अमेरिकामा कार्यक्रममा सहभागी भए ह्यारी–मेगन

मियामी । बेलायती राजकुमार ह्यारी र उनकी पत्नी राजकुमारी मेगन मर्केल जेपी मोर्गन मियामीमा आयोजित एक कार्यक्रममा सहभागी भएको बकिंघम दरबारले जनाएको छ । जेपी मोर्गन अमेरिकी बहुराष्ट्रिय ब्याकिङ तथा फाइनान्सियल सेवा दिने कम्पनी हो ।

राजकुमार ह्यारीले सो कार्यक्रमलाई सम्बोधन गरेका छन् । तर, त्यसका लागि उनलाई पैसा दिइएको वा नदिइएको भन्ने स्पष्ट भइसकेको छैन । ड्युक र डचिस अफ ससिक्सले आफूहरू ‘वरिष्ठ शाही सदस्य’बाट हट्ने र आर्थिक रूपमा आत्मनिर्भर बन्न काम गर्ने बताएको केही समयपछि उनीहरू कम्पनीको कार्यक्रममा सहभागी भएको समाचार बाहिर आएको हो ।

उनीहरूले बेलायत र उत्तरी अमेरिकामा समय विभाजन गरेर बस्न चाहेको बताएका छन् । बेलायती राजपरिवारले उनीहरूको इच्छाअनुसार आगामी वसन्तदेखि पूर्णकालीन शाही सदस्य नरहने स्पष्ट पारिसकेको छ । त्यसपछि उनीहरूले शाही उपाधि, शाही उत्तरदायित्व, सैन्य नियुक्ति र औपचारिक रूपमा महारानीको प्रतिनिधित्व गर्नेछैनन् ।

सबैभन्दा पहिले सो समाचार प्रकाशित गर्ने द न्युयोर्क पोस्टको पेज सिक्सले राजकुमार र राजकुमारी ‘मुख्य वक्ताहरू’ रहेको बताएको थियो । शाही सदस्यबाट पछि हट्ने उनीहरूको चाहनालाई महारानीले स्वीकृति दिएपछि उनीहरू पहिलोपटक सार्वजनिक कार्यक्रममा साथमा देखिएका हुन् ।

पेज सिक्सको रिपोर्ट अनुसार सीबीएस न्युजकी समाचारवाचिका गेल किंगले कार्यक्रममा मेगनको परिचय गराएकी थिइन्, जसले मियामीको दक्षिणी समुद्र तटस्थित वन होटलमा प्रवेश गर्नुपूर्व आफ्नो पतिप्रतिको प्रेम’bout कुरा गरेकी थिइन् ।

राजकुमार ह्यारीले आफ्नो मानसिक स्वास्थ्य’bout कुरा गरेको बताइएको छ । त्यस’bout विगतमा पनि उनले धेरैपटक कुरा गरेका थिए ।

 ह्यारी र मेगनले अहिले उनीहरूको कार्यालयको ९५ प्रतिशत खर्च प्रिन्स अफ वेल्स अर्थात् ह्यारीका पिता चाल्र्सबाट आउने बताएका छन् । उनले ह्यारी र मेगनको सार्वजनिक कार्यक्रमका साथसाथै राजकुमार विलियम र केटको निजी खर्चका लागि केही पैसा दिन्छन् ।

मेगन राजपरिवारसँग जोडिएको सन् २०१८÷१९ मा चाल्र्सले त्यसरी तिर्ने रकम ६५ लाख डलर रहेको थियो । सो रकम राजकुमार चाल्र्सको व्यापारिक संस्था डची अफ कोर्नवलबाट आम्दानी हुने गर्छ । सम्पत्ति र आर्थिक लगानीसम्बन्धी काम गर्ने सो संस्थाले गत वर्ष २ करोड ८२ लाख डलर कमाएको थियो ।

 ससिक्स दम्पतीको पाँच प्रतिशत आम्दानी सरकारले राजपरिवारलाई दिने अनुदानबाट पनि आउँछ । यो खर्चमा सुरक्षाका लागि लाग्ने रकम समावेश गरिएको छैन । त्यसको छुट्टै व्यवस्था गरिन्छ । सो अनुदान महारानीको स्वामित्वमा रहेको क्राउन इस्टेट भनिने व्यापारिक सम्पत्तिबाट हुने नाफाबाट जुटाइन्छ ।

तपाइको प्रतिक्रिया
(Visited 226 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

‘दुर्बासा’ पत्रकार !

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
सुर्खेतमा कहाँ कसकाे वर्चश्व ?