नेपाल एयरलाईन्सको बेथितिवारे प्रभु साहको प्रश्नैप्रश्न

काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले नेपाल एयरलायन्स घाटामा हुनुको कारण ’bout सरकारसंग प्रश्न सोधेका छन् । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा बोल्दै सांसद साहले अरू एयरलाईन्स नाफामा हुँदा नेपाल एयरलायन्समात्रै किन घाटामा गयो भनेर प्रश्न सोधेका हुन् ।

‘अरू एयरलान्सले नाफा गर्ने, तर सरकारको नेपाल वायु सेवा निगम घाटामा जाने, नेपाल एयरलाईन्सले आफ्नो जहाज उडाउनै सकेको छैन् । वर्षौदेखि ती जहाजहरु थन्काईएको छ । आन्तरिक उडानका लागि भनेर चीनबाट ल्याईएका पाँच वटा जहाज थन्काएर राखिएको छ । ती जहाजलाई कि उडाउनुपर्यो, कि व्यवस्थापन गर्नुपर्यो । यत्तिकै ती जहाज थन्काएर सरकारले के सन्देश दिन खोजेको हो ?’, साहले प्रश्न गरे ।

अहिले नेपाल वायु सेवा निगमले कि त जहाज नै नउडाउने र उडाईएपनि फूल फेजमा नउडाएको साहको आरोप छ । उनले नेपाल एयरलाईन्सले जहाज उडाउनै पर्यो भनेपनि यात्रु नपाउने (चाप नभएको) ठाउँबाट उडाउने गरेको भन्दै आलोचना गरे । उनले नेपाल एयरलाईन्सको बेथितिबाट सरकारलाई राम्रै लाभ आएको हुनसक्ने आशंका व्यक्त गरे ।

‘यो सरकारले नेपाल एयरलाईन्सलाई डुबाएर कसलाई सेवा गर्न चाहेको हो ? हामीलाई जवाफ चाहियो ?’ उनले प्रश्न गरे । आज नेपाल वायु निगममा दुई थरिका मान्छेहरु हाबी भएको भन्दै एकथरीले एयरलाईन्सलाई राम्रोसँग सञ्चालन गर्नेहरुपनि रहेको तर अर्को समूह नेपाल एयरलाईन्सलाई आफ्नो स्वार्थमा बेच्नेहरुपनि रहेको टिप्पणी उनले गरे ।

उनले यस’bout सरकारको पोजिसन के हो भनेर प्रश्न सोधेका छन् । ‘यो सरकार कता हो ? एयरलाईन्स डुबाउन चाहेको हो कि बढाउन चाहेको ? नेपाल वायु सेवा निगमबाट फाईदा लिन चाहेको हो कि यसलाई बिक्री गरेर निजी वायुसेवा कम्पनीहरुबाट लाभ लिन चाहेको हो ?’, आजपा अध्यक्ष साहले प्रश्न गरे । उनले नेपाल वायु सेवा निगमले अहिले अन्तर्राष्ट्रिय फ्लाईटमा जम्मा चार वटा जहाजमार्फत उडान भरेको सुनाए । तर, वायु सेवा निगमसँग् १५ सय कर्मचारी रहेको तथ्यांक पेश गरे ।

उता, निजी सेवा प्रदायक हिमालययन एयरलाईन्सले पनि चार वटा जहाज उडान गर्ने तर कर्मचरी पाँच सयमात्रै रहेको साहले सुनाए । यस्तै, बुद्ध एयरले १६ वटा जहाज उडाउने गरेको र ७ देखि ८ सयमात्रै कर्मचारी रहेको र यति एयरलाईन्सले पनी १४ वटा जहाज उडाउँदा ७ सय कर्मचारी रहेको तथ्यांक पेश गर्दै नेपाल वायु सेवा निगममा कर्मचारी धेरै राखिएको तर त्यसको उपयोग नगरिएकोमा प्रश्न उठाए ।

उनले नेपाल वायु सेवा निगममा भएको अहिलेको बेथितिको विषयमा को सँग जवाफ माग्ने भन्दै प्रश्न तेर्साए । उनले नेपालको गौरवको रुपमा नेपाल वायु सेवा निगमको राम्रो होस भन्ने चाहेको र यसले नाफा गरोस् भन्ने चाहेको पनि आफ्नो मत राखे । उनले प्रविधि र जहाजको कमि रहेको पनि आवश्यकत्ता औंल्याए ।

उनले नियमित मर्मतसम्भार सी–चेक लगायतमा ठूलो हिनामिना भएको हुनसक्ने र महिनौंसम्म जहाज मर्मतसम्भारको लागि थन्किँदा ठूलो घाटा व्यहोर्नुपर्ने अवस्थाको अन्त्य चाहे । उनले जहाजहरुको सी–चेक नेपालमा किन हुन नसकेको हो भन्ने’bout पनि सरकारसंग जवाफ मागे । उनले हवाई भाडा बढाईएको विषयमा पनि आपत्ति जनाए । हवाई भाडा नियन्त्रण गर्न सरकार किन असफल भएको भन्दै उनले प्रश्न उठाए । साथै उनले विदेशमा कर्मचारीको हुने पोष्टिङमा समेत हुने गरेको अनियमितताको ’boutमा प्रश्न उठाउदै नेपाल एयरलायन्सलाई युरोपियन युनियनले कालोसूचीमा राखेकोमा त्यस’boutमा सरकारले के गरिरहेको छ भन्ने ’boutमा जवाफ माग गरेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 19 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

प्रजातन्त्र नमासी राष्ट्रपतिको ठाउँमा राजा ल्याउने ज्ञानेन्द्र शाहीको उद्घोष

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
गोली चल्दा एकको मृत्यु