आयात निर्यात घटे पनि व्यापार घाटा साढे १४ खर्ब माथि नै

काठमाडौँ । आर्थिक वर्ष २०७९÷८० मा आयात निर्यातमा कमी आइ वैदेशिक व्यापार घटे पनि मुलुकको व्यापार घाटा घट्न सकेको छैन ।

भन्सार विभागले सोमबार सार्वजनिक गरेको तथ्यांक अनुसार गत आर्थिक वर्षमा कुल व्यापार घाटा १४ खर्ब ५४ अर्ब ५९ करोड १० लाख ७४ हजार रुपैयाँ रहेको छ । यो व्यापार घाटा अघिल्लो आर्थिक वर्ष २०७८÷७९ को तुलनामा १५.४५ प्रतिशतले थोरै रहेको भन्सार विभागले जनाएको छ । अघिल्लो आर्थिक वर्षमा कुल व्यापार घाटा १७ खर्ब २० अर्व ४१ करोड रहेको थियो ।

भन्सार विभागका अनुसार गत आर्थिक वर्षमा कुल १६ खर्ब ११ अर्ब ७३ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको थियो । गत २०७९ को साउन देखि २०८० को असारसम्ममा मुलुकले कुल १ खर्ब ५७ अर्ब १४ करोड रुपैयाँ बराबरको मात्र वस्तु निर्यात गरेको छ ।

अघिल्लो आर्थिक वर्षमा १९ खर्ब २० अर्वको आयात र २ खर्बको निर्यात गरेको थियो । अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्ष मुलुकको आयात १६.०८ प्रतिशतले र निर्यात २१.४४ प्रतिशतले घटेको तथ्यांक रहेको छ ।

सरकारले सुन, गाडी, महँगा मोबाइल जस्ता विलासिताको सामग्री र कुरकुरेजस्ता प्याकेजिङ्ग वस्तुको आयातमा प्रतिवन्ध लगाएपछि आयात घटेको हो । आयातमा गरेको प्रतिवन्धका कारण व्यापार घाटा दुई खर्ब ६५ अर्ब रूपैयाँले कमी आएको देखिएको छ।

उद्योगधन्दा कलकारखानाले मेसिनरी सामान ल्याउनेदेखि अन्य वस्तुको समेत आयात बढ्दा गत आर्थिक वर्ष अहिलेसम्मकै सबैभन्दा उच्च आयात भएको थियो ।

नेपाल राष्ट्र बैंकले समेत विलासिता वस्तुको सूची निकालेर एलसी खोल्दा शतप्रतिशत मार्जिन राख्नुपर्ने व्यवस्था गरेपछि आयात पुससम्म हुन सकेको थिएन । यसले गर्दा राजश्व संलकन प्रभावित भएको थियो

नेपालको कुल व्यापारमा आयातको हिस्सा ९१ दशमलव १२ प्रतिशत र निर्यातको हिस्सा ८ दशमलव ८८ प्रतिशत रेको छ । अघिल्लो आवमा आयातको हिस्सा ९० प्रतिशत मात्र थियो ।

व्यापार घाटामा विगतमा झै अहिले पनि प्रमुख कारक तत्वमा पेट्रोलियम पदार्थ रहेको छ । गत आर्थिक वर्षमा ३ खर्ब ५२ अर्ब ७१ करोड रुपैयाँको पेट्रोलियम पदार्थ नेपालले आयात गरेको छ । अघिल्लो आवमाा पेट्रोलियम पदार्थको आयातमा ३ खर्ब ८३ अर्ब रुपैयाँ विदेशिएको थियो । विद्युतीय सामान र उपकरणको आयात १ खर्ब रुपैयाँ बराबरको भएको छ । विभिन्न मेसिन र त्यसको पार्टपूर्जा आयातमा समेत १ खर्ब विदेशिएको छ । ३१ अर्ब रुपैयाँ बराबरको तरकारीजन्य वस्तु आयात भएको छ । आइरन र स्टीलको आयातमा १ खर्ब ४० अर्ब रुपैयाँ विदेशिएको छ । यसैंगरी एक वर्षमा ३७ लाख ९१ हजार हेडफोन र दुई लाख ८६ हजार स्मार्टवाच भित्रिएका छन ।

भन्सार विभागले सोमबार सार्वजनिक गरेको तथ्यांक अनुसार गत आर्थिक वर्षमा एक खर्ब ५३ अर्ब ७६ करोड ९९ लाख रुपैयाँको डिजेल मात्र भित्रिएको छ ।

त्यसपछि वढी भित्रिएका पदार्थहरुमा पेट्रोल, खाना पकाउने एपी ग्यास, फलामजन्य कच्चापदार्थ, सोयाबिन तेल, कोइलाजन्य सामग्री परेका छन् ।

कच्चा पाम तेल, स्मार्ट फोन, औषधिजन्य सामाग्री पनि बढी आयात हुने सूचीमा रहेका छन् । २२ अर्ब ९४ करोड ६० लाख रुपैयाँको युरिया मल आयात भएको छ ।

विभागका अनुसार ६६ अर्ब ८४ करोडको रुपैयाँको पेट्रोल, ५८ अर्ब १५ करोड रुपैयाँको खाना पकाउने ग्याँस आयात भएको छ । गत वर्ष ४३ अर्ब ८९ करोड रुपैयाँको सुन मात्र भन्सार तिरेर भित्रिएको छ ।

३५ अर्ब ५८ करोड रुपैयाँको भटमासको तेल भित्रिएको तथ्यांक रहेको छ । यसैंगरी २७ अर्ब १२ करोड रुपैयाँको कोइला आयात भएको छ ।

भन्सार विभागका अनुसार नेपालले यस अवधिमा ४ लाख ९२ हजार ३३५ स्क्वायर मिटर कार्पेट बिक्रीबाट ११ अर्ब ५० करोड रुपैयाँ आर्जन गरेको छ । रिफाइन्ड गरिएको पाम तेलको निर्याटबाट १० अर्ब ७१ करोड रुपैयाँ भित्रिएको छ ।

नेपालले ८ अर्ब ४७ करोड रुपैयाँको भटमासको तेल निर्यात गरेको तथ्यांक रहेको छ । यसैंगरी ८ अर्ब २७ करोडको अलैंची नेपालले निर्यात गरेको छ । त्यस्तै ६ अर्ब ५६ करोड पाम तेल निर्यात गरेको छ ।

आयात निर्यातको आधारमा नेपालको व्यापार घाटा विगतमा झैं भारतसँग रहेको छ । भारतसँगको व्यापार घाटा ९ खर्ब २१ अर्ब १६ करोडको रहेको छ । यसैंगरी चीनसँग २ खर्ब २० अर्व ९५ करोडको व्यापार घाटा रहेको छ । त्यसपछि इन्डोनेसियासँग ४१ करोडको, युएइसँग ३१ करोडको र अर्जेन्टिनासँग २४ करोडको व्यापार घाटा रहेको छ । व्यापार घाटा भएका अन्य मुलुकहरुमा क्रमशः मलेसिया, युक्रेन, अस्ट्रेलिया, कतार, थाइल्यान्ड, ओमान र साउदी अरेविया रहेका छन् ।

सवैभन्दा वढी व्यापार फाइदा भएको मुुलुकमा डेनमार्क रहेको छ । डेनमार्कसँग ५ अर्ब करोड १२ करोडको व्यापार फाइदा छ भने अमेरिकासँग १४ करोडको व्यापार फाइदा रहेको छ । त्यसैंगरी अल्जेरिया, कम्बोडिया, नाइजेर, उरुग्वेसँग पनि व्यापार फाइदा रहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 168 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सहकारी ठगी प्रकरणमा संसदीय छानविन समिति बनाउन सहमति

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
जनकपुरमा गठबन्धनमा गडबड