३ देशका ८ टोलीबीच झापा महिला गोल्डकपको प्रतिस्पर्धा

इलाम । दोस्रो संस्करणको झापा महिला गोल्डकप फुटबल प्रतियोगितामा नेपाल, भारत र भुटानका आठ टोलीले प्रतिस्पर्धा गर्ने भएका छन् । आगामी मंसिर ५ देखि १२ गतेसम्म झापाको शिवसताक्षी–११ स्थित दुधे रंगशालामा प्रतियोगिता सञ्चालन हुने प्रतियोगितामा आठ टिमको प्रतिस्पर्धा पक्का भएको हो ।

प्रतियोगितामा नेपालका तीन विभागीय टोलीसहित आठ टोलीको सहभागिता सहित आठ टिम रहेको आयोजक झापा महिला गोल्डकपका अध्यक्ष सन्तोष थोप्रा लिम्बुले बताए ।

प्रतियोगितामा नेपाल पुलिस फुटबल क्लब, सशस्त्र प्रहरी बलको एपीएफ फुटबल क्लब, त्रिभुवन आर्मी फुटबल क्लब, झापा–११ फुटबल क्लब, भारतको नयाँ दिल्लीस्थित एभी फुटबल क्लब, भुटानको थिम्पु राभेन महिला फुटबल क्लब, पोखराको आरएस पोखरा फुटबल क्लब र सर्लाहीको बागमती युथ क्लबले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगिताको विजेताले ११ लाख रुपैयाँ नगदसहित ट्रफी र मेडल प्राप्त गर्नेछ भने उपविजेताले पाँच लाख ५० हजार रुपैयाँ पाउनेछ। गत संस्करणको तुलनामा यसपटक विजेताको पुरस्कार राशि ९० हजार र उपविजेताको ५० हजार रुपैयाँले वृद्धि गरिएको आयोजकले जनाएको छ ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई एक लाख ५० हजार रुपैयाँ प्रदान गरिनेछ । त्यस्तै, उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, प्रशिक्षक र सर्वाधिक गोलकर्ताले जनही २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताको पहिलो संस्करणको उपाधि नेपाल पुलिस फुटबल क्लबले जितेको थियो ।

दर्शकको सुविधाका लागि रंगशालाको पूर्वतर्फ ग्याल्भनाइज्ड स्टिल पाइप, क्ल्याम्प तथा कप्लर प्रयोग गरी अस्थायी प्यारापिट निर्माण गरिएको छ । पकरिब सात हजार दर्शक अटाउन सक्ने क्षमताको प्यारापिट तयार पारिएको आयोजकले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 4 times, 1 visits today)

epaper

ताजा समाचार

सुगन्ध हराउँदै रैथाने बासमतीमा, खेतमा हाइब्रिडको वर्चस्व