कोरोना नियन्त्रणका लागि फेरि ५५ करोडभन्दा बढी निकासा

काठमाडौं । सरकारले कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि प्रदेश, स्थानीय तह र सेनालाई गरी ५५ करोडभन्दा बढी निकासा गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहत रहेको कोरोना संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषले गत बुधबार सो रकम निकासा दिएको हो ।

कोष सञ्चालक समितिका अध्यक्ष रहेका राष्ट्रिय योजना आयोगका उपाध्यक्ष पुष्पराज कँडेलको अध्यक्षतामा बसेको सञ्चालक समितिको बैठकले प्रदेश, स्थानीय तह र सेनालाई गरी ५५ करोडभन्दा बढी रुपैयाँ दिने निर्णय गरेको हो । सरकारले लगातार करोडौं रुपैयाँ निकासा गरे पनि प्रदेश तथा स्थानीय तहमा कोरोना रोकथाम नियन्त्रण भने प्रभावकारी बन्न सकेको छैन भने क्वारेन्टिनसमेत अव्यवस्थित छन् ।

कसलाई कति निकासा ?
– सात प्रदेश : ३८ करोड
– नेपाली सेना : ९ करोड २६ लाख ८० हजार
– ८४ वटा स्थानीय तह : ७ करोड २२ लाख ६८ हजार
– स्वास्थ्य तथा जनसंख्या मन्त्रालय : ८८ लाख ५५ हजार
– राष्ट्रिय अनुसन्धान तालिम केन्द्र कीर्तिपुर : २५ लाख

यस्तै, त्यसरी पठाइएको करोडौं रकमको अनुगमनसमेत प्रभावकारी हुन नसक्दा पारदर्शितामा प्रश्न उठ्ने गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषबाट बुधबार मात्रै सातै प्रदेशमा ३८ करोड रुपैयाँ निकासा गरिएको छ । जसअनुसार प्रदेश १ विराटनगरमा ४ करोड, प्रदेश जनकपुरमा ७ करोड र बाग्मती प्रदेशमा ४ करोड रुपैयाँ निकासा गरिएको छ । यसैगरी, गण्डकी प्रदेशमा ४ करोड, प्रदेश ५ बुटबलमा ७ करोड, कर्णाली प्रदेश सुर्खेतमा ६ करोड र सुदूरपश्चिम प्रदेशमा ६ करोड निकासा गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ । यस्तै, देशका विभिन्न ८४ वटा स्थानीय तहका लागि ७ करोड २२ लाख ६८ हजार ३ सय रुपैयाँ निकासा दिइएको छ ।

यसअघि पनि स्थानीय तहमा केन्द्रबाट लाखौं रुपैयाँ पठाइएको थियो । हाल स्थानीय तहका लागि पठाइएको रकमले स्थानीय तहले बनाएका क्वारेन्टिनको व्यवस्थापन र सुधार गर्न, मापदण्डबमोजिम बनाउन, क्वारेन्टिनमा बसेका व्यक्तिलाई उचित खानपानको व्यवस्था मिलाउने प्रयोजनमा खर्च गर्न निर्देशन दिइएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ । यस्तै, कोरोना रोकथाम तथा उपचारका लागि प्रयोग भएका सेनाका विमान, नेपाल वायु सेवा विमान तथा निजी क्षेत्रका विमानको भाडाका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ८८ लाख ५५ हजार रुपैयाँ निकासा गरिएको छ ।

नेपाली सेना मातहतको वीरेन्द्र सैनिक अस्पताल छाउनीलाई आइसियू कक्षलगायत भौतिक पूर्वाधार निर्माण गर्न र औषधी उपकरण तथा स्वास्थ्य सामग्री खरिद गर्न ९ करोड २६ लाख ८० हजार रुपैयाँ निकासा गरिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

यसैगरी, आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र कीर्तिपुरलाई शिक्षण अस्पतालमा १२ जना बिरामी तथा १० जना बिरामी स्वास्थ्यकर्मीको उपचारका लागि २५ लाख रुपैयाँ निकासा गरिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 189 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

गिरिबन्धु टि–इस्टेट प्रकरणः दीपक मल्होत्राको योजनामा केपी ओलीसहितले गरेका थिए नीतिगत भ्रष्टाचार

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राष्ट्रिय खेलाडी सुशील कापाल काट्दै रंगशाला निर्माण