नातिकाजी राष्ट्रिय स्रष्टा सम्मान तथा पुरस्कार घोषणा

काठमाडौं । दिवँगत संगीतकार नातिकाजी श्रेष्ठको ९९ औं जन्म जयन्तीको अवसर पारेर ‘नातिकाजी राष्ट्रिय स्रष्टा सम्मान तथा पुरस्कार–२०८०’ घोषणा गरिएको छ । नातिकाजीकै निवास मित्रपार्कमा मंगलवार एक कार्यक्रम आयोजना गर्दै नातिकाजी स्मृति समाजले सम्मान तथा पुरस्कार घोषणा गरेको हो ।

नातिकाजी स्मृति समाजका अध्यक्ष एवम् अग्रज संगीतकार शम्भुजीत बास्कोटाको अध्यक्षतामा हालै बसेको समाजको बैठकले सम्मानित तथा पुरस्कृत व्यक्तिहरुको चयन गरेको हो । समाजका उपाध्यक्ष दीपक श्रेष्ठले यो वर्ष नातिकाजी स्रष्टा सम्मान तथा पुरस्कार–२०८० द्वारा सम्मानित तथा पुरस्कृत हुने व्यक्तित्वहरुको नाम मँगलबार सो कार्यक्रममा घोषणा गरेका हुन् ।

यो वर्ष ‘नातिकाजी राष्ट्रिय संगीत पुरस्कार’ बाट पुरस्कृत हुनेहरुमा गायक शिशिर योगी, गायिका बानिका प्रधान, संगीतकार राजनराज शिवाकोटी र गीतकार विजय शिवाकोटी रहेका छन् । यस्तै ‘नातिकाजी राष्ट्रिय प्रतिभा पुरस्कार २०८०’ बाट पुरस्कृत हुनेहरुमा गायक सञ्जय तुम्रोक, गायिका रचना रिमाल, संगीतकार शशि विक्रम थापा र गीत रेकर्डिष्ट प्रकाश मिश्र रहेका छन् ।

यो वर्ष ‘नातिकाजी राष्ट्रिय लोक संगीत पुरस्कार’ लोक गायक अमृत खातीलाई प्रदान गरिने भएको भने ‘नातिकाजी राष्ट्रिय कला पत्रकारिता पुरस्कार’ पत्रकारद्वय कृष्ण भट्टराई र शान्तिप्रिय प्रदान गरिने नातिकाजी स्मृति समाजका अध्यक्ष एवम् अग्रज संगीतकार शम्भुजीत बासकोटाले कार्यक्रममा जानकारी गराए ।

यसैगरी यो वर्ष ‘नातिकाजी राष्ट्रिय विशिष संगीत सम्मान’ बाट गीत रचनातर्फ आनन्द अधिकारी, वाद्यवादनतर्फ केशव सुनाम, गीत रचनातर्फ भूषण खरेल, गीत रचनातर्फ सुनिल थापा, परम्परागत संगीतर्फ धर्म मुनिकार, गायनतर्फ सुदेश शर्मा, वाद्यवादनतर्फ कुमार सिंह, वाद्यवादनतर्फ सुवर्ण लिम्बु, गीत रचनातर्फ राम भट्टराई तथा गीत रचनातर्फ वसन्त वित्यासी थापा छन् ।

सो क्रममा संगीतकार नातिकाजीको तस्बिरमा फुलमाला अर्पण गर्दै कलाकारहरुले उनीप्रति श्रद्धासुमन व्यक्त गरेका थिए । नातिकाजी स्मृति समाजका अध्यक्ष बासकोटाले सो समारोहलाई सम्बोधन गर्दै नेपाली सुगम संगीतको विकाशमा नातिकाजीको योगदानको चर्चा जती गरेपनि कमै हुने बताए । नातिकाजीले बनाएको साँगीतिक मार्गलाई पहिल्याउँदै अहिलेको कलाकारहरुले नेपाली संगीतको श्रीबृद्धिमा योगदान दिएकाले नातिकाजीको जन्मजयन्तीको अबसर पारेर हरेक वर्ष संगीतकर्मी तथा सञ्चारकर्मीलाई यो सम्मान तथा पुरस्कार अर्पण गरिँदै आएको समाजका अध्यक्ष बासकोटाले कार्यक्रममा बताए । मँगलबार घोषणा गरिएको यो सम्मान तथा पुरस्कार बिगत झै यसपटक पनि राष्ट्रपतिको हातबाट प्रदान गरिने अध्यक्ष बासकोटाले जानकारी गराए ।

तपाइको प्रतिक्रिया
(Visited 87 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

गिरिबन्धु टि–इस्टेट प्रकरणः दीपक मल्होत्राको योजनामा केपी ओलीसहितले गरेका थिए नीतिगत भ्रष्टाचार

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
प्रधानमन्त्री देउवाकै वडामा कांग्रेस पराजित, बीपी कांग्रेसका भण्डारी निर्वाचित