विद्यार्थीको हकअधिकारका लागि आफूहरु जस्तो सुकै कदम चाल्न सक्ने : अध्यक्ष साह

काठमाडौं । आम जनता पार्टी (आजपा) निकटको आम विद्यार्थी मोर्चाका अध्यक्ष विवेक साहले सरकार विद्यार्थीहरूभन्दा बढी व्यापारीहरूसँग नजिक भएको आरोप लगाएका छन् । काठमाडौंमा आज सञ्चारकर्मीसंग कुराकानी गर्दै साहले भने, ‘सरकारले विद्यार्थीको पक्षमा कम र व्यापारीहरूको पक्षमा बढी ध्यान दिएको हामी देख्न सक्छौं ।’

देशभरका विद्यार्थीहरू एसईई उत्तिर्ण गरेर उच्च शिक्षा अध्ययनका लागि राजधानी भित्रिने गरेको र राजधानीका विद्यालयहरूले भने विद्यार्थीहरूबाट भर्ना गर्नेबेला नै बाह्रै महिनाको शुल्क लिइरहेको दावी उनले गरे ।

श्रवाण महिनादेखि कक्षा सञ्चालन भएपनि शुल्क भने बैशाखदेखि चैत्रसम्म भनेर विद्यालयहरूले उठाइरहेको बताउँदै उनले सरकार अहिलेसम्म किन मौन बसिरहेको भन्दै प्रश्न गरे । उनले विद्यार्थीहरूलाई यातायातमा छुट दिने ब्यवस्था काठमाडौं उपत्यकाबाहेक बाहिर कतैपनि लागू नभएको र त्यसको जवाफपनि कसले दिने हो भन्दै प्रश्न गरे ।

शिक्षक दरबन्दीमा पनि सरकारले ध्यान नदिएको र लापरवाही गरेको आरोप उनले लगाए । उनले सबै विद्यार्थी संगठनहरू एक ठाउँमा आउन जरूरी रहेको आवश्यकत्ता औंल्याए । उपत्याका बाहिरका बिद्यार्थीहरुले समेत यातायातमा छुट पाउँनुपर्ने बताउँदै उनले सरकारले यस ’boutमा कदम नचाले आफूहरु चुप लागेर नबस्ने चेतावनी समेत साहले दिए ।

बिद्यार्थीको हकहित एवं अधिकारका लागि आफूहरुले जस्तो सुकै कदम उठाउँन बाध्य हुने बताउँदै उनले सरकारले यस बिषयमा गम्भिर हुन आवश्यक रहेको बताए ।

तपाइको प्रतिक्रिया
(Visited 186 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

गठबन्धनमा संकटको चर्चाबीच दाहाल–ओली दुई घण्टा भेटवार्ता

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
जिरी नगरपालिकाकाे नगर प्रमुख र उपप्रमुखमा एमालेका उम्मेदवार विजयी