दोहरिन नदिऔं जाजरकोट जिप दुर्घटनाहरू !

जाजरकोटको छेंडागाड नगरपालिकाबाट जेवातर्फ जाँदै गर्दा दशेरास्थित पाटेभिरबाट बलेरो जिप खस्दा चालकसहित १२ जना सवारमध्ये ११ जनाको मृत्यु भएपछि यो दुर्घटनाले सबैलाई स्तब्ध बनाएको छ । यो दुर्घटना यस क्षेत्रमा हुँदै आएका दुर्घटनामा सबैभन्दा हृदय विदारक देखिएको छ । यसले धेरैलाई सोच्ने बनाएको छ । जीवन भनेको एक दिनका लागि मात्र होइन । अथवा एक दिन साह्रोगाह्रो सहन धैर्यता नभएर यस्ता दुर्घटना निम्त्याउने हामीहरूको बानी पनि कारणका रूपमा रहेको छ । कुनै पनि कामको समय तालिका नबनाउने, अपर्झट भेटघाटको समय मिलाउने, प्राविधि ज्ञानको कमी हुने तथा चलिहाल्छ र भइहाल्छ भन्ने मानसिकताका कारण यस्ता दुर्घटना निम्तिइरहेका देखिन्छन् ।

खुट्टाले हिँडेर यात्रा गरिरहेका नेपाली हामी यातायातका साधन देख्नासाथ यन्त्रले जति पनि बोकिहाल्छ भन्ने भ्रम पालेका हुन्छौं । अर्को कुरा आफन्त देखेपछि ‘नाइँ भन्ने’ र साधनले बोक्न सक्दैन भन्ने चलन पनि छैन । बरु आफन्तलाई स्वागत गर्ने र यात्रु भए पनि एकरातमै धनको कुम्लो बोक्ने सपना हामीभित्र हुन्छ । हामीले यातायातका साधनको सदुपयोग गर्न जानेका छैनांै । यातायातका साधनको क्षमतासँग पनि परिचित छैनौं । गाडी कन्डिसनमा छ कि छैन यो पनि थाहा हुँदैन । प्राविधिक ज्ञान हामीमा आवश्यकताअनुरूपको पनि छैन । बाटामा टायर पन्चर हुने, पट्टा भाँचिने र फ्युल सिद्धिने तथा ब्रेक नलाग्ने गरिरहेका हुन्छन् । यिनै ससाना कमजोरी र हेलचेक्र्याइँका कारण विभत्स दुर्घटना एकपछि अर्को घटिरहेका छन् । छेडागाड पाटेभिरको दुर्घटनाले यही कमजोरी दोहरिएको कुरा पुष्टि गरेको छ । बढीमा पाँच जनासम्म अट्न सक्ने क्षमता भएको बलेरोमा १२ जनासम्मको धान्नै नसकिने मानिस कोचेर सवारी चलाउँदा इन्जिनको क्षमताले धान्न नसकेको देखाउँछ ।

यसमा ड्राइभरको लापरबाही वा अज्ञानता स्पष्ट देखिन्छ । यदि गाडी मालिक वा अन्य कसैको दबाबमा यो काम गरेको हो भने पनि त्यस्तो दबाब स्वीकार गर्नुहुँदैनथ्यो । यस्तो बेलामा ड्राइभरले अस्वीकार गर्ने वा मानिसलाई २ लटमा ओसार्ने गर्नुपर्छ । गाडी चालक मालिक स्वयं नै भए पनि यस्तो मूर्खता गर्नु हँदैन । यसमाथि गाडी कुदाउन भरपर्दा बाटा बनिसकेका छैनन् । सामान्य ट्र्याक निकालेको बाटोमा कालोपत्रे लगाइएको छ । यसलाई पिच बाटोका रूपमा लिने र जथाभावी गाडी हाँक्ने गरेको पनि देखिएको छ । अर्को कुरा भौगोलिक बनावटअनुसार बाटा नागबेली आकारमा घुम्ने गरेका छन् । घुम्तीहरूका छेउमा बारबन्धन पनि गरिएका छैनन् । कतै त रातमा वा स्पिडमा आएका बेलामा सजगताका लागि हेर्ने संकेतसम्म पनि छैनन् । चालकले मदिरा सेवन गरेर गाडी हाँक्ने चलन पनि निरन्तरतामा छ । साथै, चालकसँग कुराकानी गर्ने र व्यस्त बनाइराख्ने चलन पनि कम खतरनाक छैन । कारण जेसुकै होऊन् सतर्कताको अभावका कारण हुने लापरबाहीले धेरैको पटकपटक ज्यान लिने गेको छ । त्यसैले जाजरकोटको टेडागाडजस्ता दुर्घटना दोहरिन नदिन सतर्क रहौं र खबरदारी गरिरहौं !

तपाइको प्रतिक्रिया
(Visited 230 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

अध्यक्ष ओलीको अँगालोमा सुहाङ !

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
काठमाडौं मेयरमा सिर्जना सिंहको नाम सहमतिनजिक