नेपाललाई चार स्वर्ण

काठमाडौं । अन्तर्राष्ट्रिय पेन्डामिक भर्चुअल गेम्समा नेपाली उमा कुङ्फु खेलाडीको टोलीले ४ स्वर्णसहित ७ पदक जितेका छन् । अनलाइन प्रतिस्पर्धामा नेपालले ४ स्वर्णसँगै २ रजत र १ कांस्य हात पारेको नेपाल उमा कुङ्फु संघका अध्यक्ष सिद्धार्थ लामा तामाङले जानकारी गराए ।

नेपालबाट पाँच खेलाडीले प्रतिस्पर्धा गरेकोमा सबैले पदक जित्न सफल भएका हुन् । कमल मगरले पुरुष ताइचीको सफ्ट स्टाइलमा स्वर्ण र ननट्रेडिसनल वेपनमा कांस्य जित्न सफल हुँदा सञ्जयराज पुटुवारले पुरुषतर्फ सञ्जयले सफ्ट स्टाइल तथा ट्रेडिसनल वेपन दुवै विधामा रजत प्राप्त गरेका हुन् । महिला ताइचीको सफ्ट स्टाइलमा मुन्नी सुवेदी लामा तामाङले स्वर्ण, महिला ताइचीमा जमुना गुरुङ तथा पुरुष फम्स विथ म्युजिकमा सुदीप श्रेष्ठले स्वर्ण जिते ।

खेलाडीले आफूले सहभागिता जनाउने स्पर्धाको १ देखि ३ मिनेटसम्मको श्रव्यदृश्य डब्लूएमएसीमा पठाउनुपर्ने थियो । एक स्पर्धाका लागि खेलाडीले १५ युरो तथा एक भन्दाबढीका लागि अत्तिरिक्त ५ युरो तिर्नुपर्ने थियो । डब्लूएमएसीले कोरोना भाइरस (कोभिड–१९) कारण आफ्नो सम्पूर्ण वार्षिक प्रतियोगिता स्थगित भएपछि भर्चुअल प्रतियोगिता आयोजना गरेको हो । वल्र्ड मार्सल आर्ट्स कमिटी (डब्लूएमएसी)ले आयोजना गरेको प्रतियोगिता अस्ट्रियाको ब्रिगेन्जमा मे २८ देखि ३० तारिखसम्म भएको थियो । प्रतियोगितामा विभिन्न चार महादेशबाट १४ राष्ट्रका २ सय ३३ खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 219 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

संसदमा धकेलाधकेल : मुठभेडमा कांग्रेस–एमाले

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
रामेछापमा मतगणना स्थलमा हवाई फायरः ४ जना घाइते