बिबादमा सलमान

मुम्बई । सलमान खानको शो ‘बिग बोस ओटीटी २’ यतिबेला निकै चर्चामा छ । आपसी खिचातानी र राजनीतिका कारण यो शोका सहभागीहरू लगातार समाचारमा छाईरहेका छन् । यसै क्रममा ‘बिग बोस ओटीटी २’ को सेटबाट अभिनेता एवम् कार्यक्रम होस्ट सलमान खानले चुरोट समातेको तस्बिर भाइरल बन्यो । जसका कारण उनी बिबादमा छाएका छन् ।

यो बिाबादपछि सलमान खान बिग बोसको ‘विकेन्ड का वार’ मा प्रस्तुत भएनन् । यो कार्यक्रममा आफुले चुरोट लिएको तस्बिर इन्टरनेटमा लीक भएपछि उनले शो छोड्ने निर्णय गरेका हुन् ।

जुलाई ८ मा विकेन्ड का वार एपिसोड होस्ट गर्दा सलमान खान चुरोट समातेको अबस्थामा क्यामेरामा कैद भए । उनीहरुको तस्बिर सामाजिक सञ्जालमा लिक भएलगत्तै भाईरल भयो । धेरैले टिका टिप्पणी गरे । यो विषयमा ठूलो बहस सुरु भयो ।

चुरोटकै कारण यो हप्ता सलमान खान होस्टको रुपमा प्रस्तुत नभएपछि बिग बोसको निर्माण पक्षले आफुहरुको गल्ती सच्याउने प्रयास गरिरहेको छ । सलमानलाई अर्को साताबाट होस्टको रुपमा ल्याउन निर्माण पक्षले अहिले कसरत गरिरहेको छ । उनीहरुले अहिले सामाजिक सञ्जालमा चलिरहेको हल्ला झुटो भएको र यसको पछाडि कसैको हात भएको भन्दै सलमानलाई आश्वस्त पार्न खोजिरहेका छन् ।

बिग बोसको निर्माण पक्षलाई सलमान बिग बोस ओटीटी २ बाट बाहिरिएका हुन त भन्ने प्रश्नमा निर्माण पक्षले सलमान खानको हातमा बिग बोस ओटीटी २ को लगाम आउँदा दिनमा निरन्तर हुने दाबी गरेको छ । सलमान एक होस्टको रूपमा आगामी साताबाटै ‘विकेन्ड का वार’मा प्रस्तुत हुने दाबी पनि निर्माण पक्षको रहेको छ ।

चुरोटको भाईरल चर्चालाई छायाँमा पार्न अभिनेता सलमान यतिबेला आशिकी फेमका अभिनेता राहुल रोयलाई मद्दत गर्ने काममा जुटेका छन् । ब्रेन स्ट्रोक भएपछि ठुलो आर्थिक क्षति व्यहोरेका राहुलको अस्पतालको बिल सलमानले तिरेका छन् । राहुल रोय र उनकी बहिनी प्रियंका रोयले आफू अस्पतालमा भर्ना हुँदा उद्योगका कोही पनि साथीले सहयोग गर्न नआएको गुनासो गरेका थिए । यस्तो अवस्थामा सलमान खानले उनलाई फोन गरेर सहयोग दिने बाचा गरेका थिए । त्यसपछि सञ्चारमाध्यममा हल्ला नगरी अस्पतालको बक्यौता बिल सलमानले तिरेका छन् ।

अर्कोतर्फ, सलमान यतिबेला आगामी फिल्म ‘टाइगर ३’बाट पनि चर्चामा छन् । फिल्ममा सलमान फेरि एक र एजेन्टको भूमिकामा देखिनेछन् । यसअघि ‘एक था टाइगर’ र ‘टाइगर जिन्दा है’ मा आइएसआई एजेन्टको भूमिका निर्वाह गरिसकेकी कट्रिना कैफ पनि उनीसँगै हुनेछिन् । यसरी चुरोट हातमा च्यापेका तस्बिरका कारण यो साता सलमानले खेप्नु परेको टिप्पणीलाई सुधार्न यी अभिनेता अहिले लागिपरेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 171 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

अशोक राईको नेतृत्वमा जसपा नेपाल विभाजन

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
पाँचथरमा ५ दलित महिला सदस्य निर्बिरोध