो ।

काठमाडौंको हयात होटलमा आज आयोजित एक कार्यक्रमका बीचमा मेयर साहलाई सम्मानित गरिएको छ । विद्यालयका छात्राहरूलाई सहज रूपमा विद्यालय पहुँचको लागि साईकल वितरणको थालनी मौलापुर नगरपालिकाबाट भएको थियो ।

यसैगरी विद्यालयका छात्राहरूलाई सेनिटरी प्याड वितरणको थालनी गदै मौलापुर नगरपालिकाकी मेयर साहले गर्दै उच्च शिक्षा अन्तर्गत सिभिल तथा जिओमेटिक्स इन्जिनियरिङमा डिप्लोमा तह सम्म छात्रालाई निःशुल्क अध्ययनको समेत व्यवस्थापन गरेकी छन् ।

मौलापुर नगरपालिकाले माध्यमिक तहमा अध्ययनरत छात्राहरुलाई ल्यापटप वितरण, ‘हर हातमे हुनर’ कार्यक्रम अन्तरगत किशोरीहरुका लागि सिपमुलक तालिम सञ्चालन, १५ वटा विद्यालय भवन तर्फ १२५ वटा कक्षा कोठा निर्माण, सिटिइभिटीको साझेदारीमा २ वटा संकायमा डिप्लोमा तहको प्राविधिक शिक्षा संचालनमा, छोरीको विवाह खर्च अनुदान रु ३० हजार उपलब्ध गराउँने कार्य गरेकोमा त्यसैलाई मुल्यांकनको आधार बनाई मेयर साहलाई सम्मानित गरिएको हो ।

तपाइको प्रतिक्रिया
(Visited 36 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
एमाले कार्यकर्ताले गरे मतगणनास्थलमा पत्रकारलाई दुर्व्यवहार