चेल्सीलाई हराउँदै रियल मड्रिड सेमिफाइनलमा

मड्रिड । साविक विजेता चेल्सीलाई हराउँदै रियल मड्रिड युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । स्पेनको राजधानी मड्रिडमा मंगलबार राति भएको क्वाटरफाइनल दोस्रो लेगको खेल निकै प्रतिस्पर्धात्मक बनेको थियो । निर्धारित समयको खेल सकिँदा चेल्सी ३–१ ले विजयी भएपछि समग्रमा खेल ४–४ गोलको बराबरीमा पुग्यो । यसपछि थपिएको अतिरिक्त समयमा रियलका करिम बेन्जमाले निर्णायक गोल गरे ।

जितसँगै रियाल मड्रिडले सेमिफाइनलको यात्रा तय गर्दा चेल्सीको यात्रा भने टुंगिएको छ । मंगलबार राति भएको अर्को खेलमा जर्मन क्लब बायर्न म्युनिखलाई स्तब्ध बनाउँदै स्पेनको भियारियाल पनि सेमिफाइनलमा पुगेको छ । बायर्न म्युनिखको मैदानमा भएको दोस्रो लेगको खेल १–१ गोलको बराबरीमा सकिएपछि पहिलो लेगमा हात पारेको १–० को जितको मद्दतले भियारियाल समग्रमा २–१ को परिणाम निकाल्दै सेमिफाइनलमा पुगेको हो ।

युएफा च्याम्पियन्स लिगमा आज बुधबार राति एथ्लेटिको मड्रिड र म्यान्चेस्टर सिटी तथा लिभरपुल र बेन्फिका भिड्नेछन् । पहिलो लेगको खेलमा म्यानचेस्टर सिटीले १–० को तथा लिभरपुलले ३–१ को अग्रता लिएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 266 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

गठबन्धनमा संकटको चर्चाबीच दाहाल–ओली दुई घण्टा भेटवार्ता

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
बाराको महागढीमाई नगरपालिकामा पुन: कांग्रेसका उम्मेदवार विजयी