ज्येष्ठ नागरिकसंग आशिष माग्दै हिलो माटो दलेर जुडशीतल पर्व मनाईयो

राजविराज । आरोग्य, शीतलता र दीर्घ जीवनका लागी ज्येष्ठजनसंग आशीष थापेर तथा एक आपसमा हिलोमाटो दलेर मनाईने मिथीलाञ्चलनको साँस्कृतिक महत्वको जुड शीतल पर्व विहीवार सम्पन्न भएको छ ।

प्रत्येक वर्ष बैशाख २ गते मनाईने यस पर्वमा बालबालिका तथा किशोर किशोरी एक आपसमा हिलोमाटो दलेर रमाईलो गर्छन भने ज्येष्ठजन आ–आप्mनो सन्तानको टाउकोमा शीतलजल खन्याएर आशीष दिन्छन ।

गर्मीको स्वागतमा नयाँ वर्षको प्रारम्भ संगै मनाईने दुई दिवसीय जुडशीतल पर्वको पहिलो दिन बुधवार “सतुवाइन” गरिएको थियो । सतुवाईनका क्रममा घरका देवी देवतालाई प्रसादका रुपमा सातु, गुड चढाएर परिवारमा खाने परम्परा रहेको पण्डित रुपकान्त मिश्र बताउँछन ।

दोश्रो दिन विहीवार परिवारका ज्येष्ठ सदस्यले आफु भन्दा कान्छोलाई शिरमा जल राखी आर्शिवाद दिएर यो पर्व मनाएका छन । यस अवसरमा मैथिली साहित्य परिषद तथा मध्य देशीय साहित्य संघ सप्तरीले विविध कार्यक्रमको आयोजना समेत गरेको छ ।

जुडशीतल कै अवसरमा गाउँ गाउँमा रहेका पोखरी तथा इनार स्थानीय युवाहरु मिली सफा गरेका छन् । पोखरी तथा इनार सफा गर्दा निस्केको हिलो पानी र्एक आपसमा दलेका थिए । यस दिन हिलो पानीले होली खेले चर्म रोगबाट मुक्ती पाउने जनविश्वास रहेको छ । जुडशीतलको दिन घर घरमा चुलोको समेत पुजा गरिएको छ । साँझको खाना समेत बिहानै पकाएर चुलोको पूज ागर्ने र तत्पश्चात् साँझ खाना नपकाउने चलन रहेको गृहणी सकुन्तलादेवीले बताइन् ।

विगत वर्षहरुमा जुडशीतल पर्वमनाउन बाहिर रहेका हरु पनि ठुलो संख्या घर फर्किने तथा एक आपसमा हिलो माटो दलेर होली मनाउने गरेकोमा यस पल्ट भने कोरोनाको त्रासका कारण सो गतिविधी निकै कम भएको स्थानीयहरुले बताएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 601 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

ओली–नेपाललाई कांग्रेसको ‘प्रधानमन्त्री अफर’

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
जुम्ला एमालेको प्रतिवद्धता : कक्षा १२ सम्म निशुल्क शिक्षा