टिजरमा ‘पशुपति प्रसाद २ : भष्मे डन’

काठमाडौं । यस वर्षको दसैंलाई लक्षित गरेर देश विदेशमा एकसाथ रिलिज गर्न लागिएको चलचित्र ‘पशुपति प्रसाद २ ः भष्मे डन’को टिजर यतिबेला रिलिज गरिएको छ ।

चलचित्रका मुख्य भूमिका विपीन कार्की भष्मेडनका रूपमा यस चलचित्रको टिजरमा समेटिएका छन् । सात वर्षअघि निर्माण भएको चलचित्र पशुपति प्रसादको सफलतापछि दोस्रो शृंखलाका रूपमा पशुपति प्रसाद : २ भष्मे डन निर्माण गरिएको यसका निर्देशक दीपेन्द्र के खनालले बताएका छन् ।

अभिनेता विपीन कार्कीको जन्मदिनको अवसर पारेर सार्वजनिक गरिएको यस टिजरमा पशुपति आर्यघाटको सेरोफेरो र अभिनेता विपीनले सुनको दाँत राखेको दृश्य प्रस्तुत गरिएको छ । चलचित्रको ट्रेलर भने यही महिनाको अन्तिममा रिलिज गरिने पनि निर्देशक खनालले बताएका छन् ।

पशुपति प्रसाद २ ः भष्मे डनमा विपीन कार्कीसँगै स्वस्तिमा खड्का, सौगात मल्ल, रवीन्द्रसिंह बानियाँ, माओत्से गुरुङ, प्रकाश घिमिरे, लोकेन्द्र लेखक, मिश्री थापा, सजन थापा मगर, विभु पौडेल तथा प्रकाश दाहालको मुख्य भूमिका रहेको छ ।

अहिलेसम्मकै महँगोमा विदेशका लागि बिक्री भइसकेको यो नेपाली चलचित्रको एक गीतमा अभिनेत्री आँचल शर्मा र अभिनेता निश्चल खड्का पनि विशेष भूमिकामा रहेको पनि निर्देशक खनालले बताएका छन् ।

टुकी आर्ट्सको ब्यानरमा निर्माण भएको चलचित्रलाई निर्माता तथा अभिनेता खगेन्द्र लामिछानेले लेखेका हुन् । जसमा निरज कँडेलको डिओपी, कृष्ण थापाको छायांकन, दीर्घ खड्काको सम्पादन, कृष्ण भारद्वाज तथा सुभाष भुसालको संगीत रहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 168 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

संसदमा धकेलाधकेल : मुठभेडमा कांग्रेस–एमाले

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
निर्वाचन सम्बन्धी टिकटक बनाएर ५० लाख दर्शक पुर्‍याउनेलाई ५० हजार पुरस्कार !