उदाहरण बन्दै इलामका महिला

मिर्मिरेमै उठेर घरधन्दा सम्हाल्नु । खाना पकाउनु । त्यसपछि गोठ तथा खेतबारीमा पुग्नु । इलाम नगरपालिका–९ की रत्नमाया सार्कीको दैनिकी यसरी नै चल्दै आएको छ । उनको दिनचर्यामा पछिल्लो समय अर्को महइभ्वपूर्ण काम पनि थपिएको छ– व्यवसाय ।

घरायसी काममै सीमित हुँदै आएकी रत्नमाया अहिले बाख्रापालन व्यवसायसँग जोडिएकी छन् । ‘निगुरे बाख्रा फर्म’ दर्ता गरेर करिब तीन लाख रुपैयाँ लगानीमा उनले बाख्रापालन सुरु गरेकी हुन् । व्यवसाय विस्तार गर्ने उद्देश्यले इलाम नगरपालिकाबाट एक लाख रुपैयाँ सहुलियत ब्याजदरमा ऋण लिएपछि उनलाई आफ्नो कामलाई थप व्यवस्थित बनाउन सहज भएको छ ।

हाल रत्नमायाको खोरमा १४ वटा बाख्रा छन् । समय–समय रोग लाग्ने, उपचार गर्दागर्दै केही मर्ने भएका कारण लगानीमा असर पर्ने गरे पनि उनले हार मानेकी छैनन् । यही व्यवसाय विस्तार गरेर आम्दानीको भरपर्दो स्रोत बनाउने उनको योजना छ ।

‘व्यवसाय अझै विस्तार गर्ने सोचमा छु, नगरपालिकासँग लिएको एक लाख रुपैयाँ तिरेर फेरि तीन लाख रुपैयाँ ऋण लिएर व्यवसाय बढाउने योजना छ,’ रत्नमाया भन्छिन्, ‘अहिले दुईवटा सुँगुरका पाठासमेत खरिद गरेर व्यवसाय विस्तार गर्ने सोचेकी छु ।’

रत्नमायाका लागि सहुलियत ब्याजदरमा उपलब्ध हुने ऋण रकम प्राप्त गर्ने माध्यममात्रै भने होइन, आफ्नै खुट्टामा उभिने अवसरसमेत बनेको छ । बजार, रोग तथा पशुपालनजस्ताचुनौती भए पनि सस्तो ब्याजदरमा थप लगानी गर्नसके व्यावसायिकरूपमा अघि बढाउन सकिने उनको विश्वास छ ।

रत्नमायाजस्तै इलाम नगरपालिका–३ की राधिका पौडेल पनि कृषि तथा पशुपालनमार्फत परिवारको आम्दानी बढाउने प्रयासमा छिन् । ‘सौरभ पशुपन्छी कृषि फर्म’ दर्ता गरेर उनी गाई तथा बाख्रापालन व्यवसाय सञ्चालन गरिरहेकी छन् ।

पाँच वर्षअघि नगरपालिकाबाट दुई लाख रुपैयाँ सहुलियत ब्याजदरमा ऋण लिएर सुरु गरेको व्यवसाय अहिले राधिकाको परिवारको नियमित आम्दानीको स्रोत बनेको छ । उनको गोठमा हाल तीन माउ गाई र १० बाख्रा छन् ।

गाईबाट दैनिक ३० देखि ३५ लिटरसम्म दूध उत्पादन हुने गरेको राधिका बताउँछिन् । उत्पादित दूध बिक्रीबाट नियमित आम्दानी भइरहेको छ । यसमाथि बाख्रापालनबाट पनि वार्षिक ५० देखि ६० हजार रुपैयाँसम्म आम्दानी हुने गरेको छ ।

राधिकाका लागि कृषि तथा पशुपालन घर चलाउने माध्यमस“गै परिवारको आर्थिक अवस्था बलियो बनाउने आधारसमेत बनेको छ । आफ्नै घरमा उत्पादन हुने दूध तथा पशुजन्य उत्पादन बिक्री गरेर आम्दानी गर्न सकिने भएपछि बाहिर रोजगारी खोज्नुपर्ने बाध्यता केही हदसम्म कम भएको उनी बताउ“छिन् ।

‘ऋण लिएर सुरु गरेको व्यवसाय अहिले परिवारको आम्दानीको स्रोत बनेको छ,’ राधिका भन्छिन्, ‘ थप लगानी गर्नसके उत्पादन अझै बढाउन सकिन्छ ।’

इलाम नगरपालिका–५ ओख्रेकी कञ्चन रसाइलीको रोजाइ भने तरकारी खेती हो । ‘आयुस अग्र्यानिक फर्म’ स्थापना गरी तरकारी खेती सञ्चालन गरिरहेकी उनी घरायसी कामसँगै खेतीलाई निरन्तरता दिइरहेकी छन् । आफ्नै खेतबारीमा दैनिक उपभोगका लागि आवश्यक विभिन्न तरकारी उत्पादन गर्दै आएको कञ्चन सुनाउ“छिन् ।

घरको काम र व्यवसाय सँगसँगै अघि बढाउनुपर्ने भए पनि आफ्नै उत्पादन बिक्री गरेर आम्दानी गर्न पाउँदा कञ्चन सन्तुष्ट छिन् । परिवारका लागि आवश्यक तरकारी आफैं उत्पादन हुनु र बाँकी उत्पादन बजारमा बिक्री गरेर आम्दानी गर्नसक्नु उनका लागि आत्मनिर्भरतातर्फको पाइला बनेको छ ।

इलाम नगरपालिका–८ की सोमकुमारी गुरुङले पनि नगरपालिकाबाट सहुलियत ब्याजदरमा ऋण लिएर गाई–गोरुपालन व्यवसाय सुरु गरेकी छन् । पशुपालनमार्फत आम्दानी बढाउने र विस्तारै आत्मनिर्भर बन्ने उद्देश्यले व्यवसाय थालेकी उनी सहुलियत ब्याजको ऋणले महिलालाई व्यवसायमा लाग्न महइभ्वपूर्ण सहयोग पुगेको बताउँछिन् ।

रत्नमाया, राधिका, कञ्चन र सोमकुमारीजस्ता महिला उद्यमशीलताको प्रतिनिधिमूलक उदाहरण हुन् । उनीहरूको व्यवसायको प्रकृति फरक भए पनि ‘आफ्नै श्रम र सीपबाट आम्दानी गर्ने, परिवारको आर्थिक अवस्था सुधार गर्ने र आत्मनिर्भर बन्ने’ उद्देश्य भने एउटै छ । उनीहरूमध्ये कसैले बाख्रा पालेका छन्, कसैले गाई तथा बाख्रा, कसैले तरकारी खेती र कसैले पशुपालन गरिरहेका छन् । रत्नमाया अझै बाख्रा संख्या बढाउने योजनामा छिन् । राधिकाले दूध तथा बाख्रापालनबाट आम्दानी बढाउने लक्ष्य राखेकी छन् । कञ्चन आफ्नै उत्पादनबाट सन्तुष्ट छिन् भने सोमकुमारी पशुपालनलाई आम्दानीको आधार बनाउने प्रयासमा छिन् । उनीहरूको यात्रामा चुनौती भए पनि हार माने का छैनन् । पशुमा रोग लाग्ने, उत्पादनको बजार खोज्नुपर्ने, घरायसी जिम्मेवारीसँग व्यवसाय मिलाउनुपर्ने र ऋणको दायित्व पूरा गर्नुपर्ने अवस्थाबीच उनीहरूले अरूको रोजगारी कुर्नुभन्दा आफैंले केही सुरु गर्ने बाटो रोजेका छन् ।

सानो सुरुवात ठूलो आशा
इलामका महिलाका सक्रियता ठूला उद्योग वा ठूलो लगानीका पाटामात्रै होइनन् । कतै ५० हजार रुपैयाँबाट व्यवसाय सुरु भएको छ, कतै एक लाख वा दुई लाख रुपैयाँबाट । कसैले आफ्नै घरको गोठलाई व्यवसायको आधार बनाएका छन् भने कसैले खेतबारीलाई । कसैले स्थानीय सीप आयआर्जनसँग जोडिरहेका छन् । यिनै साना सुरुवात उनीहरूका लागि ठूलो परिवर्तनको आधारसमेत बनेको छ ।

इलाम नगरपालिकाको ‘सहुलियत ऋण कार्यक्रम’ले महिलाका सोचलाई बल पु¥याएको छ । ऋणको रकम ठूलो नभए पनि त्यसले उनीहरूलाई व्यवसाय सुरु गर्ने हिम्मत दिएको छ । कतिपयका लागि यो रकम पहिलो लगानी बनेको छ भने कतिपयका लागि सञ्चालनमा रहेको व्यवसाय विस्तार गर्ने अवसरका ढोका बनेका छ ।

महिला आर्थिकरूपमा सक्षम हुँदै जाँदा त्यसको प्रभाव उनीहरूको व्यक्तिगत जीवनमै सीमित रहँदैन । परिवारको आय बढ्छ, स्थानीय उत्पादन बढ्छ, रोजगारी सिर्जना हुन्छ र गाउँ– समुदायको आर्थिक गतिविधि पनि चलायमान हुन्छन् । इलामका महिलाको व्यवसाय उन्नततिर लम्किरहेको छ ।

सहुलियत ऋण, आवश्यक सीप, बजार निश्चितता र निरन्तर प्राविधिक सहयोग पाउनसके साना व्यवसाय भविष्यमा अझ व्यवस्थित र व्यावसायिक बन्न सक्ने आशा छ ।

एउटा गोठमा १४ वटा बाख्राबाट सुरु भएको व्यवसाय भोलि ठूलो फर्म बन्न सक्छ । घरको खेतबारीमा उत्पादन भएको तरकारी कुनै दिन स्थानीय बजार हुँदै बाहिरी बजारसम्म पुग्न सक्छ । केही गाई र बाख्राबाट सुरु भएको पशुपालनले रोजगारीसमेत सिर्जना गर्न सक्छ । आत्मनिर्भर बन्ने यात्रा यस्तै साना कदमबाट सुरु हुन्छ । इलामका महिला घरको चौघेराबाट निस्केर आफ्नै श्रम, सीप र साहसलाई आम्दानीमा बदल्ने यात्रामा अग्रसर छन् ।

सहुलियत ऋणले बढायो उत्साह
इलाम नगरपालिकाले सञ्चालन गरेको ‘उद्यमी तथा रोजगार सिर्जना कार्यक्रम’ महिलालाई व्यवसायमा जोड्ने महइभ्वपूर्ण माध्यम बनेको छ । कार्यक्रमअन्तर्गत कृषि, पशुपालन, घरेलु उद्योग, सिलाइ–कटाइ तथा अन्य साना व्यवसाय सञ्चालन गर्न चाहनेलाई सहुलियत ब्याजदरमा ऋण उपलब्ध गराउँदै आएको नगरपालिकाले जनाएको छ । नगरपालिकाको सहकारी शाखाका अनुसार हालसम्म ८८ जनाले विभिन्न व्यवसाय सञ्चालनका लागि ऋण लगेका छन् ।

नगरपालिकाले ५ प्रतिशत ब्याजदरमा कर्जा उपलब्ध गराएका कारण व्यवसाय गर्न चाहनेलाई ऋण लिन सहज भएको शाखाका विष्णु भट्टराई बताउँछन् । उनका अनुसार सहुलियत ब्याजदरमा कर्जा उपलब्ध भएपछि व्यवसायीले पनि ऋणको ब्याज नियमितरूपमा तिर्ने गरेका छन् । बजारमा महँगो ब्याजदरमा ऋण लिएर व्यवसाय सञ्चालन गर्नुपर्ने अवस्थाको तुलनामा नगरपालिकाबाट उपलब्ध कर्जाले साना उद्यमीलाई राहत पुगेको छ । ‘महिलाले पशुपालन, तरकारी खेती, सिलाइ–कटाइलगायत व्यवसाय सञ्चालन गर्न ऋण लिने गरेका छन्,’ भट्टराई भन्छन्, ‘सहुलियत ब्याजदर भएकाले कर्जा लिएर व्यवसाय गर्न चाहनेको आकर्षण बढेको छ ।’

साना व्यवसायका लागि ठूलो पूँजी आवश्यक नपर्ने भए पनि सुरुवाती लगानी जुटाउन धेरै महिलालाई कठिन हुने गरेको छ । घरपरिवारको आम्दानी सीमित हुनु, बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन आवश्यक कागजात र धितोको समस्या हुनु तथा उच्च ब्याजदरका कारण जोखिम बढ्नुजस्ता कारण महिला व्यवसायमा प्रवेश गर्न हिचकिचाउने अवस्था रहँदै आएको छ । यस्तो अवस्थामा स्थानीय तहबाट उपलब्ध हुने सहुलियत ऋण उनीहरूका लागि प्रारम्भिक पूँजीको आधारसमेत बनेको छ ।

१ करोड ८७ लाखभन्दा बढी लगानी
इलाम नगरपालिकाको तथ्यांकअनुसार ‘उद्यमी तथा रोजगार सिर्जना कार्यक्रम’अन्तर्गत हालसम्म ८८ जनालाई कुल १ करोड ८७ लाख ५ हजार रुपैयाँ ऋण लगानी गरिएको छ । वडा १ देखि १२ सम्मका महिलाले ५० हजार रुपैयाँदेखि तीन लाख रुपैयाँसम्म ऋण लिएर विभिन्न व्यवसाय सञ्चालन गरिरहेका छन् ।

नगरपालिकाका अनुसार वडा १ की रेस्मा गुरुङले दुई लाख रुपैयाँ ऋण लिएकी छन् । वडा २ की गोमा देवी नेपाल, फूलमाया देवान, सुनिता खतिवडा र दाताकुमारी ढकालले एक–एक लाख रुपैयाँका दरले ऋण लिएका छन् । सोही वडाकी मीङमाया तामाङले व्यवसाय सञ्चालनका लागि ५० हजार रुपैयाँ ऋण लिएकी छन् । वडा ३ की राधिका पौडेलले व्यवसायका लागि एक लाख रुपैयाँ ऋण लिएकी छन् । वडा ४ की अञ्जली निरौला, तारादेवी दर्नाल, सीतादेवी दुलाल र बेदकुमारी दुलालले पनि व्यवसाय सञ्चालनका लागि नगरपालिकाको सहकारी शाखाबाट सहुलियत ब्याजदरको ऋण लिएका छन् । यसबाहेक वडा १ देखि १२ सम्मका अन्य महिलाले पनि कृषि, पशुपालन, घरेलु उद्योग तथा साना व्यवसाय सञ्चालन गर्न ऋण लिएका छन् । कतिपयले ऋणबाट व्यवसाय सुरु गरेका छन् भने कतिपयले पहिलेबाट सञ्चालनमा रहेको व्यवसाय विस्तार गरेका छन् ।

नगरपालिकाको यस कार्यक्रमले ‘सानो पूँजी र स्थानीय स्रोतसाधनमा आधारित व्यवसायमार्फत पनि महिलाले आफ्नो आर्थिक हैसियत सुधार गर्न सक्ने’ सम्भावना बढाएको छ । इलामजस्तो कृषि तथा पशुपालन सम्भावना भएको क्षेत्रमा स्थानीय उत्पादनमा आधारित व्यवसाय महिलाका लागि रोजगारी र आम्दानीको माध्यम बन्न सक्ने देखिन्छ ।

महिलालाई उद्यममा जोड्ने प्राथमिकता
इलाम नगरपालिकाले महिलालाई उद्यमशील बनाउनेक्रममा कृषि तथा पशुपालनसँगै मौरीपालन, चिया प्रशोधन, खाद्य प्रशोधन, हस्तकला, कपडा उद्योग, सेवा क्षेत्र र डिजिटल व्यवसायलाई समेत प्राथमिकतामा राखेको छ । नगरपालिका उपप्रमुख विष्णुकुमारी लिम्बुका अनुसार स्थानीयस्तरमा उत्पादन वृद्धि, आयआर्जन र स्वरोजगार सिर्जना गर्ने उद्देश्यले सहुलियत ब्याजदरमा ऋण व्यवस्था गरिएको हो ।

‘महिलालाई आफ्नै ठाउँमा व्यवसाय गर्ने वातावरण बनाउनु आवश्यक छ,’ लिम्बु भन्छिन्, ‘स्थानीय उत्पादन बढाउने, आयआर्जन गर्ने र स्वरोजगार सिर्जना गर्ने उद्देश्यले विभिन्न क्षेत्रलाई प्राथमिकतामा राखिएको छ ।’ उनका अनुसार महिलाको आर्थिक सहभागिता बढेमा त्यसको प्रत्यक्ष प्रभाव परिवार र समुदायको आर्थिक अवस्थामा पनि पर्छ । महिलाले आम्दानी गर्न थालेपछि परिवारको खर्च व्यवस्थापनमा सहयोग पुग्नुका साथै बालबालिकाको शिक्षा, स्वास्थ्य र दैनिक आवश्यकतामा समेत सकारात्मक प्रभाव पर्ने भएकाले महिला उद्यमशीलतालाई प्राथमिकता दिनुपर्ने उनको जोड छ ।

नगरपालिकाले गत आर्थिक वर्षमा २७ उद्यमी, समूह, सहकारी तथा संस्थालाई १९ लाख ९५ हजार ६ सय रुपैयाँबराबरको अनुदानसमेत वितरण गरेको जनाएको छ ।

ऋणसँगै सीप र बजारको आवश्यकता
स्थानीय तहको सहुलियत ऋण कार्यक्रमले महिलालाई व्यवसाय सुरु गर्न सहयोग पुगे पनि व्यवसाय टिकाउन र विस्तार गर्न ऋणमात्रै पर्याप्त नहुने उद्यमीको अनुभव छ ।

रत्नमायाको बाख्रापालनमा देखिएको रोगको समस्या होस् वा कञ्चनको तरकारी व्यवसाय । यसमा उत्पादनसँगै प्राविधिक ज्ञान, बजार, भण्डारण र उचित मूल्य पनि जोडिन्छन् । पशुपालन गर्ने महिलालाई रोग नियन्त्रण, उन्नत जात, आहार व्यवस्थापन र पशु उपचारसम्बन्धी ज्ञान आवश्यक हुन्छ भने तरकारी उत्पादकलाई बजार व्यवस्थापन, उत्पादनको लागत र बिक्री मूल्य’bout जानकारी आवश्यक हुन्छ । ऋण उपलब्ध गराउनेसँगै व्यवसायको प्रकृतिअनुसार तालिम, प्राविधिक सहयोग, बजार व्यवस्थापन र उत्पादनको बजारीकरणमा समेत स्थानीय तहले ध्यान दिनुपर्ने देखिन्छ ।

व्यवसाय सुरु गरेपछि ऋणको किस्ता र ब्याज तिर्नुपर्ने भएकाले उत्पादन र आम्दानी निरन्तर हुन आवश्यक हुन्छ । बजारमा उत्पादनको उचित मूल्य नपाउने, पशुमा रोग लाग्ने वा प्राकृतिक कारण उत्पादनमा क्षति हुने अवस्था आएमा साना उद्यमीमाथि थप आर्थिक दबाब पर्न सक्छ । यस्ता जोखिम कम गर्न स्थानीय तह, सहकारी तथा सम्बन्धित प्राविधिक निकायबीच समन्वय आवश्यक छ ।

उद्यमी विकास कार्यक्रममा पनि महिलाको सहभागिता
इलाम नगरपालिकाद्वारा सञ्चालित ‘उद्यमी विकास कार्यक्रम’मा पनि विभिन्न व्यवसायमा आबद्ध महिला सहभागी छन् । कार्यक्रममा कुल २६ महिला सहभागी रहेको नगरपालिकाले जनाएको छ । यसमा सबैभन्दा बढी पाँचजना मौरीपालन व्यवसायमा छन् । त्यस्तै, सिलाइ–बुनाइमा दुई, कृषिमा दुई, पशुपालनमा दुई, ढाका बुनाइमा दुई तथा बाँसजन्य सामग्री उत्पादनमा चार महिला सहभागी छन् । मैनबत्ती, अचार उत्पादन, माछापालन, बेलचा– कोदालो निर्माण, सिलाइ–कटाइ, मल उत्पादनलगायत व्यवसायमा पनि महिला सक्रिय छन् । यसबाट इलामका महिलाको उद्यमशीलता कृषि तथा पशुपालनमै सीमित नरहेको बुझ्न सकिन्छ ।

स्थानीय स्रोत, सीप र बजार सम्भावनाअनुसार महिलाले व्यवसाय क्षेत्र छनोट गर्न थालेका छन् । परम्परागतरूपमा घरभित्र हुने कामलाई पनि व्यावसायिक उत्पादनसँग जोड्ने प्रयास भइरहेको छ । ढाका बुनाइ, सिलाइ–कटाइ, अचार उत्पादन तथा हस्तकलाजस्ता काम यसका उदाहरण हुन् ।

सानो सुरुवात, ठूलो आशा
इलामका महिलाका सक्रियता ठूला उद्योग वा ठूलो लगानीका पाटामात्रै होइनन् । कतै ५० हजार रुपैयाँबाट व्यवसाय सुरु भएको छ, कतै एक लाख वा दुई लाख रुपैयाँबाट । कसैले आफ्नै घरको गोठलाई व्यवसायको आधार बनाएका छन् भने कसैले खेतबारीलाई । कसैले स्थानीय सीप आयआर्जनसँग जोडिरहेका छन् । यिनै साना सुरुवात उनीहरूका लागि ठूलो परिवर्तनको आधारसमेत बनेको छ । इलाम नगरपालिकाको ‘सहुलियत ऋण कार्यक्रम’ले महिलाका सोचलाई बल पु¥याएको छ । ऋणको रकम ठूलो नभए पनि त्यसले उनीहरूलाई व्यवसाय सुरु गर्ने हिम्मत दिएको छ । कतिपयका लागि यो रकम पहिलो लगानी बनेको छ भने कतिपयका लागि सञ्चालनमा रहेको व्यवसाय विस्तार गर्ने अवसरका ढोका बनेका छ ।

महिला आर्थिकरूपमा सक्षम हुँदै जाँदा त्यसको प्रभाव उनीहरूको व्यक्तिगत जीवनमै सीमित रहँदैन । परिवारको आय बढ्छ, स्थानीय उत्पादन बढ्छ, रोजगारी सिर्जना हुन्छ र गाउँ–समुदायको आर्थिक गतिविधि पनि चलायमान हुन्छन् । इलामका महिलाको व्यवसाय उन्नततिर लम्किरहेको छ ।

सहुलियत ऋण, आवश्यक सीप, बजार निश्चितता र निरन्तर प्राविधिक सहयोग पाउनसके साना व्यवसाय भविष्यमा अझ व्यवस्थित र व्यावसायिक बन्न सक्ने आशा छ ।

तपाइको प्रतिक्रिया
(Visited 27 times, 1 visits today)

epaper

ताजा समाचार

सुदूरका मुख्यमन्त्री भट्टले पाए विश्वासको मत