प्रेस चौतारी सिन्धुपाल्चोकको पाँचौ अधिवेशनमा पत्रकार पुरस्कृत


सिन्धुपाल्चोक । प्रेस चौतारी नेपाल सिन्धुपाल्चोकको पाँचौ जिल्ला अधिवेशन आज चौतारामा सम्पन्न भएको छ । चौतारीको अधिवेशनको अवसरमा आठ जना पत्रकार पुरस्कृत भएका छन् भने एक पत्रकार सम्मानित भएका छन् । नेकपा एमालेका पोलिटब्युरो सदस्य अरुण नेपालले अभिवेसन उद्घाटन गरेका थिए ।

चौतारीले स्थापना गरेको सिन्धु चौतारी राष्ट्रिय क्रियाशिलता पत्रकारिता पुरस्कारबाट नेपाल प्रेसका प्रधानसम्पादक मातृका पौडेल पुरस्कृत भए । १० हजार १ सय ११ रुपैयाँ राशीको यो पुरस्कारबाट पहिलो वर्ष दोलखाका पत्रकार राजेन्द्र मानन्धरलाई पुरस्कृत गरिएको थियो । त्यस्तै प्रेस चौतारी सम्मानबाट पत्रकार प्रमोद न्यौपाने सम्मानित भए ।

त्यस्तै सिन्धु चौतारी युवा क्रियाशिलता पत्रकारिता पुरस्कारबाट रोडियो मेलम्चीका स्टेशन म्यानेजर देवराज सुवेदी पुरस्कृत भएका थिए । उक्त पुरस्कारको राशी ५ हजार रहेको छ ।

चोकटीका समाजसेवी बद्री अधिकारीका चार दाजुभाईले आफ्ना बुबा कुलबहादुर अधिकारी र आमा प्रेमकुमारी अधिकारीको नामबाट स्थापना गरिएको प्रेस चौतारी कुलबहादुर प्रेमकुमारी क्रियाशिल पत्रकारिता पुरस्कारबाट पत्रकारहरु ध्रुव दंगाल,रामकृष्ण थापा,नेत्रप्रसाद पौडेल,शर्मीला ठकुरी,निरोज चौलागाई र सुन्दर शिरीषलाई नगद ५ हजार सहित पुरस्कृत गरिएको थियो । कार्यक्रममा एमाले पोपलटब्युरो सदस्य नेपालले पत्रकारहरुले निष्पक्ष भएर आफ्नो कर्मममा लाग्न आग्रह गरेका थिए । त्यस्तै एमाले सिन्धुपाल्चोकका अध्यक्ष कमल नेपालले आफुहरु पत्रकारिता संघ,संगठनहरु सँग सहकार्य गरेर अघि बढ््ने बताए ।

अध्यक्षमा आचार्य

प्रेस चौतारी सिन्धुपाल्चोकको पाँचौ जिल्ला अधिवेशनबाट विदुर आचार्यको अध्यक्षतामा निर्वीरोध कार्यसमिति चयन भएको छ । उपाध्यक्ष देवराज सुवेदी, सचिव सागर खडका,उपसचिव दिपीन ढुङगना,कोषाध्यक्ष गोमा खत्री निर्वीरोध निर्वाचीत भएका छन् । सदस्यहरुमा सुशिल सुवेदी,विशाल आचार्य,सुनिता लामा र मिङमार ग्याल्बो निर्वाचीत भएका छन् । निर्वाचीत सदस्यहरुलाई नेकपा एमाले जिल्ला अध्यक्ष कमल नेपाल,प्रेस चौतारीका बरिष्ठ उपाध्यक्ष माधव नेपाल,चौतारी सिन्धुपाल्चोकका संस्थापक डम्बर रसिक भारती,पुर्णप्रसाद श्रेष्ठ,प्रमोद न्यौपाने लगायतले शुभकामना दिएका थिए ।

१ लाख १ हजार सहयोग

प्रेस चौतारी नेपाल सिन्धुपाल्चोकको पाँचौ जिल्ला अधिवेशनको अवसरमा नेकपा एमाले बागमती प्रदेश कमिटीका सदस्य एवम समाजसेवी टपिन्द्र तिमिल्सिनाले आफ्नो स्वर्गीय छोरा सुधिर तिमिल्सिनाको स्मृतीमा सिन्धुपाल्चोकका क्रियाशिलत पत्रकारहरुको वृत्ति विकासका लागि भन्दै १ लाख १ हजार रुपियाँ राशीको पत्रकारिता कोषको स्थापनाका लागि सहयोग गरेका छन् ।

उक्त सहयोग रकम मध्ये ५० हजार प्रेस चौतारी र ५० हजार नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकले अक्षयकोष बनाएर हरेक वर्ष क्रियाशिल पत्रकारहरुलाई पुरस्कृत गर्ने गरेर पुरस्कार कोषको स्थापना गरिएको छ । त्यस्तै सिन्धुपाल्चोकका स्वर्गीय पत्रकार नानीराम नेपालको स्मृतिमा समेत पत्रकारिता पुरस्कार कोषको स्थापना गरिएको छ । उक्त कोष ५० हजार रुपियाँको हुनेछ । उक्त पुरस्कार कोषमा पत्रकार पुर्णप्रसाद श्रेष्ठले १० हजार र पत्रकार शर्मीला ठकुरीले आफुले पाएको पुरस्कारको रकम ५ हजार सोही कोषमा प्रदान गरेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 456 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

राजनीतिक नेतृत्वले जोखिम मोल्ने समय आयो: अर्थमन्त्री पुन

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
सत्ता गठबन्धन बैठकः चुनावमा तालमेल गरेरै जाने