मालपोत कार्यालयमा प्रमुखविहीन हुँदा सेवाग्राही मारमा

खोटाङ । मालपोत कार्यालय खोटाङ प्रमुखविहीन हुँदा सेवाग्राही मारमा परेका छन् । तत्कालीन कार्यालय प्रमुख धर्मराज आचार्य २९ चैतमा सरुवा लिएर अन्यत्र गएपछि मालपोत कार्यालय प्रमुखविहीन बनेको हो । कार्यालय प्रमुख नहुँदा मालपोतमा नामसारी, नाम संशोधन, स्रेस्ता कायमलगायतका अर्धन्यायिक काम कारबाही ठप्प भएको छ ।

कार्यालय प्रमुखको अभावमा हाल दृष्टिबन्धक, ससिम जग्गा पास, जग्गा रोक्का र फुकुवालगायतका सेवा मात्र नियमित भइरहेको निमित्त कार्यालय प्रमुख जगत श्रेष्ठले बताए ।

जग्गा नामसारीका लागि २ वैशाखदेखि मालपोत कार्यालय धाइरहेका अर्जुनधारा नगरपालिका–११ झापाका मणिकुमार राईको काम हालसम्म अघि बढ्न सकेको छैन । राई पाथेका र फेदीमा बुबाको नाममा रहेको जग्गा आमाको नाममा नामसारीका लागि मालपोत कार्यालय पुगेका हुन् । नयाँ कार्यालय प्रमुख ‘आज आउँछ, भोलि आउँछ’ भन्दै दैनिक मालपोत कार्यालय धाएर साता १० दिन बितेको राईले गुनासो गरे ।

यस्तै, जग्गा नामसारीका लागि उदयपुर गाईघाटका निमा तेम्बा शेर्पा ४ वैशाखदेखि मालपोत धाइरहेका छन् । निर्मलीडाँडामा आमाको नाममा रहेको जग्गा दाजुभाइको नाममा नामसारीका लागि उनी दाजु फुर्वा शेर्पासँग गाईघाटबाट दिक्तेल आएका थिए । मालपोतमा कार्यालय प्रमुख नभएको बेला होटलमा बस्दा दैनिक खर्चको मात्रा बढिरहेको शेर्पाले बताए ।

मालपोतका कर्मचारीले ‘कार्यालय प्रमुख छैन’ भन्दै सेवाग्राहीलाई पन्छाउने गरेका छन् । मालपोतमा कार्यालय प्रमुख भए÷नभएको विषयमा जानकारी नपाउँदा टाढाटाढाबाट दिक्तेल पुगेका सेवाग्राही मारमा परिरहेका छन् । कतिपय सेवाग्राही काम नहुने भएपछि घर फर्किने गरेका छन् । नजिकका सेवाग्राही तत्काल फर्किए पनि टाढाबाट आएका सेवाग्राही होटलमा बस्ने गरेका छन् ।

भूमि व्यवस्था तथा अभिलेख विभाग बबरमहलले ४ वैशाखमा नयाँ कार्यालय प्रमुखका रूपमा रबिन मगरलाई काज सरुवामा पठाएको जानकारी दिएको छ । तर, परिवारको स्वास्थ्यसम्बन्धी समस्याले मगर हालसम्म रमना लिएर कार्यालयमा हाजिर हुन सकेका छैनन् । मालपोतमा प्रमुख नभएको अवस्थामा निमित्त प्रमुखको जिम्मेवारी पाएका श्रेष्ठलाई अर्धन्यायिक काम कारबाही गर्ने अख्तियारी नहुँदा सेवाग्राही भने कामविहीन भएर घर फर्कन बाध्य छन् ।

तपाइको प्रतिक्रिया
(Visited 130 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

अशोक राईको नेतृत्वमा जसपा नेपाल विभाजन

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
काठमाडौं उपत्यकाको स्थानीय तह नेतृत्वमा माओवादी शून्य !