क्वारेन्टिनमा कार्यरत स्वास्थ्यकर्मी, चौकीदार र भान्छेलाई कोरोना संक्रमण

धनगढी । कैलालीको एक क्वारेन्टिनमा कार्यरत स्वास्थ्यकर्मी, चौकीदार र भान्छेमा पनि कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएको छ ।

कैलारी गाउँपालिका वडा नम्बर १ को हसुलियास्थित दीपेन्द्र माध्यमिक विद्यालयमा बनाइएको क्वारेन्टिनमा कार्यरत एक जना स्वास्थ्यकर्मी, चौकीदार र भान्छेलाई मंगलबार कोरोना भाइरस संक्रमण देखिएको हो । विद्यालयको क्वारेन्टिनमा कार्यरत ल्याबको काम गर्ने एक जना स्वास्थ्यकर्मी, विद्यालयको चौकीदार र क्वारेिन्टनमा बसेकाहरुका लागि खाना पकाउने व्यक्तिलाई कोरोना संक्रमण भएको गाउँपालिकाका स्वास्थ्य संयोजक बीरेन्द्र सापकोटाले बताए ।

स्वास्थ्यकर्मीसहित क्वारेन्टिनमा काम गर्ने व्यक्तिहरुमा कोरोना संक्रमण पुष्टि भएपछि उनीहरुको ‘कन्टयाक्ट’ मा आएका कर्मचारी, परिवारका सदस्य र स्थानीयको स्वाब संकलन गरी परीक्षण गरिने संयोजक सापकोटाले जानकारी दिए ।

उनका अनुसार कोरोना संक्रमण देखिएका स्वास्थ्यकर्मी एकदिन घर पनि गएका थिए । यसैगरी, उनको सम्पर्कमा केही स्थानीय व्यक्ति पनि आएका छन् । आइसोलेसनमा राखिएका सम्पूर्ण संक्रमितलाई निको बनाएर घर पठाएपछि अन्त्यमा कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य संयोजक सापकोटाले बताए ।

‘हसुलियास्थित आइसोलेसनमा रहेका संक्रमितलाई सोमबार मात्रै कोरोना निको भएर घर पठाएका थियौं’, उनले भने, ‘संक्रमितको नियमित चेकजाँच गरी निको बनाउँदा बनाउँदै हाम्रै कर्मचारीको रिपोर्ट पोजेटिभ आयो । संक्रमण पुष्टि भएका स्वास्थ्यकर्मीसहित तीनै जनालाई हसुलियाको दीपेन्द्र माविस्थित आइसोलेसनमा राखिएको छ ।’

तपाइको प्रतिक्रिया
(Visited 181 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

आक्रामक अभिभावक ओली !

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
लोसपाको पनि खुल्यो खाता, गोडैतामा यादव र कुशवाहा निर्वाचित