चार्टर्ड र उद्धार उडान सञ्चालन हुने

काठमाडौं । कोरोना महामारीको दोस्रो लहर तीव्र रूपले बढेर संक्रमितको संख्या दैनिक ३४ सय नाघेको र मृत्युदर पनि बढेर दैनिक ३७ जना पुग्न थालेपछि सरकारले आन्तरिक तथा बाह्य व्यावसायिक हवाई उडान बन्द गर्ने निणर्य गरे पनि चार्टर्ड तथा उद्धार उडान भने सञ्चालन हुनेछ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले यस्तो जानकारी गराएको हो । नयाँ भेरियन्टसहित फैलिएको बढ्दो कोरोना भाइरसको संक्रमण नियन्त्रणको उपायस्वरूप सरकारले सोमबार रातिदेखि नै लागू हुनेगरी मुलुकको आन्तरिक उडान स्थगन गरेको छ ।

यसैगरी, अन्तर्राष्ट्रिय उडान पनि आगामी बिहीबार रातिदेखि स्थगित हुनेछ । सबै अन्तर्राष्ट्रिय उडान बन्द भए पनि छिमेकी मुलुक भारत र नेपालबीच भने सातामा दुईवटा हवाई उडान हुने छ । अहिलेलाई दुई देशबीच सातामा दुईवटा उडान कायम राख्नेगरी सबै आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान बन्द भएको प्राधिकरणले जनाएको छ ।

मन्त्रिपरिषद्को गत आइतबारको बैठकले बढ्दो कोरोना रोकथामका लागि आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडान आगामी वैशाख मसान्तसम्मका लागि स्थगन गर्ने निर्णय गरेको थियो । यस अवधिमा चार्टर्ड तथा उद्धार उडान भने सञ्चालन हुने प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका प्रवक्ता राजकुमार क्षत्रीले आवश्यकताका आधारमा अनुमति लिएर आन्तरिक तथा अन्तर्राष्ट्रिय दुवैमा चार्टर्ड तथा उद्धार उडान सञ्चालन हुने बताए । उनले यस्तो उद्धार उडान भर्न लागि सरकारसँग उड्नुअघि स्वीकृति लिनुपर्ने जानकारी दिए ।

पर्यटन मन्त्रालय, पर्यटन बोर्ड र नेपाल प्रहरीको संयुक्त टोलीले यस्तो उडान प्रयोग गरेका हवाई यात्रुले होटल क्वारेन्टिनमा बसे नबसेको दैनिक अनुगमन गरी कोभिड–१९ संकट व्यवस्थापन केन्द्रमा दैनिक प्रतिवेदन पेस गर्नुपर्नेछ

अहिले भएको व्यवस्थाअनुसार भारत र नेपालबीच एयर बबल प्रणालीअनुसार सातामा बढीमा दुईवटा उडान हुनेछन् । यस्तो उडानबाट भारतदेखि नेपाल आउने यात्रुले १० दिन क्वारेन्टिनमा बस्नुपर्ने प्रावधान राखिएको छ । जसका लागि मन्त्रिपरिषद्ले कोरोना कहरबीच सञ्चालन गर्ने हवाई उडानसम्बन्धी पाँचबुँदे निर्णय गरेको छ ।

स्वास्थ्य मापदण्डको पूर्ण पालना गरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सुचीकृत गरेका होटलमा १० दिन अनिवार्य क्वारेन्टिनमा बस्नेगरी नेपाल–भारतबीच कायम एयर बबल सुविधाअन्तर्गतका दुईतर्फी उडान साताको दुईवटामा सीमित गर्ने निर्णय भएको प्राधिकरणले जनाएको छ ।

जसका लागि पर्यटन मन्त्रालय, पर्यटन बोर्ड र नेपाल प्रहरीको संयुक्त टोलीले यस्तो उडान प्रयोग गरेका हवाई यात्रुले होटल क्वारेन्टिनमा बसे नबसेको दैनिक अनुगमन गरी कोभिड–१९ संकट व्यवस्थापन केन्द्रमा दैनिक प्रतिवेदन पेस गर्नुपर्नेछ । होटेल क्वारेन्टिनमा बस्नुपर्ने यात्रुले स्वास्थ्य मापदण्ड पालना नगरेको र क्वारेन्टिनमा नबसेको पाइएमा संक्रामक रोग ऐन–२०२० बमोजिम सम्बन्धित निकायका अधिकारीसमक्ष कारबाहीका लागि लेखी पठाउने निर्णयसमेत मन्त्रिपरिषद्को बैठकले गरेको छ ।

यसैगरी, कुनै पनि उडानमा पीसीआर पोजिटिभ भएका यात्रुलाई बोर्डिङ पास दिई यात्रा गराएमा सो उडानका सबै यात्रुको क्वारेन्टिन खर्च सम्बन्धित वायुसेवा कम्पनीले नै बेहोर्ने व्यवस्था गरिएको छ । त्यसैगरी, आन्तरिक र अन्तर्राष्ट्रिय चार्टर्ड तथा उद्धार उडानका हकमा स्वास्थ्य सुरक्षा मापदण्डको पूर्णपालना हुनेगरी पर्यटन मन्त्रालयले उडान अनुमति जारी गर्नेछ । चार्टर्ड र उद्धार अन्तर्राष्ट्रिय उडानबाट आवतजावत गर्ने यात्रुहरूको बारकोड र फोटोसहितको पीसीआर रिपोर्ट अनिवार्य गरिएको छ ।

पछिल्लो समय छिमेकी मुलुक भारत र नेपालमा देखिएको नयाँ भेरियन्टसहित कडा खालको कोरोना महामारीको जोखिम नियन्त्रणका लागि सरकारले गत १६ वैशाखदेखि काठमाडौं उपत्यकासहित देशका विभिन्न जिल्लामा निषेधाज्ञा तथा लकडाउन लागू गरेको छ । आगामी वैशाख मसान्त सम्मका लागि गरिएको यस्तो निषेधाज्ञा कोरोना संक्रमण फैलने दर नघटेसम्मका लागि कायम रहने सम्बन्धित सरोकारवालाको भनाइ छ । उनीहरूले अहिलेको अवस्थामा सुधार नआए । निषेधाज्ञा थल लम्बिएर जान सक्ने बताएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 137 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

संसदमा धकेलाधकेल : मुठभेडमा कांग्रेस–एमाले

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
तीन दलसँग चुनावी तालमेल गर्न एमालेको निर्देशन