चुरे क्षेत्रबाट ब्यापक रुपमा खयर तस्करी (फोटोफिचर)

रौतहट । रौतहट र मकवानपुर जिल्ला बिचमा रहेको चुरे क्षेत्रमा अहिले ब्यापक रुपमा खयर कटानी भइरहेको छ । रौतहटको चन्द्रपुर नगरपालिका वाड नं. २ को चुरे क्षेत्रमा पर्ने महादेब स्थान डाडामा लोप हुदै गइरहेको खयर जातीको दर्जनौ रुख काटिरहेको अबस्थामा भेटिएको हो ।

राष्ट्रिय वन क्षेत्रमा पर्ने सो जंगलमा दर्जनौ भन्दा बढी खयरका रुख काटिएका छन । बिषेश सुचनाको आधारमा सो क्षेत्रमा संचारकर्मीको टोली नै पुगेको थियो । करिब २०÷२५ बर्ष पुराना खयर जातीको रुख काटिएको अबस्थामा भेटिएको छ ।

फुलवारी गाउबाट करिब ३ किलोमिटर उत्तर चुरे क्षेत्रमा खयरको रुख काटिएको हो । उक्त जंगलमा तस्करहरुले छानी छानी खयरको मात्रै रुख काटेको पाइएको छ । खयरघारीको रुपमा परिचत उक्त जंगलमा अधिकांश खयरका रुखहरु काटिसकेका छन । केही दिन अघि सो क्षेत्रमा खयर काटिएको खबर आएपछि वन गस्तीटोलीलाइ पठाएको सव डिभिजन वन कार्यालय पौराई जुडिबेलाका वन अधिधृत सुरेश महतोले जानकारी दिए ।

३÷४ वटा रुख काटेको जानकारी आएको र अन्य रुखको ’boutमा हेर्न आफै जाने समेत वन अधिकृत महतोले बताए ।बहुमुल्य प्रजातीको खयर काटने जो कोहीलाइ पनि पक्राउ गरी कार्वाही गर्ने उनले बताएका छन । खयर तस्करी सम्बन्धमा डिभिजन वन कार्यालय रौतहटका प्रमुख शैलेन्द्र मिश्र संग कुरा गर्दा पछि भेटेर नै प्रतिक्रिया दिने बताएका छन । यता स्थानियले खयर तथा का तस्करी नियन्त्रण गर्न कसैले पनि पहल नगरेको बताएका छन ।

बहुमुल्य जातको खयर तस्करी हुदा समेत सो काटिएको काठ वन कर्मचारीले उठान नसकेको स्थानियको गुनासो छ । चुरे क्षेत्रबाट तस्करहरुले सिसौ,खयर,सत्तिसाल लगायतका लोप हुदैगएका बिभिन्न प्रजातीका रुखहरु कटान गरी डमरु,अन्य प्रकारका समानहरु लाने गरेका छन । केही बर्ष अघि डिभिजन वन कार्यालय रौतहटले गैडाटारबाट ठुलो मात्रामा डमरु बरामद गरेको थियो । यहा निमार्ण गरिएका डमरुहरु चिन सम्म पुग्ने गरेको स्थानिय बताउछन ।

उक्त वन क्षेत्रमा स्थानियले अन्य स साना रुखहरु काटदै आगो लगाउदै वन अतिक्रमण पनि गरेको पाइएको छ । सानो खरियान डाडा भनेर चिनिने सो ठाउमा खयरको रुख काटने संगसगै जंगल फाडने कार्यपनि जारी रहेको छ ।हर्दिया खोलाको छेउमा रहेको सो चुरे क्षेत्रमा अतिक्रमण बढेको छ ।

करिब २० बर्ष पहिला घना जंगल रहेको चुरे क्षेत्र अहिले गाउ नै गाउ भएको पाइएको छ । रौतहटको जरुवा,खरियान डाडा,हिलेखोला,सुत्ने खोला,मोरंगे,भोलनटार लगायतका दर्जनौ गाउहरु चुरे अतिक्रमणबाट बनेका गाउहरु हुन । जहा चुरे क्षेत्र अतिक्रमण गरेर सयौ पक्की तथा कच्ची घरहरु बनेका छन ।

ति गाउहरुमा नेपाल सरकारले बिजुली, खानेपानी, सडक, बिद्यालय लगायतको सुबिधा प्रदान गदै आएको छ । दलहरुको भोट बैंकको रुपमा रहेको चुरे क्षेत्र हटाउन कुनै पनि दलहरुले हिम्मत गर्न सकेका छैनन । बरु राज्यले भुमी आयोग मार्फत सो क्षेत्रको जमिन नापजाच गरी पुर्जा दिने रणनिति बनाएको छ ।

चुरे क्षेत्रको संरक्षणको नाममा राज्यले अरबौ रुपैया सकेको भएतापनि चुरे क्षेत्रका बासिन्दालाइ ब्यबस्थीत गर्न कुनै पहल नगरेको उपभोक्त हित मंच रौतहटका अध्यक्ष टिका घिमिरेले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 169 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

वेस्ट इन्डिज ए सँग नेपाल १० रनले पराजित

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
पोखरामा एकीकृत समाजवादी ७ सय मतान्तरले अगाडी