काठमाडौं । जिल्ला अदालत पर्साले प्रहरी हिरासतमा रहेका वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहसँग ४ लाख १५ हजार धरौटी माग गरेको छ।
जिल्ला न्यायाधीश गायत्रीप्रसाद रेग्मीको एकल इजलासले मंगलबार थुनछेकको बहस सुनिसकेपछि यस्तो आदेश गरेको हो।
आज पक्राउ परेका उनलाई आजै अदालतमा पेश गरिएको थियो। जिल्ला अदालत पर्साका सूचना अधिकारी जयनारायण यादवले भने, ‘थुनछेकको बहस हुँदा दुई वटा मुद्दामा कूल ४ लाख १५ हजार धरौटी माग भएको हो।’
उनका अनुसार लिखित कीर्तेसम्बन्धी कसुरको मुद्दामा ४ लाख र झुट्टा विवरण पेश गरेको मुद्दामा १५ हजार रुपैयाँ धरौटी माग गरिएको छ।
हाल प्रहरी हिरासतमा रहेका उनी धरौटी रकम बुझाएपछि थुनामुक्त हुनेछन्।
तपाइको प्रतिक्रिया
(Visited 1 times, 1 visits today)
सम्बन्धित समाचार
विमानस्थलबाट ३७ वटा पासपोर्ट बोकेका युवक किन पक्राउ परे ?
बाजुरा र हुम्लाको सीमाको अध्ययन गर्न समिति गठन
सुत्केरी तथा गर्भवतीलाई पोषण सामग्री वितरण
बागमती प्रदेशमा तीनदिन ‘गणतन्त्र दिवस २०८३’ मनाइने
प्रतिनिधि सभा बैठक विपक्षीद्वारा अवरोध
राष्ट्रियसभाबाट दुई विधेयक स्वीकृत
प्रतिनिधि सभाको बैठक सुरु हुने वितिक्कै विपक्षी दलको विरोध
विपक्षीको विरोधपछि प्रतिनिधिसभाको बैठक स्थगित






