पोखरामा चलचित्र बहावको रेड कार्पेट प्रिमियर

पोखरा । शुक्रबारबाट देशव्यापी सिनेमा हलमा रिलिज गरिएको नेपाली चलचित्र बहावको रिलिजसँगै पोखरामा रेड कार्पेट प्रिमियर गरिएको छ ।

यो चलचित्र निर्माता तथा पत्रकार श्रीधर पौडेल, कलाकार सुरक्षा पन्त र कमलमणि नेपाल तथा लेखक र निर्देशक प्रमोद कँडेल बहावको प्रिमियरमा सहभागी भए । प्रिमियर सो चलचित्र पत्रकार संघ कास्कीको समन्वयमा स्पेक्स फोर्टिनले मिडटाउन सिनेमाजमा आयोजना गरेको थियो ।

पोखराको पहिलो दर्शक बनेका कलाकर्मी, राजनीतिज्ञ र सञ्चारकर्मीबाट सकारात्मक प्रतिक्रिया प्राप्त भएको निर्माण टिमले जानकारी गराएको छ । चलचित्र बहावको प्रिमियर काठमाडौंमा भने बुधबार आयोजना गरिएको थियो ।

उपत्यकामा मात्रै भइरहने प्रिमियर सोलाई मोफसलमा समेत गर्नुपर्ने धारणाअनुरूप कार्यक्रम गरिएको चलचित्रका निर्माता श्रीधर पौडेलले जानकारी गराए । आफ्नो जन्मथलो पनि भएकाले प्रिमियरका लागि पोखरा रोजेको उनले उल्लेख गरे ।

‘मोफसलमा समेत प्रिमियर गर्नुपर्छ भन्ने सोच बनायौं । उपत्यका बाहिर फाट्टफुट्ट हुने यस्ता कार्यक्रमलाई बिस्तारै बढाउँदै लैजानुपर्छ भन्ने धारणा हाम्रो हो’, निर्माता पौडेलले भने । चलचित्र बहावमार्फत हरपरिवारभित्रको यथार्थ कथालाई अभिनयमार्फत प्रस्तुत गर्न पाउँदा खुसी लागेको नायिका सुरक्षा पन्तले बताइन् । उनी चलचित्रबाट आशावादी छिन् ।

यस्तै, कलाकार कमलमणि नेपालले आपूmले अहिलेसम्म गरेका अभिनयभन्दा फरक अभिनय बहावमा गरेको अभिव्यक्ति दिए । उनले चलचित्र बहावमार्फत समाजको पारिवारिक ऐना झल्काउन खोजिएको उल्लेख गरे ।

चलचित्रका लेखक तथा निर्देशक प्रमोद कँडेलले ‘बहाव’ दर्शकका लागि नयाँ विषयवस्तु हुन सक्ने बताए । उनले पछिल्लो समयको चलचित्रको ट्रेन्डलाई नै परिवर्तन गर्ने उद्देश्यले ‘बहाव’को निर्माण गरिएको बताए । पोखराका दर्शकबाट उनलाई ठूलो आशा छ ।

तपाइको प्रतिक्रिया
(Visited 124 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बार, दोहोरी र क्लबहरुलाई मनोरञ्जन कर तिर्न महानगरको आग्रह

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
नागेशले पाए विराटनगरको नेतृत्व