उपत्यकाका सहायक मार्ग छिटो सम्पन्न गर्न सरकारलाई निर्देशन

फाइल फोटो ।

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको विकास तथा प्रविधि समितिले काठमाडौं उपत्यकाका सहायक मार्गको निर्माण कार्यप्रति चासो देखाएको छ । समितिले सरोकारवाला निकायसँग आइतबार छलफल गरेर सहायक मार्गको निर्माण कार्य छिटो सम्पन्न गर्न सरकारलाई निर्देशन समेत दिएको छ ।

काठमाडौं उपत्यका सहायक सडक मार्गको निर्माण कार्यमा ढिलासुस्ती हुँदै आएकोमा संसदीय समितिले चासो देखाएको हो । समितिले हाल बनिरहेका सहायक मार्गले मुख्य सडकको भार कम गर्ने र सहरको सौन्दर्यमा समेत योगदान गर्न सक्ने जनाएको छ ।

समितिले सहरी विकास मन्त्रालयलाई सम्बन्धित पक्षसँग मिलेर छिटो निर्माण कार्य सम्पन्न गर्न निर्देशन दिएको हो । समितिले सहायक मार्ग निर्माण समयमै सम्पन्न नहुँदा निर्माण खर्चमा वृद्धि भएको जनाएको छ । सहायक मार्ग निर्माण ढिला हुँदा उपत्यकाको अन्य विकास, निर्माणमा समेत असर परेको भन्दै सडकको हालको अवस्था’bout पनि समितिलाई जानकारी गराउन पनि समितिले मन्त्रालयलाई निर्देशन दिएको छ ।

सहायक मार्ग निर्माणको स्रोतको सुनिश्चितता गरेर मात्रै निर्माण कार्य अघि बढाउन पनि सरकारलाई समितिले निर्देश गरेको छ । समितिले बैठकमा उपत्यकाको बाहिरी चक्रपथ निर्माणको विषयमा पनि चासो दिएको छ ।

समितिले बाहिरी चक्रपथ उपत्यकाको सवारी चाप व्यवस्थापन र बस्ती विस्तारमा समेत महत्वपूर्ण भएकाले आयोजना अगाडि बढाउन बजेट सुनिश्चित गरी निर्माण प्रक्रिया अघि बढाउन सरकारी विकास मन्त्रालयलाई निर्देशन दिएको छ । बाहिरी चक्रपथ निर्माणको प्रक्रिया पछिल्लो समय ठप्प जस्तै बनेको छ ।

यसअघि, विकास तथा प्रविधि समितिले पुनर्निर्माणको पछिल्लो अवस्थाको विषयमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणसँग छलफल गरेको थियो । उक्त छलफलमा प्रमुख कार्यकारी अधिकृत सुशी ज्ञवालीले पुनर्निर्माणको पछिल्लो अवस्था, बहिर्गमन रणनीति र आगामी कार्ययोजना प्रस्तुत गर्दै निजी आवास पुनर्निर्माणको कार्य आधारभूत रूपमा प्राधिकरणको कार्य अवधि १० पुस २०७८ भित्रै सम्पन्न हुने पनि बताएका थिए ।

समिति सभापति कल्याणी खड्काले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको बाँकी समयमा अधिकतम परिणाम निस्कने गरी काम गर्न निर्देशन दिएकी थिइन् ।

तपाइको प्रतिक्रिया
(Visited 331 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

गठबन्धनमा संकटको चर्चाबीच दाहाल–ओली दुई घण्टा भेटवार्ता

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
गठबन्धनबीच ११ उपमहानगरमा किन मिलेन कुरा ?