बाढीले पाँचथरमा ६ जना बेपत्ता

बाढीले बगाएको मेची राजमार्ग अन्तर्गत फिदिम–४, स्थित हेंवाखोला मोटरेवल पुल ।

पाँचथर । अविरल बर्षासँगै खोलामा आएको बाढीमा परी पाँचथरमा ६ जना बेपत्ता भएका छन् । उनीहरु गएराती बर्षासँगै खोलामा आएको बाढीमा परेर बेपत्ता भएका हुन् ।

फिदिम–१०, का सञ्जोग लोवा, हिलिहाङ–७, का दिल कुमार तामाङ, फिदिम–४, स्थित हेंवा खोलामा गिट्टि कुटेर जिबिकोपार्जन गर्ने १ जना, फिदिम–४, माझिटारका २ जना र फालेलुङ–३, का १ जना गरी ६ जना बेपत्ता भएको प्रहरीले जनाएको छ । बेपत्ताहरुको खोजीकार्य सुरु गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख, प्रहरी नायव उपरिक्षक हरि खतिवडाले बताए ।

बर्षासँगै हेंवाखोलामा आएको बाढीले मेची राजमार्ग अन्तर्गत हेंवाखोलाको मोटरेवल पुल बगाउँदा मेची राजमार्गको फिदिम–ताप्लेजुङ खण्ड अवरुद्ध बनेको छ । बाढीले जिल्लाको फालेलुङ गाउँपालिकामा २ वटा मोटरेवल पुल र एउटा झोलुङ्गे पुल बगाएको त्यहाँबाट मनु केरुङले जानकारी दिए ।

त्यस्तै जिल्लाको उत्तरपूर्वी याङवरक गाउँपालिकामा मध्यपहाडि लोकमार्ग अन्तर्गत नुवाखोलाको मोटरेवल पनि बाढीले बगाएको छ । याङवरक गाउँपालिकामा एउटा घर समेत बगेको जानकारी प्राप्त भएको छ । क्षतिको विवरण भने आउन बाँकि छ ।

मेची राजमार्ग, मध्यपहाडि राजमार्ग, तमोर करिडोर सडकका विभिन्न स्थानमा गएरातीको बाढी पहीरोका कारण सडक अवरुद्ध रहेकाले आवस्यक समन्वय गरेर मात्र यात्रा गर्न जिल्ला प्रहरी कार्यालय पाँचथरले अनुरोध गरेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 113 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

प्रिन्टिङ मेसिन थन्किदा अन्तःशुल्क स्टिकर छपाइमा बिचौलियाको बोलवाला

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
वीरगन्जमा मेयरका लागि १२ जनाको उम्मेद्वारी दर्ता