म्यानमारमा भूकम्पमा परी ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो

म्यानमार । म्यानमारको सागिङ सहरमा केन्द्रविन्दु भई म्यानमार र थाइल्यान्डमा शुक्रबार गएको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या शनिबार एक हजारभन्दा बढी पुगेको छ भने खोजी तथा उद्धार कार्य जारी रहेको जनाइएको छ ।

मध्य म्यानमारको सागिङ सहरको उत्तरपश्चिममा शुक्रबार ७.७ म्याग्निच्युडको भूकम्प गएको र त्यसको केही मिनेटपछि ६।७ म्याग्निच्युडको पराकम्प आएको थियो ।

भूकम्पले म्यानमारमा भवन, पुल र सडकका साथै १७ लाखभन्दा बढी मानिसहरूको घरमा क्षति पुगेको थियो ।

म्यानमारमा कम्तीमा एक हजार दुई जनाको मृत्यु भएको र करिब दुई हजार चार सय जना घाइते भएको म्यानमार सरकारले विज्ञप्तिमा जनाएको छ । उक्त भूकम्पको कारण बैङ्ककमा थप १० जनाको मृत्यु भएको र कम्तीमा १०० जना हराइरहेको पुष्टि भएको छ ।

भूकम्पका कारण सञ्चार प्रणाली अवरुद्ध भएपछि, प्रकोपको वास्तविक तथ्याङ्क सरकारले सार्वजनिक गरिरहेको छ भने मृतकको सङ्ख्या अझै बढ्ने आशङ्का गरिएको छ ।

विमानस्थल तथा सडकहरु बन्द रहेकाले राहत तथा उद्धार सामग्री पुरयाउने काममा समेत समस्या भइरहेको जनाइएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 88 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

पेट्रोलियम पदार्थको मूल्य घट्यो

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
' ठाउँ र अवस्थाअनुसार तालमेल गर्नू'