कलहको भुंग्रोमा नेपाली समाज

खुला समाज लोकतन्त्रको सौन्दर्य हो । तर, पनि अभिव्यक्ति स्वतन्त्रता उपयोग गर्ने क्रममा अहिले नेपाली समाज राजक बन्दै गइरहेको छ । एकले अर्कोलाई गाली, गलौज, अश्लील शब्दवाण, घोचपेचलगायतका अमर्यादित क्रियाकलाप सामाजिक सञ्जालमा तीव्ररूपमा हुने गरेका छन् । डिजिटल सामाजिक सञ्जालमा घर, परिवारसँग बसेर हेर्न र सुन्न नसकिने किसिमको भाषा प्रयोग गरिएको छ । विभिन्न टेलिभिजनमा हुने छलफल, अन्तत्र्रिmया, बहसलगायतका ठाउँहरूमा उग्रएक्सन मात्र होइन, हात हालाहाल समेत हुने गरेको देखिन्छ । युट्युब, फेसबुक पेज, ट्वीटरलगायतका सामाजिक सञ्जालमा अपाच्य शब्द र व्यवहार हुने गरेको छ ।

यसैगरी, सांसद भवनमा प्रयोग हुने भाषाशैली, आरोप, प्रत्यारोप, द्वन्द्व, व्यंग्य पनि निम्नस्तरको देखिन्छ । कतिपय राजनीतिक विश्लेषक र सामाजिक अभियान्ताले सोसल मेडियामा प्रयोग गर्ने भाषाशैली पनि शिष्ट, सभ्य र मर्यादित पाइँदैन । यसरी हेर्दा समाजमा छाडा संस्कृति बढिरहेको अनुभूति हुन्छ । समाज कता गइरहेको छ ? समाजका बालबालिकाले के सिकिरहेका छन् ? अग्रजले नयाँ पुस्तालाई कस्तो समाज पुस्तान्तरण गरिरहेका छांै ? समीक्षा गर्नु पर्ने बेला आएको छ ।

नेपाली समाजमा केही दशक अगाडिसम्म राजनीतिक सिद्धान्त र दलगत आस्थामा फरकपन हुने गरेको भएता पनि सामाजिक सद्भाव, सहिष्णुता र मेलमिलाप नमुनाको रूपमा थियो । केही वर्ष अगाडिसम्म हिमालदेखि तराईसम्म र मेचीदेखि महाकालीसम्म हामी सबै नेपाली हौं भन्ने राष्ट्रिय चेतना प्रबल थियो समाजमा । देशका सबै जातजाति, भाषाभाषी वर्ग अनि तह र तप्काका नेपालीमाझ समाजिक सद्भाव र मेलमिलाप मर्यादित थियो । मानवता, सहयोग, सहकार्य, सहानुभूति, समानुभूति जस्ता मानवीय गुणहरूले भरिएको समाज एकाएक कसरी पक्ष र विपक्षमा बाँडिन पुग्यो ? भाँडिन पुग्यो ? कसरी अनेक कित्तामा विभाजित हुन पुग्यो ? सामाजिक एकताको दृष्टिकोणबाट हेर्दा आजको अवस्थासम्म आइपुग्नुको पछाडि राजनीतिक, आर्थिक, शैक्षिक तथा बेरोजगारीजस्ता कारणले समाज अराजक बन्दै गएकोे देखिन्छ ।

राजनीतिक कारण
समाजलाई राजनीतिक व्यवस्थाले प्रत्यक्षरूपमा प्रभाव पारेको हुन्छ । राणाकालमा जनता र राज्य सत्ताबीच दूरी फराकिलो थियो । राणाको एउटा वर्ग थियो भने जनता विपक्षमा थिए । जनतामा पनि जागीर खान र राणाबाट फाइदा लिन सक्नेहरू उनीहरूको समर्थनमा नै थिए । समग्रमा जनता र राज्यबीच सम्बन्ध सुमधुर थिएन । तर, नेपाली समाजमा आपसी एकता र सद्भाव उदाहरणीय थियो ।

२००७ मा प्रजातन्त्र आयो । प्रजातन्त्रमा राजनीतिक बन्देज नहुने भएकाले राजनीतिक आस्थाको आधारमा विभाजनका कित्ता बढे । एउटा कित्ता प्रजातान्त्रिक र अर्को गैरप्रजातान्त्रिक वा कम्युनिष्ट । प्रजातान्त्रिक धारको नेतृत्व नेपाली कांग्रेसले गरेको थियो भने गैरप्रजातान्त्रिक कम्युनिष्टका अनेक समूह ।

राजनीतिक विश्लेषक तथा सामाजिक अभियान्ताको पनि सोसल मेडियामा प्रयोग गर्ने भाषाशैली शिष्ट, सभ्य र मर्यादित छैन

नेपाली समाजमा २०१७ सालमा पञ्चायती व्यवस्था सुरु भएपछि अर्को कित्ता देखाप¥यो । जो राजाले नेतृत्व गरे । समाजमा राजावादी, प्रजातन्त्रवादी र कम्युनिष्ट अनेक झुन्ड त छँदै थिए । २०५२ साल पछाडि अर्को एउटा उग्रकम्युनिष्ट धार माओवादी देखा प¥यो । समाजमा रहेको गरिबी, अभाव र पछौटेपनको अन्त्य गर्न भनी जन्मिएको माओवादीको पछाडि समाजको एउटा कित्ता लावालस्कर लागेर आबद्घ भयो । माओवादीले राजनीतिक मुद्दा मात्र उठाएन, समाजमा रहेको धर्म, संस्कार, संस्कृति, मूल्य, मान्यतामाथि निर्मम प्रहार ग¥यो ।

माओवादी युद्ध एकातिर हत्याहिंसाको राजनीतिमा अभ्यस्त थियो भने अर्कोतिर समाजमा जातीय, वर्गीय र क्षेत्रीयलगायतका विखण्डित चिन्तनको विजारोपण ग¥यो । हिमाल, पहाड, तराई, किराँत, मंगोल, भावर, मुस्लिम, जनजाति, दलित आदि इत्यादिमा नेपाली समाज विभाजित हुन पुग्यो । समाजमा एक आपसमा शीतयुद्घको सिर्जना भयो । परिणामत समाजमा आपसी मान, सम्मान, इज्जत, समदृष्टिको भावना हराउँदै गयो । समाज अराजक बन्दै गयो ।

आर्थिक कारण
अंग्रेजीमा एउटा भनाइ छ, ‘हंग्री म्यान इज एंग्री म्यान’ । कार्ल माक्र्सको भनाइमा, ‘समाजमा रहेको वर्गीय विभेदका कारण द्वन्द्वको सिर्जना हुन्छ ।’ माक्र्सको भनाइ र वर्तमान नेपाली समाजको चारित्रिक विशेषतामा मेल खाएजस्तो देखिन्छ । आर्थिक समाज शास्त्रीय दृष्टिकोणबाट हेर्दा समाज अराजक बन्दै जानुमा गरिबी, अभाव र अज्ञानता नै प्रमुखरूपमा रहेका पाइन्छ । गरिबीको कारण समाज आसे बनेको छ ।

शैक्षिक चेतनाको कमी भएको हाम्रोजस्तो समाजमा यसो गरे हुन्छ कि वा उसो गरे होला भन्ने विचलित चिन्तनका कारण उग्र कुरा गर्ने, राज्यप्रति आक्रोश व्यक्त गर्ने व्यक्ति वा राजनीतिक दलको पछि लाग्ने गरेको देखिन्छ । राजनीतिक दलका समर्थक वा कार्यकर्ता सोसल मेडियामा अराजक शैलीमा उत्रिएको देखिन्छ । कसैलाई देवत्वकरण गर्ने र कसैलाई सत्तोसराप गर्ने अलोकतान्त्रिक गतिविधिमा अभ्यस्त भएको पाइन्छ । आर्थिक लाभको लागि घुसपैठ, भ्रष्टाचार, दलाली, तस्करी, ठगीजस्ता कार्यहरू हुने गरेका छन् ।

फुर्सदको दुरुपयोग
केही दशक अगाडिसम्म गाउँघरमा मानिस कृषि र पशुपालनको व्यवसायमा व्यस्त हुने गर्दथे । अहिले खेतबारी बँझाएर विदेशबाट आएको रेमिट्यान्सले जीवन चलाउने जनसंख्या ठूलो छ । कृषि पेसा विस्थापित हँुदै जाँदा समाजमा फुर्सद बढी छ । सामाजिकीकरणको पाटो पनि खुम्चिँदै गएको छ । ऐंचोपैंचो, अर्मपर्म, मेलापात, घाँसदाउरा गर्नेजस्ता सामूहिक अभ्यासमा कमी आएको छ । प्रायः गाउँघरमा खानेपानीका धाराहरू छन् । पँधेरामा जाने आउने समयमा एक आपसमा दुःख सुख गर्ने, एक परिवारले अर्को परिवारको समस्या बुभ्mने चलनमा पनि कमी आएको छ । गाउँमा इन्टरनेटको पहुँच छ । फुर्सदको समयमा सोसल मेडियामा आलोचनात्मक कुराहरू सुन्ने, भिडियो हेर्ने र नकारात्मक समाचारबाट प्रशिक्षित हुने अभ्यास बढ्दै गएको छ । यसरी हेर्दा फुर्सद हुनेहरूले सोसियल मेडियाको दुरुपयोग गरिरहेको अवस्था छ ।

शैक्षिक कारण
समाज अराजक बन्दै जानुमा एउटा कारण नैतिक एवं सांस्कारिक शिक्षाको अभाव हुनु हो । शिक्षाशास्त्री ओटावे भन्छन् ‘नवजात शिशु जन्मिँदा असामाजिक हुन्छ, उसलाई सामाजिक बनाउने काम घरपरिवार, समुदाय, विद्यालयलगायतका निकायको हो ।’ यसको अर्थ नवजात शिशुको खाली मस्तिष्कमा घरायसी, सामुदायिक, सामाजिक तथा शैक्षिक वातावरणले प्रभाव पार्दछ । माओवादीको जनयुद्घ कालमा नैतिक शिक्षाका किताब च्यात्ने काम भयो । संस्कृत शिक्षाको तीव्र विरोध गरियो । फलतः आज आइपुग्दा समाज अनुशासनहीन, अराजक एवं अमर्यादित बन्न पुग्यो ।

समाजलाई अनुशासित, मर्यादित, सहिष्णु, कर्तव्यनिष्ठ, परोपकारी तथा सांस्कारिक बनाउन नैतिक शिक्षा जरुरी छ

वैज्ञानिक हेलेन केलरले शिक्षाको उच्चतम सिकाइ सहनशीलता हो भनेझंै समाजलाई व्यक्ति र समाजलाई सहिष्णु बनाउन नैतिक शिक्षा वाञ्छनीय ठानिन्छ । नैतिक शिक्षाबिना समाजमा सहनशीलता, सामाजिक सद्भाव र सहिष्णुमैत्री व्यवहार कमजोर हुन्छ । अहिले यस्तै भइरहेको छ । समाजमा सज्जन, कल्याणकारी र लोकहित चिताउने नागरिकको अभाव छ । लोभ, लालच, चोरी डकैती, आत्महत्या, सम्बन्ध बिच्छेदका घटनाहरू बढदै छन् । भ्रष्टचार, हिंसा, बलात्कार, दुव्र्यसन, अपराधीकरण, सांस्कृतिक विचलनजस्ता समस्या चुनौतीको रूपमा रहेका छन् । नैतिकता, इमानदारिता, लोककल्याणकारी चिन्तन, सकारात्मक सोच, परोपकार, सामाजिक सद्भावजस्ता मानवीय गुणहरू हराउँदै गएको अवस्था छ । त्यसैले व्यक्ति तथा समाजलाई अनुशासित, मर्यादित, सहिष्णु, कर्तव्यनिष्ठ, परोपकारी तथा सांस्कारिक बनाउन नैतिक शिक्षाको आवश्यकता हुन्छ ।

अब के गर्ने त ?
सबैभन्दा पहिले त राजनीतिक संस्कार अभ्यासमा परिवर्तन गर्न आवश्यक ठानिन्छ । समाजले ठीक र बेठीकको आधारमा नागरिक धारणा बनाउनुपर्छ । दोष र गुणको आधारमा मात्र आलोचना वा समालोचना गर्ने गरौं । सबैभन्दा माथि देश हुन्छ भन्ने कुरा सबैले हेक्का राखांै । इमानदार तथा सचेत नागरिक बनांै ।

समाजमा अज्ञान कलह मच्च्याउनेहरूलाई राजनीतिक भाषामा साइवर सेना भन्ने गरिएको छ । राज्यले साइवर नीति बनाएर यसको नियन्त्रण गर्नु पर्दछ । समाजले भेदभाव विना नै भ्रष्टचार वा कुकर्म गर्नेहरूलाई सामूहिक बहिष्कार गर्नुपर्छ । समाजको सम्पत्ति, सामाजिक एकता, सद्भाव, मानवता र आपसी मित्रभाव हो । यसलाई जोगाआंै । शिष्ट, सभ्य एवं सचेत नागरिक बनौं ।

तपाइको प्रतिक्रिया
(Visited 114 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

को सफल को असफल ?

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
भ्रष्टाचार आरोपी नवनिर्वाचित अध्यक्षले लिए सपथ