काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाले खगेन्द्र जिसीलाई पार्टीको आमन्त्रित केन्द्रीय सदस्यमा मनोनयन गरेका छन्।
पार्टी विधान, २०१७ (एघारौँ संशोधनसहित) ले दिएको अधिकार प्रयोग गर्दै सभापति थापाले जिसीलाई केन्द्रीय सदस्यमा मनोनयन गरेको काँग्रेसले जनाएको छ।
पार्टी संगठनलाई थप प्रभावकारी, सुदृढ र गतिशील बनाउन जिसीको भूमिका सहयोगी हुने विश्वास सभापति थापाले व्यक्त गरेका छन्। जिसी हाल अमेरिकामा रहँदै आएका छन्।
मनोनयनपछि प्रतिक्रिया दिँदै जिसीले सभापति थापाबाट प्राप्त जिम्मेवारीले कांग्रेस सम्बद्ध गैरआवासीय नेपाली समुदायको सम्मान र प्रतिनिधित्व थप उचाइमा पुगेको अनुभूति भएको बताएका छन्। उनले पार्टीले दिएको जिम्मेवारीलाई इमान्दारीपूर्वक निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
तपाइको प्रतिक्रिया
(Visited 20 times, 1 visits today)
सम्बन्धित समाचार
गुट–उपगुट होइन एकजुटको आवश्यकता: काँग्रेस नेता
रास्वपा सांसद पौडेलमाथि आक्रमण प्रयास
सांसदका स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा दुई रिट दर्ता
सर्वोच्चका ३ न्यायाधीशलाई राजीनामा दिन दबाब, महाभियोगको धम्की !
एमाले र नेकपाबीच तीनबुँदे सहमति
कर्णालीमा मंगलबहादुर शाही बन्दैछन् मुख्यमन्त्री
लुम्बिनीमा काँग्रेसका मन्त्रीले राजीनामा दिँदै
लुम्बिनी सरकारबाट कांग्रेसका पाँचै मन्त्रीको राजीनामा






