पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा प्रदर्शन

जनकपुरधाम । पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा जनकपुरधाममा प्रदर्शन गरिएको छ । जनकपुरधामस्थित जानकी मन्दिरको उत्तरतर्फ बीच सडकमै स्थानीय युवाको आयोजनामा मूल्यवृद्धिको विरोधमा प्रदर्शन गरेका हुन् ।

उनीहरूले बीच सडकमै मोटरसाइकल तेस्र्यायाएर एलपी ग्यास सिलिण्डरसहित विरोध प्रदर्शन गरेका हुन् । पाँच दलीय गठबन्धनको सरकारले जनतालाई राहतभन्दा बढी आहत दिएको भन्दै पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको विरोधमा मोटरसाइकल, ई–रिक्सा र सिलिण्डरहरूलाई बीच सडकमै राखेर सांकेतिक रूपमा विरोध गरेका छन् ।

पेट्रोलियम पदार्थको मूल्यवृद्धिले प्रत्यक्ष रूपमा जनतालाई असर परेकाले यसको विरुद्ध सबैजना एकजुट भएर मूल्यवृद्धि फिर्ता नहुञ्जेल आन्दोलन जारी रहने स्थानीय युवा अभियन्ता सुशील कर्णले बताए । कर्णकै नेतृत्वमा विरोध प्रदर्शन गरिएको छ ।

कर्णले जनतालाई सास्ती हुनेगरी गरिएको मूल्यवृद्धिले जनजीविका चलाउन निकै कठिनाइ भएको बताए । सरकारले आइतबार रातिबाट लागु हुने गरी पेट्रोल र डिजेलमा प्रतिलिटर १०÷१० रुपैयाँ र खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डरमा २०० रुपैयाँले मूल्य बढाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 234 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

अख्तियार प्रमुख राई आफैंले गरेको निर्णय देखेनन्

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
गुल्मीमा चार स्वतन्त्रले फिर्ता लिए उम्मेदवारी