गठबन्धनका लागि अलग्गै समन्वय संयन्त्र बनाउन कांग्रेसमा प्रयास

काठमाडौं । स्थानीय तहको निर्वाचनमा गठबन्धन गरेर जानुपर्ने सभापति शेरबहादुर देउवाको मतको पक्षमा अधिकांश केन्द्रिय सदस्य उभिएपछि गठबन्धन निमार्णका लागि संयन्त्र बनाउने कोशिश भएको छ । प्रतिपक्ष नेकपा एमाले बलियो भएको तर्क राख्दै कांग्रेस सभापति देउवाले गठबन्धनमा जोड दिए पछि सत्तारुढ दलसँग गठबन्धन गर्नका लागि अलग्गै संयन्त्र निमार्ण गर्ने कोशिश भएको हो ।

अलग्गै संयन्त्र निर्माण गरेर जाने कि नजाने भन्ने ’boutमा कांग्रेस शीर्ष नेताहरुको बीचमा छलफल जारी राखिएको केन्द्रीय सदस्य नैनसिंह महरले जानकारी दिए ।

‘केन्द्रबाट नै गठबन्धनको निर्णय गरेर जानेभन्दा पनि स्थानीय तहले आवश्यकता आधारमा तालमेल गर्ने अधिकार दिनुपर्छ भन्ने अधिकांशको धारणा बैठकमा प्रस्तुत भएको छ,’ केन्द्रीय सदस्य महरले न्युज कारखानासँग भने, ‘त्यसका लागि स्थानीय तह, जिल्ला र प्रदेशस्तरमा नै एउटा अलग्गै समन्वयात्मक संयन्त्र बनाउने र त्यसको सुझावका आधारमा निर्वाचनमा तालमेल गर्न सकिने मोडलका ’boutमा कुराकानी भइरहेका छन् ।’ उनका अनुसार सो ’boutमा सभापति देउवाले शीर्ष नेताहरुसँग राय सुझाव लिइरहेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 339 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

गाजा सम्झौता कायम रहने विषयमा ट्रम्प ‘विश्वस्त छैनन्’

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
बाजुराको बुढीगङ्गामा एमालेले बुथ कब्जा गरेको भन्दै कांग्रेसद्वारा पुनः मतदानको माग