पोखरा । जेन–जी आन्दोलनपछि गत भदौ २४ मा राजीनामा दिएका नेसपाका फणीन्द्र देवकोटा गण्डकीमा फेरि मन्त्री नियुक्त भएका छन् । उनले प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष बुधबार पद तथा गोपनीयताको शपथ लिएका हुन् । उनलाई ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयको जिम्मेवारी दिइएको छ । उनी यसअघि २०८१ जेठ र असारमा गरेर दुईपटक ऊर्जामन्त्री बनेका थिए ।
योसँगै गोरखाबाट २०७९ सालको चुनाव जितेका ३ जना मन्त्रिमण्डलमा सहभागी भएका छन् । गोरखा २(ख) बाट जितेका पाण्डे मुख्यमन्त्री, २ (क) बाट जितेका फणीन्द्र ऊर्जामन्त्री र १(ख) बाट जितेका न्यौपाने भौतिकमन्त्री छन् । गोरखा १ (१) बाट जितेका माओवादी केन्द्रका कृष्णप्रसाद धिताल सभामुख छन् ।
कांग्रेस र एमालेको सहकार्य टुटेर अन्य प्रदेशमा संकट आउँदा पनि गण्डकीमा भने खास फरक परेको छैन ।
सरकारबाट बाहिरएपनि देवकोटाले समर्थन फिर्ता लिएका थिएनन् भने राप्रपा सरकारमा सहभागी नभएपनि सरकारलाई समर्थन गरेको थियो । गण्डकीमा ५९ सदस्य कायम रहेकोमा मुख्यमन्त्री पाण्डेलाई ऊर्जामन्त्री बनेका देवकोटा र दुई सदस्यीय राप्रपाको समर्थन छ । गण्डकीमा कांग्रेससँग २७ सांसद रहेका आवश्यक बहुमत संख्या ३० पुगेको छ ।
माओवादीको ह्वीपविपरीत मुख्यमन्त्री पाण्डेलाई फ्लोरक्रस गरेर मत दिएपछि उनी पहिलोपटक मन्त्री नियुक्त भएका थिए । यसपछि माओवादीको कारबाहीमा परेर पद गुमाएका उनी सर्वोच्चले पुनबर्हाली गरिदिएपछि फेरि मन्त्रालय फर्किएका थिए । कांग्रेस–एमाले सहकार्य टुटेपछि उनलाई फेरि चिट्ठा परेको छ ।
पहिलो कार्यकालमा मनाङबाट निर्वाचित राजीव गुरुङ (दीपक मनाङे) गण्डकीमा यसरी नै निर्णायक थिए । दोस्रो कार्यकालमा फणीन्द्रको अवस्था त्यस्तै छ । माओवादीको चुनाव चिन्हबाट निर्वाचित भएपनि उनको पार्टी नेसपा भएको भन्दै माओवादीको कारबाही सर्वोच्चले बदर गरिदिएको थियो ।
फणीन्द्रलाई ऊर्जामन्त्री बनाउँदा मन्त्रालय हेरफेर गरिएको छ । फणीन्द्रलाई जिम्मा दिइएको ऊर्जा मन्त्रालयमा कांग्रेसका नन्दप्रसाद न्यौपाने जिम्मेवारीमा थिए । एमाले सरकारबाट बाहिरिएपछि रिक्त रहेको भौतिक पूर्वाधार, विकास तथा यातायात व्यवस्था मन्त्रालय र स्वास्थ्य मन्त्रालयको जिम्मेवारी न्यौपानेलाई दिइएको छ ।
एमालेले छोडेको उद्योग तथा पर्यटन मन्त्रालय, कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय भने मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आफैँसँग राखेका छन् ।
सम्बन्धित समाचार
गण्डकी प्रदेश सरकारबाट मन्त्री फिर्ता बोलाउने निर्णय
गण्डकी प्रदेशमा मन्त्रिपरिषद् हेरफेर, एमाले मन्त्रीहरुले सम्हालेका मन्त्रालय मुख्यमन्त्री आफैले राखे
प्रदेश मन्त्रीका मोहले ४ दलको केन्द्रमा हलचल
उद्धार तयारीका लागि गृहमन्त्री सुधन गुरुङ विमानस्थलमा
मोदीको फोन प्रधानमन्त्री बालेनलाई, भने–‘सम्भव भएसम्म सबै सहयोग गर्न तयार छौं’
उद्धारका लागि राज्यको सम्पूर्ण संयन्त्र परिचालित छन् : प्रधानमन्त्री शाह
प्रभावित क्षेत्रमा पुनर्निर्माणको महाअभियान चलाउँछौँः अर्थमन्त्री वाग्ले
सांसद आशिका तामाङ र वडाध्यक्षबीच किन भयो भनाभन ?






