युवावर्गमा लागूपदार्थको कुलत

हरेक देशको विकासको आधार युवा भएकाले युवामैत्री नीति निर्माण गरी आमयुवालाई स्वदेशमा नै श्रम गर्ने वातावरणको सिर्जना गरेका हुन्छन् । आज हाम्रो देशमा प्रभावकारी युवा नीतिको अभावका कारण चाहेर पनि स्वदेशमा रहेर श्रम गर्न सकिरहेका छैनन् । रोजगारीको अभावमा दैनिक सरदर १ हजार सात सय युवा जनशक्ति श्रमका लागि विदेसिन विवश छन् । युवाजनशक्ति यसरी विदेसिन क्षणिक लाभ देखिए पनि अन्ततः यसलाई सही मानिँदैन । कोरोनाको संक्रमणमा समेत विपे्रषणको वृद्धि भएको खबर आयो । देशको अर्थतन्त्रमा यसले टेवा दिएको छ ।

स्वदेशमा नै रोजगारी सिर्जना गर्न उद्योग तथा कलकारखानाको स्थापना हुनु जरुरी हुन्छ । तर, उद्योगको स्थापनाको सवालमा हामीले आवश्यक ध्यान दिएका छैनौं । हाम्रो समाजमा अनेकांै समस्या विद्यमान रहेका छन् । बेरोजगारीको समस्या एकातर्फ जटिल बन्दै छ भने अर्कातिर होनहार युवा जमात लागूपदार्थको दुव्र्यसनीमा फस्दै गएका छन् । मानवले अनेकांै बहानामा विभिन्न प्रकारका लागूपदार्थको सेवन गर्दै त्यसैलाई निकट साथी बनाउने गर्छन् । लागूपदार्थको उपयोगले अमूल्य जीवन बर्बाद बनाउँदै आइरहेका छन् । खासगरी युवा जमात यसको कुलतमा फस्ने गरे तापनि अन्य उमेर समूहका व्यक्तिसमेत लागूपदार्थको दुव्र्यसनीमा पुगेको देखिन्छ ।

लागूपदार्थको उपयोग गरी खराब लतमा लाग्नुका कारण अनेक हुन्छन् । ती कारणमा घरायसी झगडा, बेमेल, पारिवारिक माया ममताको अभाव, गरिबी, अभाव र खराब लतमा परेका साथीको संगत आदि रहेको देखिन्छ । साथीभाइको खराब संगत अनि लागूऔषधीको सेवनका लागि करकापबाट पनि यसको कुलतमा पुग्छन् । अर्को प्रमुख कारण भनेको युवा र युवतीबीचको प्रेममा असफल भएपछि लागूपदार्थको दुव्र्यसनीको सहारा लिने अवस्थामा पुग्छन् । आजका आमयुवावर्गमा रहेको अर्को मुख्य कारक बनेको छ सामाजिक सन्जालको दुरुपयोग । यसको गलत प्रयोगले गर्दा पनि लागूपदार्थको उपयोग बढेर गएको देखिन्छ । प्रविधिको बढ्दो प्रयोगले सकारात्मकभन्दा नकारात्मक परिणाम धेरै देखिन्छ ।

बेरोजगारीका कारण होनहार युवा जमात लागूपदार्थको दुव्र्यसनीमा फस्दै गएका छन

मानसिक तनाब कम गर्ने बहानामा पनि मानवले लागूपदार्थको सहारा लिने गरेका सयौं दृष्टान्त पाइन्छ । मोबाइलमा युटुब भाइबर फेसबुकको प्रयोग कम्प्युटर, टिभिजस्ता प्रविधिको बढ्दो प्रयोगले गर्दा मानवमा अनेकौं सामाजिक समस्याको सिर्जना भएको देखिन्छ । किशोर अवस्थामा विशेष ध्यान दिन सकिएन भने कुनै पनि समयमा छोराछोरी कुलतमा फस्न पु्ग्छन् । हरेक अभिभावकले आफ्ना छोराछोरी कहाँ जान्छन् ? उनीहरूले दिनचर्या कसरी बिताउछन् ? भन्ने सवालमा सबै सजग हुनु जरुरी हुन्छ । किशोरावस्थामा छिट्टै गलत संगतमा पुग्ने सम्भावना ज्यादा भएकाले यस उमेरमा हरेक अभिभावकले आफ्ना छोराछोरीप्रति विशेष निगरानी राख्नुपर्ने हुन्छ । घरमा मात्र म भई उनीहरूको विद्यालयमा, अत्यन्तै मिल्ने साथीका ’boutमा समेत जानकारी राख्नुपर्ने हुन्छ ।

यसरी गरिने व्यवहार तथा निगरानी दुवै तरिकाले गर्न सकिन्छ । प्रत्यक्ष र अप्रत्यक्ष रूपमा गर्नुपर्ने पनि हुन्छ । यस बेलाको सामान्य निगरानीले पनि महत्व राख्ने भएकाले यस्ता क्रियाकलापले छोराछोरीले यदि गलत मार्ग समाएका रहेछन् भने पनि सुधार्न सकिन्छ । उनीहरूले सही मार्ग नै अवलम्बन गरिरहेका भए पनि कुनै पनि समयमा गलत मार्गतिर जाने सम्भावना प्रबल रहन्छ त्यसकारण उचित र आवश्यक मात्रामा माया रेखदेख तथा बेलाबेलामा कतै बाटो बिराएका त छैनन् ? भनेर चनाखो रहनुपर्छ । छोरा छोरीलाई चाहिनेभन्दा बढी माया, जति रुपैयाँ माग्यो त्यति नै बिना सोधखोज दिने बानीले पनि किशोर किशोरी गलत मार्गमा पुग्ने गरेका दर्जनौं दृष्टान्त पाइन्छन् ।

घरमा छोरा छोरीलाई आवश्यक स्नेह, खानपिन रेखदेख गर्दै उनीहरूका सहपाठीका ’boutमा समय समयमा ख्याल राख्नुपर्ने हुन्छ । यस्ता कार्यले सन्तानले दुव्र्यसनीमा फस्ने र गलत मार्गमा पुग्ने सम्भावना ज्यादा कम हुन्छ । आजको समय प्रविधिको भएकोले कतिपय कुलतमा पुग्नुको कारण प्रविधिको दुरुपयोग भएको समेत पाइन्छ । घरपरिवारका सदस्यबीच कुराकानी, छलफल हाँसो, ठट्टा सबै हराएर गएका छन् । आजका अधिकांश युवावर्गको समय, मोबाइल, ट्याब, कम्प्युटर आदिमा भुल्ने एकोहोरो भएर त्यसैमा नै लठ्ठ हुने प्रवृत्ति सर्वत्र देखिन्छ । लागूपदार्थको नकारात्मक प्रभाव छिटो नदेखिने भए पनि यसको प्रयोगले मानवको आँखा र मस्तिष्कमा असर पारिरहेको हुन्छ । आममानवले क्षणिक रूपको मनोरञ्जन र मस्तीलाई नै जीवनको मुख्य उपलब्धि ठानेका हुन्छन् ।

मन्द बिषलाई सेवन गरेर अमूल्य जीवनलाई तनाबमुक्त हुने बहानामा लागूपदार्थको सेवनमा लाग्ने होनहार युवावर्ग छन् । हाम्रो सन्दर्भमा खासगरी १६ देखि २४ वर्ष उमेर समूहका किशोर किशोरी लागूपदार्थको लतमा वा दुव्र्यसनीमा फस्ने गरेका विभिन्न अध्ययन र तथ्यांकले देखाउँछ । सहज रूपमा गाउँ घरमा पाइने स्थानीय मादक पदार्थदेखि महंगा लागूपदार्थको उपयोग गर्ने युवा जनशक्तिको संख्या ठूलो रहेको देखिन्छ । गाँजा, चरेश, अफिम, भाङलगायतका दर्जनांै नामका लागूपदार्थको प्रयोगले ऊर्जाशील जनशक्तिलाई बर्बाद बनाइरहेको छ । समाजमा लागूपदार्थको खरिद बिक्री गर्नेहरूको ठूलो सन्जाल रहेको देखिन्छ । यसको कारोबार गर्ने जमात जुन सधंै प्रहरीसँग टाढा हुन चाहन्छन् । लागूपदार्थको प्रयोग गर्न प्रेरित गर्नेहरू पनि युवावर्ग नै हुन्छन् । उनीहरू पनि समूह बनाई आप्mनो सन्जाल बलियो र ठूलो नबाउन चाहन्छन् । लागूपदार्थको प्रयोगकर्ता सधैं झुम्म हुने लठ्ठ पर्ने मात्र नभई एकोहोरो बन्ने, एकलकाटे हुने अलिक असामान्य स्वभावका हुन्छन् । औषधीलाई समेत लागूपदार्थका रूपमा प्रयोग गर्नेहरूको ठूलो वर्ग रहेको छ ।

समयमै बालबालिकालाई सही मार्गमा लगाउन सकिएन भने उनीहरूको भविष्य पनि बिग्रने अनि घरपरिवारमा पनि अशान्ति सिर्जना हुने देखिन्छ

कुलत शब्दबाटै सही होइन भन्ने बुझिन्छ तसर्थ सचेत र जीवनको महत्व बुभ्mने जो कोहीले लागूपदार्थको उपयोग गर्दैन । मानव जीवनको महिमा मनन गर्नका लगि शिक्षाको आवश्यक्ता रहन्छ । क्षणिक आनन्दलाई सबै चिज हो भनेर मान्ने हो भने त्यो सरासर गलत अनि भूल मात्र हो । मानवले सफल जीवन व्यतित गर्न सामान्य आनिबानीदेखि जटिल जीवनशैली अबलम्वन गर्नुपर्ने हुन्छ । आज सबै अभिभावकले जुनसुकै समस्याको सामना गरेर भए पनि छोराछोरीलाई पढाएका हुन्छन् । आफ्नो सन्तानको सुन्दर भविष्यको सपनालाई साकार बनाउन हरतरहले प्रयास गरेका हुन्छन् । आमाबाबुको योजना र जुन सपना हुन्छ त्यसलाई छोराछोरीले पनि बुझ्नुपर्ने हुन्छ । समग्रमा भन्ने हो भने किशोर किशोरीले पनि सफल जीवनयापनका लागि सजग र सचेत भई शिक्षा हासिल गरेर असल मानव बन्ने मार्गको अवलम्बन गर्नुपर्छ ।

समाजमा हुने कुनै पनि खराब कार्यमा एउटा असल र सचेत नागरिकले समाज सुधारका पक्षमा सकारात्मक कदम चाल्नुपर्छ । आमअभिभावकलाई चिन्ता भनेकै छोराछोरीले गलत र खराब संगतमा लागेर कुलतमा फस्न पुगी अमूल्य जीवनलाई बर्बाद बनाउँछन् कि भन्ने छ । आज होनाहार युवा जनशक्ति लागूपदार्थको दुव्र्यसनीमा फस्न पुग्नु हरेक दृष्टिकोणले उचित होइन । देशको सुन्दर भविष्य निर्माण गर्ने युवा जनशक्तिलाई उत्पादनमुखी कार्यमा लगाई देशको अर्थतन्त्र बजबुत बनाउने दिशामा केन्द्रित हुने कार्यमा नीति निर्मातादेखि अन्य सबै तहका सरोकारवाला गम्भीरतापूर्वक लाग्नुपर्ने खाँचो रहेको छ । सरकारले युवा केन्द्रित नीति निर्माण गर्दै स्वदेशमा नै रोजगारीको सुनिश्चितता हुने वातावरण निर्माण गर्न विलम्ब गर्नुहुँदैन । राजनीति होस् या अन्य कुनै पेसा व्यवसाय नै किन नहोस् सबैतिर युवा लक्षित कार्यक्रम निर्माण गरी त्यसको प्रभावकारी रूपमा कार्यान्यवन गर्नुपर्छ ।

हरेक अभिभावकले आफ्ना छोराछोरीको बानी के कस्तो छ ? कस्ता साथीभाइको संगत गर्दै छ ? मोबाइल तथा ल्यापटपमा के कस्ता सामग्री हेर्ने गर्दछ ? भन्ने जस्ता सवालमा निकै चनाखो हुनु जरुरी हुन्छ । खासगरी विद्यालय जाने उमेर समूहका बालबालिकामा बढी ख्याल गर्नुपर्ने हुन्छ । समयमा बालबालिकालाई सही मार्गमा लगाउन सकिएन भने उनीहरूको भविश्य पनि बिग्रने अनि घर परिवारमा पनि अशान्ति सिर्जना हुने भएकाले बेलैमा सजगता अपनाई गलत मार्गमा लाग्नबाट जोगाउनुपर्छ ।

तपाइको प्रतिक्रिया
(Visited 416 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बार, दोहोरी र क्लबहरुलाई मनोरञ्जन कर तिर्न महानगरको आग्रह

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कैलालीमा एक उपमेयरसहित ७ जनाको मनोनयन खारेज