एकीकृत समाजवादीमा महाधिवेशनको ५ महिनापछि जिम्मेवारी बाँडफाँड हुँदै

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) ले आइतबार (आज) नेताहरूको जिम्मेवारी बाँडफाँड गर्दै छ । महाधिवेशन भएको पाँच महिनापछि बल्ल नेताहरूको जिम्मेवारी बाँडफाँड हुन लागेको हो । निर्णय प्रक्रिया सुस्त हुँदा एकीकृत समाजवादीका नेताहरूको जिम्मेवारी बाँडफाँडमा सकस परेको थियो ।

शनिबार पार्टी स्थायी कमिटीको बैठक केन्द्रीय कार्यालय आलोकनगर काठमाडौंमा बसेको थियो । शुक्रबारदेखि जारी बैठक आइतबार नेताहरूको जिम्मेवारी बाँडफाँड, आगामी कार्ययोजना, समसामयिक राजनीतिकलगायतका विषयमा निर्णय गर्दै सम्पन्न हुँदै छ । एकीकृत समाजवादीका उपाध्यक्ष जगन्नाथ खतिवडाका अनुसार बैठकमा आगामी कार्ययोजनाका साथै कार्यविभाजनका विषयमा छलफल चलिरहेको छ ।

स्थायी कमिटीका सदस्यहरूले पार्टीको आगामी कार्ययोजना निर्माण गर्ने विषयमा आफ्ना धारणाहरू बैठकमा राखेका छन् । ‘पार्टी नीतिको प्रचार गर्ने, पार्टीको सुदृढीकरण गर्ने, आगामी निर्वाचनहरूमा सानदार विजय प्राप्त गर्ने र राजनीतिक तथा भूराजनीतिक चुनौतीहरूको सामना गर्ने सबै विविध विषयहरूमा व्यापक छलफल भइरहेको छ,’ उपाध्यक्ष खतिवडाले भने । शनिबारको बैठकमा उपाध्यक्षत्रय खतिवडा, जयन्ती राई, गंगालाल तुलाधरसहित स्थायी कमिटीका सदस्यहरू चन्द्रबहादुर शाही, गणेश विक, माधव पौडेल, गरिमा शाह, कल्याणी खडका, विजय पौडेल, नागेन्द्र चौधरी, श्रीप्रसाद साह, बलराम बास्कोटा, विश्वनाथ प्याकुरेल, रामचन्द्र यादव, शत्रुधन महतो, साध्यबहादुर भण्डारी, जीवनराम श्रेष्ठ, भरत श्रेष्ठलगायतका नेताहरूले आफ्नो धारणा राखेका थिए ।

बैठकमा सहभागी स्थायी कमिटीका सदस्य जीवनराम श्रेष्ठका अनुसार आगामी कार्ययोजनासहित नेताहरूको जिम्मेवारी बाँडफाँड गर्दै पार्टीलाई जनताका बीचमा अगाडि बढाउने’boutमा गम्भीर छलफल चलिरहेको छ । बैठकमा सहभागी एक नेताका अनुसार नेताहरूको जिम्मेवारी बाँडफाँड र आगामी कार्ययोजनाका ’boutमा भएका ढिलाइका कारण नेतृत्वको आलोचनासमेत भएको छ । पार्टीको निर्णय गर्ने सुस्त शैलीको विरोध गर्दै पार्टीलाई तीव्र गतिमा अगाडि बढाउनुपर्ने सुझावसमेत आएको छ ।

पार्टीको महाधिवेशन भएको ५ महिना बितिसक्दासमेत नेताहरूको जिम्मेवारी बाँडफाँड हुन नसक्दा पार्टीको काम पनि सुस्त देखिएको भन्दै नेताहरूले असन्तुष्टि पोखेका छन् । एकीकृत समाजवादीको १०औं महाधिवेशन १६–२१ असारमा काठमाडौंमा सम्पन्न भएको थियो । सम्पन्न महाधिवेशनबाट अध्यक्षमा माधवकुमार नेपाल, सम्मानित नेतामा झलनाथ खनाल र महासचिव घनश्याम भुसालसहित ९३ सदस्यीय केन्द्रीय कमिटी सर्वसम्मत चयन गर्दै सम्पन्न भएको थियो ।

तर, त्यसयता केन्द्रीय सदस्यहरू किस्ताबन्दीमा थप्ने काम भयो । विधानमा २९९ सदस्यीय केन्द्रीय कमिटी हुने व्यवस्था भए पनि संशोधन गरेर ३ सय ४१ बनाइएको छ । पोलिटब्युरो सदस्य १ सय १५ जना छन् । पदाधिकारी र पोलिटब्युरो सदस्यका लागि केन्द्रीय कमिटीमा निर्वाचन नै गर्नुप¥यो । सर्वसम्मत हुन नसकेपछि निर्वाचन भयो । त्यसयता कतिपय नेताहरू असन्तुष्ट देखिएका छन् । हाललाई २१ सदस्यीय पदाधिकारीलाई स्थायी कमिटी भनिएको छ । स्थायी कमिटीमा १७ जना नेतालाई मनोनीत गरिएको छ । विधानअनुसार स्थायी कमिटीले समेत पूर्णता पाउन सकेको थिएन ।

नेताहरूको जिम्मेवारी बाँडफाँड गर्न नसक्दा नेताहरू जिम्मेवारीविहीन मात्रै भएका छैनन्, पार्टीको कामले गतिसमेत लिन सकेको छैन । एकीकृत समाजवादीका उपमहासचिव रामकुमार भट्टराईले विभिन्न कारणले नेताहरूको जिम्मेवारी बाँडफाँडमा ढिलाइ हुन गएको बताए । बैठकबाट नेताहरूको जिम्मेवारी बाँडफाँड गर्दै पार्टीलाई जनताका बीचमा तीव्र गतिमा लैजानका लागि आगामी कार्ययोजनासमेत पारित हुन लागेको उनले बताए । ‘महाधिवेशनयता बाढी पहिरो, दसैँ, दीपावली, छठसहितका चाडपर्व, उपनिर्वाचनलगायतका विभिन्न कारणले नेताहरूको जिम्मेवारी बाँडफाँडमा ढिलाइ हुन गयो । पार्टी शीर्ष नेताहरूको त्यसको गृहकार्यमा गर्दै स्थायी कमिटीबाट विस्तृत छलफल गर्दै सम्पन्न हुन्छ,’ कार्यालय सचिवको जिम्मेवारीसमेत पाएका उपमहासचिव भट्टराईले भने ।

नेताहरूको कार्यविभाजनका लागि अध्यक्ष नेपाल, सम्मानित नेता खनाल, वरिष्ठ नेताहरू डा. वेदुराम भुसाल, घनेन्द्र बस्नेत र प्रमेश हमाल तथा वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे र महासचिव भुसाल रहेको कार्यदल गठन गरिएको छ । यो कार्यदलले ‘एक पद एक व्यक्ति’ प्रणालीका आधारमा कार्यविभाजन गर्ने गृहकार्य गरेको छ । एकीकृत समाजवादीमा महाधिवेशनपछि चुलिएको विवादका कारण नेताहरूको कार्यविभाजनमै ढिलासुस्ती देखिएको हो । कार्यविभाजनमा ढिलाइ हुँदा कार्यकर्तामा निराशा, आक्रोश र पलायनसम्म देखिएको छ ।

एकीकृत समाजवादीका सचिव सोमप्रसाद पाण्डेले पार्टीले सबै तहका कमिटीमा संगठनलाई थप सुदृढीकरण गरी गतिशील बनाउन पार्टीका सबै तहका नेतालाई व्यवस्थापन गर्न ‘एक पद एक व्यक्ति’को अवधारणा कार्यान्वयन गर्न लागिएको बताए । विभागीय प्रमुख तथा जनवर्गीय संगठन, प्रदेश इन्चार्ज तोकिने र आवश्यकताअनुसार अन्य नेताहरूको कार्यविभाजन गरिने बताइएको छ । एकीकृत समाजवादीमा अहिले ३१ वटा विभाग रहेको छ । अनुशासन, लेखा, निर्वाचन गरी तीन आयोग रहेको छ ।

१७ नेता स्थायी कमिटीमा मनोनीत
यसैबीच, एकीकृत समाजवादीको स्थायी कमिटीमा १७ जना नेतालाई मनोनीत गरिएको छ । शुक्रबार बसेको पार्टी स्थायी कमिटी बैठकले १७ जना केन्द्रीय सदस्यलाई स्थायी कमिटीमा मनोनीत गरेको हो । मनोनीत भएका नेताहरूमा रामकुमारी झाँक्रीसहित जीवनराम श्रेष्ठ, हरिप्रसाद पराजुली, डा. विजय पौडेल, विरोध खतिवडा, डा. वंशीधर मिश्र, केशवलाल श्रेष्ठ, नागेन्द्र चौधरी, बलराम बाँस्कोटा, कल्याणी खड्का, विश्वनाथ प्याकुरेल, लक्ष्मण पौडेल, रामचन्द्र झा, रामचन्द्र यादव, साध्यबहादुर भण्डारी, श्रीप्रसाद साह र शत्रुधन महतो रहेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 85 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

रबि लामिछानेमाथिकाे अनुसन्धान प्रतिबेदन बुझाइयाे

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कैलालीमा एमालेले टुंगो लगायो ११ पालिकाका उम्मेदवार