पूल बनिसकेकै छैन गाडी गुड्न थाल्यो

उदयपुर । उदयपुर र खोटाङ जोड्ने निर्माणाधीन फोक्सिङटार पुल सम्पन्न नहुँदै यातायात सञ्चालनमा ल्याइएको छ । उदयपुर रौतामाई गाउँपालिका–५ आँपटार र खोटाङ खोटेहाङ गाउँपालिका– ९ लिच्कीराम्चे जोड्ने पुलमा जबर्जस्ती यातायात सञ्चालन गरिएको हो । बहुचर्चित सुनकोसी नदीमाथिको फोक्सिङटार मोटरेबल पक्की पुल सम्पन्न हुन अझै एक महिना लाग्ने जनाएको छ । पुल वारिपारि एप्रोज सडक, रेलिङ तथा वाइरिङ कोट ढलान गर्न बाँकी नै छ ।

मुग्लिङपछि नेपालकै दोस्रो ‘आर्क डिजाइन’मा निर्माण भइरहेको फोक्सिङटारमा निर्माणाधीन मोटरेबल पक्की पुल निर्माण अन्तिम चरणमा पुगेकै बेला जबर्जस्ती यातायात सञ्चालन गरिएको हो । लामो समय अलपत्र रहेको सो पक्की पुल निर्माणको अन्तिम चरणमा रहेकै समय बिहीबारबाट जबर्जस्ती यातायात सञ्चालन गरिएको छ । १० वर्षदेखि अलपत्र पुल अन्तिम चरणमा छ । पुलको बेरिङकोट, एप्रोज रोडलगायतका कामै नसकी सञ्चालनमा आएको छ ।

करिब १९ करोड ६० लाखको लागतमा गौरी पार्वती वाईपी जेभीले २०७५ चैतमा सक्नेगरी ठेक्का लिएको थियो । तर, ढिलासुस्तीका कारण अझै काम सकिएको छैन । पुल सेक्टर नम्बर १ धरानका योजना प्रमुख प्रदीप भण्डारी निर्माण अन्तिम चरणमा पुगेको बताउँछन् । ‘अब एक महिनाभित्र सकिन्छ,’ उनी भन्छन् । उनका अनुसार निर्माण कम्पनीले एक महिनाभित्र काम सक्ने जानकारी गराएको छ । निर्माणाधीन पुल ‘फिनिसिङ’का लागि आवश्यक सामग्री पुगिसकेको भण्डारीले बताए । यातायात सञ्चालन’bout प्रश्न गर्दा उनले ‘पब्लिकको प्रेसर भएर सञ्चालन भएको हुनसक्ने’ उल्लेख गरे । पुल सञ्चालन गर्न खोटेहाङ गाउँपालिका अध्यक्ष उदिमबहादुर राई, उपाध्यक्ष रुपेश राईलगायतको टोलीले ‘जबर्जस्ती पुलमा यातायात सञ्चालन गरेको’ निर्माण कम्पनीका साइट इन्चार्ज मदन मगर बताउँछन् । निर्माण कम्पनीले ‘खोटाङबासीलाई हेपेर काममा ढिलासुस्ती गरेकाले जनताका मागबमोजिम पुलमा यातायात सञ्चालन गरिएको’ गाउँपालिका अध्यक्ष उदिमबहादुर राईको तर्क छ ।

खोटाङमा दैनिक उपभोग्य वस्तु अभाव र चर्को मूल्यवृद्धि भएकाले निर्माणधीन पुल सञ्चालनमा ल्याउन बाध्य भएको उनी बताउँछन् । पुलबाट यातायात सञ्चालनपछि जिल्लामा उपभोग्यलगायत अन्य वस्तुको मूल्य घट्ने नेपाल चेम्बर्स अफ कमर्स खोटाङ अध्यक्ष खुसनारायण सैंजुको विश्वास छ । सो सडकखण्ड छोटो दूरी भएकाले प्रतिकेजी पाँच रुपैयाँसम्म सस्तो हुने सैंजुले बताए । सगरमाथा लोकमार्गअन्तर्गत गाईघाट– दिक्तेल सडकमा पर्ने सुनकोसी नदीको मोटरेबल पक्की पुल २२ चैत २०७५ मा सम्पन्न गर्नेगरी ३० चैत २०६९ मा ठेक्का सम्झौता भएको थियो ।

निर्माण कम्पनीले सम्झौताअनुरूप चार वर्षअघि नै काम सक्नुपर्ने थियो । नदी दुवैतर्फ साढे ६ मिटर गहिरो फाउन्डेसनसहित २० मिटर अग्लो पिलर र १ सय २० मिटर लामो पुल निर्माण जिम्मा गौरी पार्वती र वाईपी जेबीले लिएका छन् । पुल योजना पूर्वी क्षेत्र सेक्टर नम्बर १ धरानले सो पुल निर्माणको प्राविधिक रेखदेख गर्ने जिम्मा पाएको छ । ‘आर्क डिजाइन’को गत २६ असोजमा ढकान सकेको पुल योजना पूर्वी क्षेत्र सेक्टर नम्बर १ धरानका निमित्त डिभिजन इन्जिनियर नितेस झा बताउ“छन् । उनका अनुसार इन्जिनियर अजयकुमार साहको रेखदेखमा प्राविधिकसहितको टोलीले पुल निर्माण गरिरहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 372 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बार, दोहोरी र क्लबहरुलाई मनोरञ्जन कर तिर्न महानगरको आग्रह

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
भरतपुर महानगर प्रमुखमा कांग्रेसका २५ जनाकाे दावी, उपप्रमुखमा २४ जनाकाे नाम दर्ता