केराको पनामा रोगको नयाँ प्रजाति टिआर-४ को व्यवस्थापनवारे छलफल

काठमाडौं । केराको पनामा लाग्ने रोगको नयाँ प्रजाति टिआर ४ बाट केरा खेती जोगाउन कैलालीको टीकापुरमा आज सरोकारवालाबीच बिस्तृत छलफल भएको छ ।

नेपाल कृषि अनुसन्धान परिषद् (नार्क), कृषि मन्त्रालयका प्रतिनिधि, सुदूरपश्चिम प्रदेश कृषि मन्त्रालय, कृषि ज्ञान केन्द्र कैलाली र बर्दिया, सुदूरपश्चिम विश्वविद्यालय कृषि संकाय, रानीजमरा कुलेरिया सिचाइँ आयोजना, कृषि अनुसन्धान निर्देशनालय दिपायल, राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्र, इलाका प्रशासन कार्यालय, जोशीपुर र जानकी गाउँपालिका, टिकापुर र लम्कीचुहा नगरपालिकाका प्रतिनिधि, पत्रकार, कैलालीका केरा खेती गर्ने कृषकहरू लगायतको सहभागिता रहेको उक्त कार्यक्रममा केराको पनामा रोगको नयाँ प्रजाति टि आर ४ को सुरक्षित व्यवस्थापन’bout अन्तरकृया सम्पन्न भएको हो ।

कार्यक्रममा प्लान्ट क्वारेनटाइन तथा विषादी व्यवस्थापन केन्द्र का प्रमुख प्रकाश पौडेलले कार्यक्रम आयोजना गर्नुको उद्देश्य र यो रोग व्यवस्थापनका कानूनी र क्वारेन्टिनका पक्ष’bout जानकारी दिए ।

यसैगरि राष्ट्रिय बाली रोग बिज्ञान अनुसन्धान केन्द्रका वैज्ञानिक डा. रामबहादुर खड्काले यो रोगको उत्पत्ति, प्रसार र व्यवस्थापन’bout बिस्तृत जानकारी दिए ।

पनामाको टि आर ४ को जोखिम विश्लेषण कार्यदलका सदस्य देवराज अधिकारीले कार्यदलको कार्ययोजना र प्रस्तावित आचारसंहिता प्रस्तुत गरेका थिए ।

राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रका प्रमुख डा. कालिकाप्रसाद उपाध्यायले यस्ता महामारीबाट बालीनालीलाई जोगाउन नियमनको तहमा प्रदेश सरकार र कार्यान्वयनको तहमा स्थानीय सरकारको भूमिका महत्वपूर्ण रहनेहुनाले कृषकहरूले सबै निकायसँग समन्वयमा रही रोग व्यवस्थापन गर्नुपर्ने बताए ।

कार्यक्रममा सुदूरपश्चिम प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री रामेश्वर चौधरीले यो रोग व्यवस्थापन गर्न आचारसंहिताको पूर्ण पालना गर्दै आवश्यक परे यो रोग देखिएका क्षेत्रलाई सङ्कटग्रस्त क्षेत्र घोषणा गर्ने, कृषकहरूलाई बिमामार्फत् या स्थानीय सरकार मार्फत् क्षतिपूर्ति या अन्य उपाय को अवलम्बन गर्न सकिने बताए ।

टिकापुर, जानकी, जोशीपुर र लम्कीचुहाका स्थानीय सरकारका प्रतिनिधिहरूले सबैपक्षसँग सहकार्य गरी रोग व्यवस्थापन गर्न तत्पर रहने बताए ।

कार्यक्रमकै सिलसिलामा किसानलाई तत्काल दिन सकिने सल्लाह र थप सर्भे गर्ने’bout कृषिसँग सम्बन्धित संस्थाहरूबीच छुट्टै प्राविधिक छलफल हुनुको साथै कार्यदलले केराका बगैँचाहरूको स्थलगत अवलोकन समेत गरेको थियो । रानीजमरा सिचाइ आयोजना कैलालीका प्रमुख कलशराम चौधरीको अध्यक्षतामा सञ्चालित उक्त कार्यक्रमको सञ्चालन दिलिपजंग रानाले गरेका थिए । सरकारले यसअघि नै यो रोगको जोखिम विश्लेषण र सर्वेक्षण गर्न नार्कका वैज्ञानिक डा. रामबहादुर खड्काको संयोजकत्वमा ५ सदस्यीय कार्यदल गठन गरिसकेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 143 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सहकारी ठगी प्रकरणमा संसदीय छानविन समिति बनाउन सहमति

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
बैतडीका ५ पत्रकार चुनाव लड्दै, महासंघका निवर्तमान अध्यक्ष वडा सदस्यमा