अमिरको ऐतिहासिक भ्रमणले कतारमा रहेका नेपाली श्रमिकको हितका लागि महत्वपूर्ण आयाम हुनेछ : दूतावास

काठमाडौँ । दोहास्थित नेपाली दूतावासले कतारका अमिर महामहिम शेख तमिम बिन हमाद अल थानीको ऐतिहासिक भ्रमणले कतारमा रहेका नेपाली श्रमिकहरूको हितका लागि महत्वपूर्ण आयाम हुने जनाएको छ। राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा कतारका अमिरअल थानीले आज मंगलबारदेखि दुईदिने नेपालको राजकीय भ्रमण मंगलबार अपराह्न काठमाडौं आइपुग्दै छन्।

दूतावासले एक बिज्ञप्ति जारी गर्दै नेपालका सम्माननिय राष्ट्रपति रामचन्द्र पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा कतारका अमिर महामहिम शेख तमिम बिन हमाद अल थानीको नेपाल भ्रमणको अवसरमा हामी कतारमा रहेका सम्पुर्ण नेपालीहरु यस कार्यको सफलताको कामना गर्दछौं,दूतावासले भनेको छ।

अमिरको यो ऐतिहासिक राजकीय भ्रमणले नेपाल र कतारबीचको सुमधुर सम्बन्धलाई थप प्रगाढ बनाउनुका साथै कतारमा रहेका नेपाली श्रमिकहरूको हितका लागि पनि महत्वपूर्ण आयाम हुने विश्वास लिएको जनाएको छ। परराष्ट्र मन्त्रालयका अनुसार अमिर अल थानीलाई अपराहन्न ५:३५ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रपति पौडेलले स्वागत गर्नेछन्।

अमिरले आजै राष्ट्रपति पौडेलसँग शितल निवासमा भेटवार्ता गर्नेछन् भने राष्ट्रपति पौडेलले उनको सम्मानमा साँझ राजकीय भोजको आयोजना गर्नेछन। बुधबार उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग द्विपक्षीय वार्ता गर्ने र वार्तापछि दुवै नेताले द्विपक्षीय सम्झौता तथा समझदारीपत्रमा हस्ताक्षर गर्ने छन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल र कतारबीच हुने विभिन्न विषयका समझदारीपत्रहरु स्वीकृत गर्ने र समकक्षी मिलाई हस्ताक्षर गर्न स्वीकृति दिने निर्णय गरिसकेको छ। ।

भ्रमणका क्रममा नेपाल र कतारबीचको युवा तथा खेलकुद सहयोगसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर हुनेछ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयक अनुसार दुवै सरकारबीच शिक्षा, उच्च शिक्षा र वैज्ञानिक अनुसन्धान क्षेत्रमा सहयोग विषयक सम्झदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ। खाडी मुलुकबाटै पहिलो पटक राष्ट्र प्रमुखको उच्चस्तरीय भ्रमण हुन लागेको हो ।

नेपालीहरुको प्रमुख गन्तब्य मध्येको एक कतारका अमिरको नेपाल भ्रमणले दुई देशको रोजगारी तथा बैदेशिक सम्बन्ध पनि थप प्रगाढ हुने बिश्वास लिईएको छ। अमिरको स्वगत गर्न कतारका लागि नेपाली राजदूत डा नरेश विक्रम ढकाल,एनआरएनए कतारका अध्यक्ष रमेश भट्ट लगायतका व्यक्तिहरु काठमाडौँ आइपुगिसकेका छन्।

तपाइको प्रतिक्रिया
(Visited 208 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

प्रतिनिधिसभामा आज पनि कांग्रेसको अवरोध, बैठक स्थगित

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
जनकपुरको १७ मध्ये १० पालिकाका कांग्रेसका उम्मेदवार निर्वाचित (सूचीसहित)