ओलीसंग रिसाएका प्रभु साहले प्रकाण्डलाई भेटे

काठमाडौं । नेत्रविक्रम चन्द विपल्व नेतृत्वको नेकपाका प्रवक्ता खडगबहादुर विश्वकर्मा प्रकाण्ड, पूर्वमन्त्रीद्धय प्रभु साह र मणिचन्द्र थापा बीच आज भेटघाट भएको छ ।

एमालेका स्थायी कमिटी सदस्य समेत रहेका थापा, असन्तुष्ट नेता साह, र प्रकाण्डबीच पछिल्लो राजनीतिक अवस्थाको ’boutमा छलफल भएको बाताइएको छ । काठमाडौंको शान्तिनगर स्थित नेता साहको निवासमा पछिल्लो राजनीतिक अवस्थाको ’boutमा छलफल भएको छ ।

८ बुँदे माग सहितको पत्र अध्यक्ष केपी शर्मा ओलीलाई बुझाएका साहले माग सम्बोधन नभएपछि छुटै दल गठनको आन्तरिक तयारीमा जुुटेको बेला भएको यस भेटघाटलाई बिभिन्न कोणमा विश्लेषण भईरहेको छ ।

साह निकट एक नेताका अनुसार देशको बदलिदो परिवेश र समसामयिक राजनीतिक बिषयमा छलफल भएको छ । एमाले अध्यक्ष ओलीसंग असन्तुष्ट रहेका नेता साहले पछिल्लो समय कम्युनिष्ट पृष्टभुमि भएका बिभिन्न नेताहरुलाई भेटघाट गर्दै एउटै मोर्चामा आब्द्ध गराउँन खोजेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 207 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सहकारी ठगी प्रकरणमा संसदीय छानविन समिति बनाउन सहमति

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
विराटनगर महानगरपालिकामा नेपाली कांग्रेसका कोइराला विजयी