नबालिका दिदी–बहिनीलाई जवर्जस्ती करणी गर्ने ६२ वर्षका व्यक्ति पक्राउ

लमजुङ । लमजुङमा दिदीबहिनीलाई नै जवर्जस्ती करणी गरेको अभियोगमा लमजुङ प्रहरीले ६२ वर्षीय पुरुषलाई पक्राउ गरेको छ । लमजुङको क्व्होलासोथार गाउँपालिका– ३ का उदमजंग गुरुङलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

उनले १२ वर्षीया बालिका बहिनी र उनको १४ वर्षीया दिदीलाई पैसा दिएर ललाई फकाई जवर्जस्ती करणी गरेको जाहेरीका आधारमा गुरुङलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका गुरुङविरुद्ध अनुसन्धान थालेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मुलुकी अपराध संहिता २०७४ को दफा २१९ ले निषेधित कसुर अपराध जवर्जस्ती करणी मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

उनले १४ वर्षीया बालिकालाई भदौ २४ र १२ वर्षीया बालिकालाई कार्तिक २६ गते जवर्जस्ती करणी गरेको जाहेरीमा उल्लेख भएको हुँदा अनुसन्धान थालिएको र प्ररम्भिक अनुसन्धानबाट घट्ना पुष्टि भएको खुलेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक थानेश्वर चपाइँले बताए ।

उनका अनुसार २ जना बालिकामाथि जवर्जस्ती करणी गरेको अभियोगमा गुरुङविरुद्ध मुद्दा अघि बढाउने तयारी भएको छ । प्रहरी हिरासतमा रहेका जिल्ला प्रहरी कार्यालय प्रमुख डीएसपी मिनबहादुर घलेले घटना’bout अनुसन्धान भइरहेको र अनुसन्धानबाट थप कुराहरू खुल्ने बताए ।

तपाइको प्रतिक्रिया
(Visited 219 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सरकार ज्ञानेन्द्रपथमा : मिडियाविरुद्ध प्रतिशोधात्मक कारबाही

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
नेम्वाङको गृह नगरमा काँग्रेसका उम्मेदवार निर्वाचित