ढोरपाटन पुग्न थाले सिकार पर्यटक

बागलुङ । ढोरपाटन सिकार आरक्ष बागलुङमा यस बर्षको पहिलो सिकार पर्यटन सुरु भएको छ ।

सिकारको लागी नेपाली सहयोगीका साथ विदेशी व्यावसायिक सिकारीहरु ढोरपाटन सिकार आरक्षको सिकार ब्लकमा पुग्न थालेका हुन ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले पहिलो सिकार असोज–कात्र्तिकको लागि आठ नाउर र पाँच झारलको सिकास अनुमति दिएको ढोरपाटन सिकार आरक्ष केन्द्रका प्रमुख संरक्षण अधिकृत विरेन्द्रप्रसाद कँडेलले जानकारी दिए ।

सिकारीका लागि आवश्यक बन्दोबस्ती र मार्ग निर्देशनका लागि ढोरपाटन शिकार आरक्ष कार्यालय आफ्ना कर्मचारी र शिकारीका भरिया सम्बन्धित ब्लकमा पठाईसकेको छ । विभागले हरेक वर्ष दुई याममा गरी वार्षिक २० नाउर र ११ झारलको सिकार अनुमति प्रदान गर्छ । प्रमुख संरक्षण अधिकृत कँडेलका अनुसार पहिलो याममा नेपाल ट्राभल एक्पिडिसन, ग्लोवल सफारिज नेपाल, हिमालयन सफारिज र टपाक्स एण्ड टे«ल्स कम्पनीमार्फत अमेरीकन, मेक्सिकन र क्यानेडियन नागरिकले सिकारका लागि अनुमती पाएका छन् ।

सिकारको लागि आरक्षको क्षेत्रलाई सात व्लकमा विभाजन गरिएको छ । पहिलो याममा सेड, फागुने, घुस्तुङ, दोगाडी र सुनदह ब्लकमा शिकार हुनेछ । ढोरपाटन क्षेत्रमा बर्षेनी (असोज–मंसिर) पहिलो याम र (फागुन–वैशाख) मा दोस्रो याम गरी दुई चरणमा शिकार हुँदै आएको प्रमुख संरक्षण अधिकृत कँडेलले बताए । पेशेवर विदेशी शिकार कम्पनीका प्रतिनिधिसहितको टोली लिएर हेलिकप्टरमार्फत सिकार खेल्न आरक्षमा पुग्ने गर्छन् । गतवर्ष दुई सिजनमा १८ नाउर र नौ झारलको शिकार भएको थियो ।

आरक्षको फागुने, बार्से, सेङ, दोगाडी, घुस्तुङ, र सुनदह गरी ६ ‘ब्लक’मा शिकार गर्न अनुमति दिईएको छ । पहिलो यामका लागि सुर्तिबाङ व्लकमा कुनैपनि सिकारीले सिकार गर्ने छैनन् । खर्चिला र साहसी शिकारीले विकटमा रहेका ‘ब्लक’ मा शिकार खेल्न रुची राख्ने गरेको शिकार आरक्ष कार्यालयको अनुभव छ । शिकारी सहितको टोलीले १५ दिन जंगलमै समय बिताउँछन ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले हरेक शिकार याममा विद्युतिय बोलपत्र आह्वान गरेर शिकारको कोटा र राजश्व दर निर्धारण गर्छ । साहसिक यात्रा र रोमाञ्चक शिकार अनुभवका लागि ढोरपाटन विदेशीको आकर्षक गन्तव्य बनेको छ । नाउर झारलको मुल्य, ब्लक रिजर्भ, लाइसेन्स, हेलिकप्टर सबै बन्दोबस्तीको सामग्री तयार गर्दा एक जना सिकारीले करिब २० देखि २२ लाख रुपियाँ खर्च गर्ने सिकार अमृत थापाले जानकारी दिए ।

यो वर्ष नाउरको न्युनतम १५ लाखदेखी अधिकतम २१ लाख ४० हजार प्रतिगोटा र झारलको न्युनतम एक लाख १० हजारदेखी अधिकतम ६ लाखसम्म राजश्व तिरेर सिकारीहरु सिकारका लागि तयार भएको कँडेलको भनाई छ । नेपाल ट्राभल एक्पिडिसन प्रा.लि काठमाण्डौंमार्फत पहिलो याममा अमेरिकन नागरिकले एउटा नाउरको सिकार गर्नेछन् । सिकार आरक्ष कार्यालयका अनुसार उनलाई शिकारका लागि गुस्तुङ ब्लक तोकिएको छ ।

ग्लोबल सफारिज नेपालमार्फत तीन जना सिकारीले दुई नाउर र एक झारलको शिकार अनुमति पाएका छन् । क्यानेडियन नागरिकले नाउर र आर्का दुई जना अमेरिकी नागरिकले एक नाउर र एक झारलको शिकार अनुमती यो कम्पनीमार्फत पाएका हुन् । फागुनेमा एक नाउर र बार्षेमा एक नाउर एक झारलको सिकार गर्न उनीहरुले अनुमती पाएका हुन् ।

सिकारीहरुले हिमालयन सफारिजमार्फत तीन नाउर र दुई झारलको शिकार अनुमती पाएका छन् । उनीहरु मेक्सिकन र अमेरीकन नागरिक हुन् । दोगडी, सुनदह र सेङ व्लकमा उनीहरुलाई शिकारका लागि अनुमती दिईएको छ । टपाक्स एण्ड टे«ल्स कम्पनीमार्फत दुई जना अमेरीकन नागरिकले दुई नाउर र दुई झारलको शिकार अनुमती पाएको शिकार आरक्ष कार्यालयले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 175 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

प्रिन्टिङ मेसिन थन्किदा अन्तःशुल्क स्टिकर छपाइमा बिचौलियाको बोलवाला

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
चुनाव स्वच्छ र निष्पक्ष बनाउने दलको प्रतिबद्धता