पुलिससँग थ्री स्टार स्तब्ध

पोखरा । डिफेन्डिङ च्याम्पियन रुस्लान थ्री स्टार क्लब १८औं संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमाबाटै बाहिरिएको छ । बुधबार भएको पहिलो सेमिफाइनलमा थ्री स्टार विभागीय टोली नेपाल पुलिस क्लबसँग ३–० ले स्तब्ध हुदै प्रतियोगिताको सेमिफाइनलबाटै बाहिरिएको हो ।

यससँगै पुलिसले लिगमा बेहोरेको १–० को हारको बदला लिन सफल भएको छ । लिगपछि यि दुई टोली पहिलोपटक आमनेसामने भएका हुन् । युवा खेलाडीले भरिएको थ्री स्टारले पुलिससँग निकै नै कमजोर खेल पस्कदा सेमिफाइनलबाटै घर फर्कन बाध्य बन्यो । पोखरा रंगशालामा पुलिसको जितमा निर कुमार राईले दुई तथा कप्तान भरत साहले एक गोल गरे । खेलको आठौं मिनेटमा कप्तान भरत साहले गोल गर्दै पुलिसलाई अग्रता दिलाएका थिए ।

निशान खड्काले पुलिसका खेलाडीलाई फउल गरेपछि प्राप्त फ्रिकिकमा तेज तामाङले छिटो गरी चलाउदै रवि पासवानलाई दिएको थियो । भरतले रविको क्रस पासमा अशोक खवासलाई बिट गर्दै वान टचमा गोल गर्न सफल भएका थिए । त्यसअघि खेलको चौथौ मिनेटमा मिक्छेन तामाङको फ्रिकिकमा सन्जोक राईको हेडर पहिलो बारबाट बाहिरिदा थ्री स्टार अग्रता लिनबाट चुकेको थियो ।

१०औं मिनेटमा भरत साहकै अर्काे प्रहारलाई थ्री स्टारका गोलरक्षक पुर्ण चेम्जोङले मुस्किलले बचाए । १९औं मिनेटमा सन्जोक राईको क्रसमा आशिष राईको प्रहारलाई अन्जन राईले ब्लक गर्दै सम्भावित बराबरी टार्दा थ्री स्टार बराबरीबाट चुक्यो । ३३औं मिनेटमा मिक्छेन तामाङको कर्नरमा सुसान श्रेष्ठको हेडर पासमा सन्जोक राईको प्रहारलाई पुलिसका गोलरक्षक रोशन खड्काले मुस्किलले बचाउदा थ्री स्टार पुनः बराबरीबाट चुक्यो ।

५१औं मिनेटमा निर कुमार राईले गोल गर्दै पुलिसको अग्रता दोब्बर पारे । थ्री स्टारका कप्तान बिक्रम लामाको गल्तीमा बल अघि बढाउदै गरेको प्रहारलाई थ्री स्टारका गोलरक्षक पुर्ण चेम्जोङको हातमा लाग्दै गोलमा परिणत भएपछि थ्री स्टारको फाइनल यात्रा टाढिएको थियो । ६३औं मिनेटमम अशोक खवासको क्रस पासमा सन्जोक राईको प्रहार गोलरक्षक रोशन खड्काले पञ्च गर्दै बचाउदा थ्री स्टारले गोल अन्तर घटाउने अवसर गुमायो ।

७२औं मिनेटमा निर कुमार राईले गोल गर्दै पुलिसलाई सहज जिततर्फ अघि बढाए । तेज तामाङले पेनाल्टी बक्सभि मिलाइदिएको पासमा अनमार्क रहेका निरकुमार राईले गोल गरेन सफल भएका थिए । त्यसपछि थप गोल निस्कन नसक्दा पुलिस ३–० ले विजयी हुदै फाइनलमा पुग्न सफल भयो । दुई गोल गरेका पुलिसका निर कुमार राई खेलको म्यान अफ दि म्याच घोषित भए । उनले १० हजार रुपैया हात पारे । क्याराभान गोल्डकपसहित ६ पटकको च्याम्पियन पुलिसले अब फाइनलमा मनाङ–मस्र्याङ्दी र त्रिभुवन आर्मी क्लबबीचको विजेतासँग शनिबार खेल्नेछ । आर्मी र मनाङबीचको सेमिफाइनल बिहीबार हुनेछ ।

जितपछि पुलिसका प्रशिक्षक अनन्तराज थापाले शुरुमै गोल निस्कदा जित हात पार्न सहज भएको बताए । ‘थ्री स्टार आफैमा ब्रान्ड क्लब हो । यसपटक युवा खेलाडीलाई मौका दिएको थ्री स्टारले हामीसँग राम्रै खेल पस्केको हो । विदेशी खेलाडी नहुदा पनि हामीलाई थ्री स्टारविरुद्ध जित निकाल्न केही सहज भएको हो ।’ खेलपछि प्रशिक्षक थापाले भने, ‘अब हाम्रो लक्ष्य च्याम्पियन बन्ने हो । हामीलाई आर्मी र मनाङ जुनै प्रतिद्धन्द्धी आएपनि फरक पर्नेछैन । दुवै टोलीसँग बदला लिने अवसर छ । बदला लिदै च्याम्पियन बन्नेछौं ।’ पुलिस राइनो गोल्डकपको फाइनलमा आर्मीसँग तथा बुढा सुब्बा गोल्डकपमा मनाङसँग सेमिफाइनलमा पराजित भएको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 375 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सहकारी ठगी प्रकरणमा संसदीय छानविन समिति बनाउन सहमति

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
भरतपुर ९ मा एकीकृत समाजवादी विजयी