अस्लिल तस्विर खिच्न लगाएर ब्ल्यामेलिङ गर्ने युवक पक्राउ

काठमाडौं । सामाजिक सञ्जालमार्फत महिलाको अपमान र हैरान पार्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

नेपाल प्रहरीको साइबर ब्युरोले महिलालाई सामाजिक सञ्जालमार्फत् हैरानी तथा अपमान गरेको आरोपमा ललितपुरबाट एक जनालाई पक्राउ गरेको प्रवक्ता एवं प्रहरी उपरीक्षक पशुपतिकुमार रायले जानकारी दिए ।

ललितपुरको महालक्ष्मी नगरपालिका-८ बस्ने २४ वर्षीय अमन राजथलालाई मंगलबार पक्राउ गरिएको रायले जानकारी दिए ।

सामाजिक सञ्जालमा नक्कली प्रोफाइल बनाइ उनले महिलालाई साथी बनाएर संवाद गर्ने क्रममा अश्लिलता प्रदर्शन गरेको र त्यसैको स्क्रिनसट लिएर महिलालाई थप मानसिक यातना दिएको प्रहरीले जनाएको छ । बेइज्जत गरिदिन्छु भनेर फेरि बाध्य पारी पीडित महिलालाई समेत प्रदर्शन गर्न लगाएको प्रहरीले जनाएको छ।

त्यसपछि उनले पुन: ब्ल्याकमेलिङ गरी आर्थिक लाभ लिन खोजेको तर त्यो पूरा नभएपछि अश्लिल तस्बिरहरू पीडितका आफन्त तथा साथीहरूलाई समेत पठाएर महिलालाई मानसिक यातना तथा दु:ख हैरानी दिएको प्रहरीले जनाएको छ।

जाहेरी परेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो । काठमाडौं जिल्ला अदालतबाट पाँच दिन हिरासतमा राख्न अनुमति लिएर उनीमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 222 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

क्यानडा पठाईदिन्छु भन्दै दुवई पुर्‍याएर मानवबेचबिखन, एक जना पक्राउ

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
दैलेखकाे नारायण नगरपालिकामा एमालेका उम्मेदवार विजयी