बल्झिरहेका विपद्का आला घाउ

जुम्ला । गत कात्तिक महिनाको पहिलो साता जुम्ली नागरिक दसैंलाई बिदाइ गरी तिहारको स्वागतमा जुटेका थिए । मार्सी फाँटमा लहलह झुलेका धानको त्यो सुन्दरता, वर्षभरिको दुःख बिर्सेर घरमा मार्सी भित्र्याएर भोक मेट्ने किसानको त्यो मिठो चाहना, अनि पाटन तथा खर्कबाट बेंसी झारिएका भेडीगोठ र भैंसी गोठहरूले वर्षा सकिएर हिउँद लाग्ने संकेत गरिरहेका थिए ।

कात्तिक महिना लाग्नासाथ वर्षा हुन छोड्छ । यहाँका किसानलाई सिमी, मकै, धान, कोदोलगायतका बाली भित्र्याउने र हिउँदभरि गाईवस्तुलाई पुग्ने घाँस काट्ने चटारो सुरु हुन्छ । तर, यो वर्ष प्रकृतिले पनि आफ्नो कर्म भुल्यो । १ कात्तिकबाट जुम्लामा भारी वर्षा सुरु भयो । ठाउँठाउँमा पहिरो जान थाल्यो, काटेर सुकाएका घाँस पानीले कुहियो ।

रेडियोहरूमा प्रसारण हुने विपद्का सूचना र समाचारले सजग हुन प्रेरित गरिरहेका थिए । मानवीय क्षति नहोस् भन्नका लागि काम छोडेर घरभित्रै बस्न थाले भेरीखोलाका नागरिक । खोलानालामा आवतजावत पनि बन्द भयो । विगतमा भेरीखोलामा बाढी र पहिरोले सामान्य असर गथ्र्यो । योपटकको वर्षाले पनि ठूलो क्षति नहुने विश्वासमा थिए, किसानहरू ।

तर, उनीहरूको विश्वासविपरीत ३ कात्तिकको राति १२ बजे भेरीखोला उर्लेर आयो । ‘बिहान उठेर हेर्दा मार्सी फाँटमाथि बाढी हिँडिरहेको थियो, दर्जनौं विद्युत् गृह बगेको खबर कानमा प¥यो, डेढ सय भेडाको बथान बाढीमा मिसिएको थियो, यो हाम्रो कल्पनाबाहिरको परिणाम थियो,’ तातोपानी–७ सर्मीका दलजित बुढाले भने ।

अहिलेका पुस्ताले भेरीखोला नदीमा यति ठूलो बाढी आएको कहिल्यै देखेका थिएनन् । बुढा पाकाका अनुसार १९८४ सालमा ठूलो बाढी आएको थियो । झन्डै सय वर्षपछि पुनः उर्लेर आएको बाढीले भेरीखोलाका नागरिकलाई रित्तो बनाएर गयो ।

‘सर्मीको छिमेकी गाउँ नुवाकोटमा बाढी १ बजे पुगेको थियो, गाउँमा आफन्तको घरमा बस्न गएका थियौं, राति फर्केर घर पुग्दा त छिमेकीको घर बगरमा मिसिएको थियो, मेरो घरको आँगनसम्म बाढी पुगेको थियो, सामान सा¥यौं, घर भने बगेन,’ तिला–४ नुवाकोटकी जानकी शाहीले भनिन्, ‘यो वर्ष बाँचियो अर्को वर्ष के हुन्छ खै ।’

‘अब मार्सीको बीउ राख्ने समय आउँदै छ, खेत बगर भइसके, बाढीले क्षतिग्रस्त शेषहरू हेर्दा सम्हालिन मुस्किल पर्र्छ, विपद्का आला घाउहरूले बेलाबेला झस्काउँछ, मन अतालिन्छ,’ तातोपानी–७ का स्थानीय कृष्ण खड्काले भने ।

बाढीले जुम्लाका दुई दर्जन पानी घट्ट, एक दर्जन विद्युत् गृह, झन्डै डेढ सय भेडाबाख्रा, दुई घर बगायो । १८ दशमलव ७३ हेक्टर मार्सी फाँट बगरमा परिणत भयो ।

कृषि विकास कार्यालय जुम्लाले संकलन गरेको तथ्यांकअनुसार बाढीले जुम्लाका १ हजार २ सय १२ जना किसानको मार्सी धान र अन्य बालीमा क्षति गरेको छ । बाढीले धानमा क्षति गर्दा जुम्लामा यस वर्ष झन्डै १ हजार २ सय मेट्रिक टन धान उत्पादन घटेको छ । गत वर्ष साढे ६ हजार मेट्रिक टन धान उत्पादन भएकोमा यस वर्ष ५ हजार ४ सय बढी मेट्रिक टन धान मात्रै धान उत्पादन भएको छ ।

यो वर्षको बाढीले ठूलो नोक्सानी बेहोरेका किसानले अझै राहत पाएका छैनन् । संघीय र प्रदेश सरकारले क्षतिको मूल्यांकन गरेर तत्काल राहत वितरण गर्ने भने पनि चार महिना बितिसक्दा समेत पीडितलाई राहत दिने कुनै सुरसार छैन । राहत पाउने आशमा बसेका किसानहरू निराश बनेका छन् ।

‘भि¥याउन तयार गरिएको मार्सी धान सखाप भयो, अहिले ऋण गरेर जीविका चलिरहेको छ,’ तिला ३ की कली चौंलागाईंले भनिन्, ‘जीविकोपार्जन हुने उपाय’bout सरकारले सोचिदिए हुन्थ्यो ।’

नेपाल विद्युत् प्राधिकरण जुम्ला वितरण केन्द्रले जुम्लाका बाढी र पहिरो प्रभावित क्षेत्रमा राष्ट्रिय प्रसारण प्रणाली विस्तार गर्न पोल गाड्ने योजनालाई अघि बढाएको छ । यसका लागि केन्द्रले झन्डै ४२ लाख रुपैयाँको बोलपत्र आह्वान गरेको छ ।

नेपाल विद्युत् प्राधिकरणको ग्रामीण विद्युतीकरण कार्यक्रमअन्र्तगत कुल २ करोड ५० लाख रुपैयाँ लागतमा राष्ट्रिय विद्युत् प्रसारण प्रणाली विस्तारका लागि पोल गाड्नलाई ४१ लाख ८१ हजार ९ सय २० रुपैयाँको बोलपत्र आह्वान गरिएको जुम्ला वितरण केन्द्रका प्रमुख नरेशदत्त रावलले जानकारी दिएका छन् ।

राष्ट्रिय विद्युत् प्रसारण प्रणाली विस्तारका लागि तिला गाउँपालिका–४ को त्रिवेणीदेखि नुवाकोट, तातोपानी गाउँपालिकाको ७ र ८ नम्बर वडामा पर्ने सर्मी, सुर्कीदेखि ताम्ती र गुठीचौर गाउँपालिकाका विभिन्न ठाउँमा पोल गाड्न बोलपत्र आह्वान गरिएको केन्द्र प्रमुख रावलले बताएका छन् ।

विद्युत् गृह बगाएको भेरीखोलामा तत्कालै राष्ट्रिय प्रसारण लाइन विस्तार गर्ने तयारी गरिएकाले अन्धकार बनेका गाउँहरूमा खुसियाली छाएको स्थानीय गोरख रावतले बताए । क्षतिको लगत संकलन गरी राहतका लागि गृह मन्त्रालयमा पठाइएको कृषि विकास कार्यालय जुम्लाले जनाएको छ । क्षतिका आधारमा किसानले कममा १ हजारदेखि १० हजार रुपैयाँसम्म राहत पाउनेछन् ।

तपाइको प्रतिक्रिया
(Visited 460 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

अध्यक्ष ओलीको अँगालोमा सुहाङ !

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
अमरगढी–१ मा काँग्रेस वडा अध्यक्ष निर्वाचित