संखुवासभामा प्रभावकारी बन्दै गर्भवती र सुत्केरीको उद्धार

संखुवासभा । संखुवासभा जिल्लामा गर्भवती तथा सुत्केरी महिला उद्धार कार्यक्रम प्रभावकारी बन्दै गएको छ । दुर्गम क्षेत्रका जटिल प्रकारका सुत्केरी तथा गर्भवतीका लागि राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गतको हवाई उद्धार प्रभावकारी देखिएको हो ।

भौगोलिक विकटताका कारण नजिकका वर्थिङ सेन्टर र स्वास्थ्यचौकीमा शल्यक्रियासहितको प्रसूति सेवा प्राप्त मात्रामा छैनन् । विशेषज्ञ चिकित्सक र पर्याप्त पूर्वाधारको अभावका कारण दुर्गममा भरपर्दाे प्रसूति सेवा छैन । यही कारण जिल्लामा गम्भीर अवस्थाका गर्भवती तथा सुत्केरीको उपचार हुँदैन ।

जिल्लाका दुर्गम क्षेत्रका गर्भवती तथा सुत्केरीका लागि हवाई उद्धार कार्यक्रम प्रभावकारी देखिएको पब्लिक हेल्थ नर्स अधिकृत भवानी तिम्सिनाले जानकारी दिइन् । हवाई उद्धार कार्यक्रममार्फत हालसम्म १६ जना गर्भवती तथा सुत्केरी महिलाको उद्धार गरिएको पब्लिक हेल्थ नर्स अधिकृत तिम्सिनाले बताइन् ।

गर्भवती तथा सुत्केरी जटिलताका लागि हवाई उद्धार कार्यक्रमअन्तर्गत २०७७ सालदेखि हालसम्म १६ जना सुत्केरी तथा गर्भवतीको हवाई उद्धार गरी विभिन्न अस्पतालमा पठाइएको पब्लिक हेल्थ नर्स अधिकृत तिम्सिनाले बताइन् । समयमै हवाई उद्धार भएकाले सुत्केरी, गर्भवती र नवजात शिशुले अकालमै मृत्यु बेहोर्नुपर्ने अवस्था हटेको पब्लिक हेल्थ नर्स अधिकृत तिम्सिनाले बताइन् ।

साउन महिनायता मात्र ६ जना गर्भवती तथा सुत्केरी महिलाको हवाई उद्धार गरिएको छ । हवाई उद्धार कार्यक्रमका लागि सरकारले थप प्रचारप्रसार गर्नु आवश्यक भएको पब्लिक हेल्थ नर्स अधिकृत तिम्सिनाले बताइन् ।

हवाई उद्धार कार्यक्रमअन्तर्गत भोटखोलाबाट चार जना, सिलिचोङबाट तीन जना, मकालुबाट दुई जना, सभापखेरी गाउँपालिकाबाट एक जना र खाँदबारी नगरपालिका पाँच जना, पाँचखपनबाट एक जनाको उद्धार गरिएको छ । उद्धार गरिएकाहरू १७ वर्षदेखि ३६ वर्ष उमेर समूहका छन् । उद्धार गरिएका गर्भवतीको उमेर समूहले कलिलैमा बिहे गरेको पुष्टि गरेको छ ।

सरकारले दुर्गम भेगमा जोखिममा परेका गर्भवती तथा सुत्केरी महिला लगातार लामो व्यथा लागि बच्चा जन्माउन कठिनाइ भएका, गर्भमा नै बच्चाको मुत्यु भएमा र सुत्केरीपश्चात् अत्यधिक रक्तश्राव भएको अवस्थामा निःशुल्क हवाई उद्धार गर्दै आएको छ । सरकारले दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलालाई हवाई उद्धार गरी तोकिएका अस्पतालमा निःशुल्क पु¥याउने व्यवस्था मिलाउने गरेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 92 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

राजनीतिक नेतृत्वले जोखिम मोल्ने समय आयो: अर्थमन्त्री पुन

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
भरतपुरका बागी उम्मेदवार भन्छन्, अनुशासनको कारबाही भोग्न तयार छु, उम्मेदवारी फिर्ता लिन्न