म्यानचेस्टर शीर्ष स्थानमा कायमै

लन्डन । म्यानचेष्टर युनाइटेड इङ्लिस प्रिमियर लिगको पुनः अग्रस्थानमा उक्लिएको छ । आज बिहान सम्पन्न खेलमा फुलह्यामलाई २-० ले पराजित गर्दै  युनाइटेड शीर्ष स्थानमा उक्लिएको हो ।

पहिलो हाफसम्म १-१ गोलको बराबरीमा खेलेको युनाइटेडले खेलको दोस्रो हाफको ६५औं मिनेटमा युनाइटेडका पोक्बाले गरेको दोस्रो गोल नै निर्णायक गोल बन्न पुग्यो ।

गएराती सम्पन्न अर्को खेलमा भने म्यानचेष्टर सिटीले आफ्नै घरेलु मैदानमा एस्टन भिल्लालाई शून्यका विरुद्ध २ गोलले पराजित गरेको छ । यो जीतसँगै सिटीले पनि लेस्टरलाई पछि पार्दै अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।

पहिलो हाफसम्म गोलरहित बराबरीमा खेलेको सिटीले दोस्रो हाफको ७९औं मिनेटमा एक गोलको अग्रता लिएको थियो । खेलको अतिरिक्त समयमा सिटीले पाएको पेनाल्टीलाई गोलमा परिणत गरेपछि सिटीले शुन्यका विरुद्ध २ गोलले जीत निकालेको हो । साविक विजेता लिभरपुल भने अंक तालिकाको चौथो स्थानमा पुगेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 177 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

संसदमा धकेलाधकेल : मुठभेडमा कांग्रेस–एमाले

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
दलित वस्ती बनाउने निर्णय गर्दै मधेशकी प्रथम महिला मेयर साहले गरिन पदभार ग्रहण