धनगढी उपमहानगरमा दाहसंस्कार गर्न नगरवासीलाई ५ हजार नगद

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकाले नगरवासीको निधनमा दाहसंस्कार गर्न ५ हजार नगद दिने भएको छ । विपन्न परिवारका सदस्यको निधनमा दाहसंस्कारका लागि दाउरालगायतका सामग्री किन्न प्रतिव्यक्ति ५ हजार दिने भएको हो ।

यसअघि घरदेखि घाँटसम्म शवबाहन निशुल्क गरेको यो उपमहानगरले दाहसंस्कार गर्न आर्थिक अभावमा दाउरा लगायतका सामग्री किन्न आर्थिक समस्या भएकाहरुका लागि घरमै गएर नगद ५ हजार दिने निर्णय गरेको हो ।

उपमहानगरको आइतबार बसेको २६ औं कार्यपालिकाको बैठकले मृतकका परिवारलाई घरमै गएर दाहसंस्कार गर्न भनेर सो रकम उपलब्ध गराइने निर्णय गरेको छ । रकमका लागि उपमहानगरको पैसा नलाग्ने फोन १८१०५००००९० वा ०९१–५९०६९० मा कल गरेर जानकारी गराएपछि नगरप्रहरीले सम्बन्धीत क्षेत्र वा वडाको जनप्रतिनिधिसँग सम्पर्क गरी घरमै गएर नगद ५ हजार दिने नगरप्रमुख गोपाल हमालले बताए ।

सोमबार उपमहानगरपालिकाको ९ औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै नगरप्रमुख हमालले आफ्नै खर्चले दाहसंस्कार गर्न नसक्नेहरूका लागि यस्तो निर्णय गरिएको बताए । उपमहानगरले नागरिकको अन्तेष्टिमा आर्थिक समस्या भएर टायरमा शव जलाउनुपर्ने अवस्था नआओस् भनेर दाहसंस्कार गर्नु अघि नै दाउरा लगायतका आवश्यक सामग्री किन्न खर्च स्वरुप हातोहात ५ हजार रुपैयाँ सहयोग गर्ने निर्णय गरेको नगरप्रमुख हमालले बताए ।

कार्यक्रममा बोल्दै नगरप्रमुख हमालले कोही नगरवासीको आफन्तजनको मृत्यु हुँदा विपन्न परिवारका लागि धनगढी उपमहानगरले मसानघाटसम्म शव लैजान निशुल्करुपमा शवबाहन उपलब्ध गराउँदै आएको छ । तर, दाहसंस्कार गर्न दाउरा किन्ने पैसा नभएर टायरमा जलाएर अन्तेष्टि गर्नुपरेको खबर सुन्दा तथा देख्दा त्यो अवस्थाको अन्त्य गर्न मृतकका परिवारलाई दाहसंस्कार गर्नु अघि नै घरमै गएर दाउरा किन्नसम्म पुगोस् भनेर उपमहानगरबाट ५ हजार नगद दिइने बताए ।

धनगढी उपमहानगरले १९ वटै वडामा कोही कसैको मृत्यु हुँदा अन्तिम संस्कारका लागि शव वाहन तथा बिरामीलाई अस्पताल ल्याउन र लैजान एम्बुलेन्स सेवा निःशुल्क प्रदान गर्ने गरेको छ । सो सेवा सेवाग्राहीले नगर प्रहरीबाटै पाउन सक्ने व्यवस्था मिलाइएको उपमहानगरले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 190 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सहकारी ठगी प्रकरणमा संसदीय छानविन समिति बनाउन सहमति

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
गोपी हमालले झण्डै दोब्बर मतले जित्न लाग्नुको कारण यस्तो छ