अध्यादेश पारित गर्न खोजियो माओवादीको ‘साथ’

काठमाडौं । अध्यादेशवारे उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल अनिर्णीत भएपछि सत्तारूढ दलले प्रमुख विपक्षी दल माओवादी केन्द्रको साथ खोजेको छ । ‘विज्ञसँग सल्लाह गरिरहेको नाममा जसपा नेपालले अध्यादेशवारे निर्णय गर्न ढिलाइ गरिरहेको’ भन्दै सत्तारूढ दलले माओवादी केन्द्रको साथ खोजेको हो ।

माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले एमालेले सहयोग मागेको खुलासा गरेका छन् । एमालेका महासचिव शंकर पोखरेलले ‘आफूलाई फोन गरी अध्यादेश पारित गर्न सहयोग मागेको’ उनी बताउँछन् । पुनले ‘आफू पाल्पामा पार्टी कामको सिलसिलामा रहेको बेला एमाले महासचिव पोखरेलले टेलिफोन गरी अध्यादेशमा सघाउन’ आग्रह गरेको दाबीसमेत गरे । गुल्मी चन्द्रकोट गाउँपालिकाको अधिवेशनलाई शनिबार सम्बोधन गर्दै उनले ‘अध्यादेश पारित गर्न पोखरेलले आफूसँग सहयोग मागेको तर गर्न नसक्ने जवाफ फर्काएको’ उल्लेख गरे ।

‘दुईतिहाइको दुहाइ दिने सरकारले अध्यादेशबाट शासन गर्न खोजेको छ । संविधान संशोधनको सहमति गर्दा दुईतिहाइ छ भनेर हामीलाई बाइपास गर्न खोजियो । राष्ट्रिय सभामा बहुमत नभएपछि अहिले सत्तारूढ दलका साथीहरू हारगुहार गर्दै हुनुहुन्छ,’ पुनले भने, ‘अस्तिसम्म हामीसँग दुईतिहाइ छ भनेर धाक लगाउँदै हिँड्नुभएको थियो । दुईदलीय व्यवस्थामा लान्छौं भन्ने हुंकार पनि गर्नुहुन्थ्यो । अहिले सहयोग गर्नुहोस् भनेर अनुरोध गर्ने ठाउँमा पुग्नुभएको छ ।’

प्रतिनिधिसभामा कांग्रेस र एमालेको स्पष्ट बहुमत छ । तर, राष्ट्रिय सभामा सत्तारूढ दलको बहुमत छैन । जसपाको ३ सांसदले सत्तारूढ दललाई समर्थन नगरे सरकारले ल्याएको अध्यादेश पारित हुन नसकी निष्क्रिय हुने अवस्था छ । त्यसैले पनि सरकारले राष्ट्रिय सभामा सबैभन्दा ठूलो दल माओवादीको साथ खोजेको हो ।

५९ सदस्यीय राष्ट्रिय सभामा सामान्य बहुमतका लागि ३० सांसद चाहिन्छ । तर, सत्तापक्ष कांग्रेसका १६, एमालेका १० र लोसपाका १ गरी २७ सांसद मात्रै छन् । मनोनीत सांसद अञ्जान शाक्यले पनि सरकार पक्षलाई नै साथ दिने निश्चित भएकाले सत्ता पक्षसँग २८ सांसद पुग्ने देखिन्छ । वामदेव गौतम, अञ्जन शाक्य र नारायण दाहाल मनोनीत सांसद हुन् । उनीहरूलाई ह्वीप लाग्दैन । वामदेवले अध्यादेशमा नसघाउने प्रस्ट पारिसकेका छन् ।

सत्तारूढ दलले माओवादीको साथ खोजिरहेको बेला जसपा नेपालका प्रवक्ता मनीषकुमार सुमनले भने अध्यादेशको ’boutमा निर्णय गर्न आफूहरूलाई कुनै किसिमको हतारो नभएको बताएका छन् ।

‘हामीलाई कुनै किसिमको हतार छैन । पार्टीले गठन गरेको अध्यादेश अध्ययन कार्यदलले प्रतिवेदन बुझाएपछि अहिले हामी विज्ञहरूसँगको छलफलमै छौं । सरकारले त निर्णयार्थ पेस गर्ने भनेर संसद्को कार्यसूचीबाटै हटायो भने हामीलाई के को हतार ?,’ सुमनले भने, ‘विज्ञसँग छलफल गर्दै छौं । सरकारले निर्णयार्थ संसद्को कार्यसूचीमा राखेकै दिन हामी आफ्नो निर्णय सार्वजनिक गर्छौं ।’

जसपा नेपालले अध्यादेशका ’boutमा सहअध्यक्ष राजकिशोर यादवको नेतृत्वमा अध्यादेश अध्ययन कार्यदल गठन गरेको थियो । कार्यदलले बिहीबार नै पार्टी अध्यक्ष यादवसमक्ष प्रतिवेदन बुझाइसकेको छ । यद्यपि, सो प्रतिवेदन गोप्य राखिएको छ ।

स्रोतका अनुसार सरकारलाई समर्थन गरेको भए पनि जसपा नेपाल सरकारको कामकारबाहीप्रति सन्तुष्ट छैन । त्यसैले पनि जसपा नेपालले अड्को थापेको हो ।

‘हामीले पनि सरकारलाई समर्थन गरेकै छौं । तर, हामी सरकारमा सहभागी छैनौं । यसबीचमा सरकारले प्रदेश प्रमुखदेखि राजदूत नियुक्तिलगायतका विभिन्न नियुक्ति ग¥यो तर जसपा नेपाललाई सम्झिने काम भएन । जब अध्यादेश राष्ट्रिय सभाबाट हाम्रो सहयोगबिना पारित हुन नसक्ने अवस्था आयो, त्यसपछि मात्र हामीलाई सम्झिने अवस्था देखिएको छ,’ जसपा नेपालका एक पदाधिकारीले भने ।

त्यसो त, अध्यादेश पारित गर्न प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाले जसपा नेपाल अध्यक्ष यादवसँग सहयोग मागिरहेका छन् । तर, उनले केही जवाफ दिएका छैनन् । उनले सहयोग गर्ने नबताएकै कारण बिहीबार दुवै सदनमा अध्यादेश निर्णयार्थ पेस गर्नबाट सरकार पछि हटेको थियो ।

प्रतिनिधिसभामा सुविधाजनक बहुमत भए पनि राष्ट्रिय सभामा अल्पमतमा रहेकाले सरकारले सभामुख देवराज घिमिरेलाई आग्रह गरी अन्तिम समयमा आएर कार्यसूचीबाट हटाउन लगाएको थियो ।

सरकारले केही दिनअघि सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाह, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्वसम्बन्धी, निजीकरण ऐन–२०५० लाई संशोधन गर्न बनेको अध्यादेश, आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी अध्यादेश, सहकारीसम्बन्धी अध्यादेश र भूमिसम्बन्धी अध्यादेश ल्याएको थियो । राष्ट्रपतिबाट जारी भइसकेका ती अध्यादेश सरकारले गत १८ माघमा हिउँदे अधिवेशनको पहिलो बैठकमै प्रतिनिधिसभा र राष्ट्रिय सभामा पेस गरिसकेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 110 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

श्रेणीविहीन कर्मचारीहरुको जागिरको ग्यारेन्टी गर्नुपर्ने प्रभु साहको माग

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
पत्रकार गिरिश गिरीसहित वीरगञ्ज महानगरपालिकामा १९ जनाले दिए मेयरमा उमेद्वारी