पौडेलद्वारा प्रेस चौतारी चितवनको भवन निर्माणमा आर्थिक सहयोग

चितवन । छोराको जन्मदिनको अवसर पारेर विज्ञापन चितवन एड्भरटाइजिङ्ग प्रा.लि.का सञ्चालक खुमप्रसाद पौडेल किरणले प्रेस चौतारी चितवनको भवन निर्माणका लागि आर्थिक सहयोग गरेका छन् ।

पौडेलले छोरा अभिषेक पौडेलको जन्मदिनको अवसरमा भवन निर्माणका लागि प्रेस चौतारी चितवनका अध्यक्ष सुवास पण्डितलाई दश हजार आर्थिक सहयोग हस्तान्तरण गरेका हुन् । भरतपुर–११ बसेनीमा निर्माण हुँदै गरेको भवनका लागि सहयोग गर्न पाउँदा आफूलाई खुसी लागेको पौडेलले बताए । चितवनमा रहेर विभिन्न राष्ट्रिय तथा स्थानीय सञ्चार माध्यममा विज्ञापन सम्वन्धी कार्य गर्दै आएका पौडेलले जिल्लामा पत्रकार सम्वद्ध संघसंगठनको भवन बन्दा त्यसले संस्थागत विकासमा टेवा पुग्ने बताए ।

प्रेस चौतारी चितवनका अध्यक्ष सुवास पण्डितले भवन निर्माणका लागि विभिन्न पक्षबाट सहयोग मिल्ने क्रम जारी नै रहेकोले भवनले पूर्णता पाउने विश्वास लिएको बताए ।समाजसेवी केशव कार्कीले प्रदान गरेको ९ धुर जग्गामा चौतारी चितवनको भवनका काम धमाधम भैरहेको छ ।

भवनको दोस्रो तला ढलानको अन्तिम गरिएको छ । पहिलो तलाको काम फिनिसिङ्ग गर्ने काम सुरु भएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 75 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

अध्यक्ष ओलीको अँगालोमा सुहाङ !

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
गठबन्धनका कारण उपप्रमुखमा पनि पुरुष हावी