सांस्कृतिक संस्थानले मनायो ५१ औ वार्षिक उत्सब

काठमाडौं । सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर)ले विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत सहित पुरस्कार प्रदान गर्दैै मँगलबार ५१ औं वार्षिक उत्सब मनाएको छ । संस्थानको मेघा हलमा आयोजित सो वार्षिक उत्सब समारोहमा बरिष्ट गायक÷संगीतकार तथा साहित्यकार गणेश रसिकलाई ‘सांस्कृतिक संस्थान दीर्घ साधना सम्मान २०८० बाट सम्मानित गरियो ।

सांस्कृतिक संस्थामा महाप्रबन्धकको रुपमा रहेर समेत उनले सेवा गर्नुका साथै आजिवन नेपाली संगीत क्षेत्रमा योगदान पु¥याएकाले दीर्घ साधना सम्मानबाट सम्मानित गरिएको संस्थानका महाप्रबन्धक अशोक प्यासी राईले बताए । उनलाई ५१ हजार रुपैयाँ सहित ताम्रपत्रबाट सम्मानित गरियो ।

समारोहमा सभामुख देवराज घिमिरेले रसिकलाई सो सम्मान प्रदान गरे । उनले वार्षिक उत्सबका अबसरमा तीन जना कलाकारलाई र एकजना उत्कृष्ट कर्मचारीलाई पुरस्कृत गरे ।

यस्तै सांस्कृतिक संस्थान राष्ट्रिय संगीत पुरस्कार २०८०बाट बरिष्ट गायक÷संगीतकार तथा नेपाल संगीत नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति शम्भुराईलाई प्रदान गरियो । सांस्कृतिक संस्थान राष्ट्रिय नृत्य पुरस्कार २०८०बाट बरिष्ट नृत्यकलाकार विमला श्रेष्ठ क्षत्रीलाई र सांस्कृतिक संस्थान राष्ट्रिय नाट्य पुरस्कार २०८०बाट अभिनेत्री शुष्मा शाहीलाई पुरस्कृत गरियो । संस्थानमा रहेर लामो समय सेवा गरेको र सम्बन्धित विधामा निरन्तर योगदान दिएको भन्दै जनही ५१ हजार रुपैयाँ सहित यी तीन कलाकारलाई पुरस्कृत गरिएको हो ।

यो वर्षको सांस्कृतिक संस्थान उत्कृष्ट कर्मचारी पुरस्कार २०८० नृत्य निर्देशक केशबराज राईलाई प्रदान गरियो ।

सो समारोहमा हिमाल देखि तराईसम्मका विविध गीत संगीत तथा नृत्य प्रस्तुत गरियो । एक घन्टा भन्दा बढी समयको सो सांस्कृति कार्यक्रम हिमाली भेकको याक नृत्यबाट सुरु गरिएको थियो । वार्षिक उत्सब समारोहमा अरुण भ्यालीको पूर्वेली असारे गीत तथा नृत्य, संगीनी नृत्य, खैंजेडी भजन गायन तथा नृत्य आकर्षक थियो ।

यस्तै काठमाडौं उपत्यकको नेवारी गायन तथा नृत्यमा पनि दर्शक रमाए । तराईको संस्कृतिलाई समेटिएको भोजपुरी गायन तथा नृत्य र मैथिली गायन तथा झिझिया नृत्यले दर्शकलाई मधेस पुगेको भान भयो । कार्यक्रममा प्रस्तुत गरिएको राष्ट्रिय गीतहरु यो मन त मेरो नेपाली हो, यो नेपाली शिर उचाली, बीर नेपालीमा दर्शकले तालीले साथ दिए । सांस्थानका बाद्यबादक कलाकारहरुले विभिन्न धुन प्रस्तुत गरेर केही क्षण दर्शकलाई मन्त्रमुग्ध तुल्याए ।

वार्षिक उत्सब समारोहलाई सम्बोधन गर्दै सभामुख देवराज घिमिरेले मुलुकलाई सांस्कृतिक रुपमा समुन्नत बनाउन सांस्कृतिक संस्थानको भूमिका महत्वपूण रहेको बताए । ५१ औं वार्षिक उत्सबको शुभकामना दिँदै शभामुख घिमिरेले देशभरका लोक संगीत, लोक नृत्य र लोक संस्कृतिलाई एउटै मालामा गाँसेर प्रस्तुतसँगै सँरक्षण गर्ने काममा सांस्कृतिक संस्थानको ठुलो योगदान रहेको बताए ।

सो वार्षिक उत्सब समारोहका सभापति एवम् संस्कृति पर्यटन तथा नागरिक उड्यान मन्त्रालयका सचिब सुरेश अधिकारीले संस्थानले ५१ औं वार्षिक उत्सबमा प्रस्तुत गरेको गायन एवम् नृत्यले उत्कृष्ट रहेको बताए ।

संस्थानका महाप्रबन्धक अशोकप्यासी राईले संस्थानमा रहेर आफुले गरेको विभिन्न कार्यहरुको जानकारी गराउँदै लोक संस्कृतिको अभिलेखिकरण देखि सांस्कृतिक फोटो पुस्तक प्रकाशनसम्मको चर्चा गरे ।

५१ औं वार्षिक उत्सबको अबसरमा संस्थानले आफ्ना कर्मचारीबीच आयोजना गरेको विभिन्न खेलका बिजेताहरुलाई कार्यक्रमको समापनमा पुरस्कार प्रदान गरियो ।

तपाइको प्रतिक्रिया
(Visited 112 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

राजनीतिक नेतृत्वले जोखिम मोल्ने समय आयो: अर्थमन्त्री पुन

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
तीन तन्नेरी, जसलाई चुनाब जित्न दलको सहारा लिनु परेन