स्थानिय सरकारले ध्यान नदिँदा काठमाडौकौ मौलिक सभ्यता गुम्यो : सिर्जना सिंह

काठमाडौं । सत्तारुढ गठबन्धनको तर्फबाट काठमाडौं महानगरपालिकाकि मेयर उम्मेदवार सिर्जना सिंहले स्थानीय सरकारले ध्यान पु-याउन नसक्दा काठमाडौंको मौलिक सभ्यताहरु लोप हुने अवस्थामा पुगेको बताएकी छिन् ।

आइतबार काठमाडौंमा आयोजित बुद्धिजिवी भेला तथा छलफल कार्यक्रमलाई सम्बोधन गर्दै उम्मेदवार सिंहले काठमाडौं उपत्यकामा भएका मौलिक सभ्यता र परम्पराको संरक्षण गर्न स्थानीय सरकारले ध्यान नदिएको बताएकी हुन् । उनले स्थानीय सरकारले राजनीति मात्र गरेका कारण मौलिक सभ्यता र सम्पदाहरु लोप हुने अवस्थामा पुगेको बताइन् । आफु काठमाडौंको मेयरमा निर्वाचित भएमा सम्पदाको संरक्षण र सम्वद्र्धनमा विशेष ध्यान पु¥याउने उनको भनाई थियो ‘काठमाडौं ऐतिहासिक शहर हो । विश्व सम्पदा सूचिमा पनि परेको छ । यस शहरका थुप्रै आफ्नै मौलिक सभ्यताहरु, सम्पदाहरु छ । यहाँका मुर्तिकला, बास्तुकला, चित्रकला, यहाँका नाटकहरु, अरु कलाकारिता भैरवनाथदेखि यहाँका कलाकारिता पनि आफ्नै मौलिक छ ।’ उनले भनिन् ।

सिर्जना सिंह र केशव स्थापितको तुलनै हुँदैन : नीर शाह

वरिष्ठ कलाकार निर शाहले काठमाडौं महानगरपालिकाको मेयर उम्मेदवार सिर्जना सिंहसँग अर्का उम्मेदवार केशव स्थापितको तुलना गर्न नमिल्ने बताए । सिंहलाई विगतमा सरकारले नजरबन्दमा राखेको उल्लेख गर्दै उनले स्थापितलाई भने राजाले राज्यकोषको प्रयोग गर्न पाउनेगरी मेयर पदमा नियुक्त गरेको बताए । पार्टीको स्वार्थका लागि नै स्थापितलाई राजासँग गहिरो सम्बन्ध बनाउनका लागि तत्कालिन एमालेले पार्टीले सो पदमा पठाएको उनले दाबी गरे । उनले काठमाडौं महानगरपालिकाको मेयरमा सिंहलाई विजयी गराउनुपर्ने बताए ।

तपाइको प्रतिक्रिया
(Visited 289 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

संसदमा धकेलाधकेल : मुठभेडमा कांग्रेस–एमाले

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
केशब स्थापित र सिर्जना सिंहले पाएकाे मत जाेड्दा पनि बालेनकाे भन्दा ५० मत थाेरै