देउवालाई मोदीको बधाई

फाइल फोटो ।

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई भारतीय समकक्षी नरेन्द्र मोदीले बधाई दिएका छन् । प्रतिनिधिसभाबाट आइतबार राति विश्वासको मत पाउनेबित्तिकै भारतका प्रधानमन्त्री मोदीले ट्वीटरमार्फत देउवालाई बधाई दिएका हुन् ।

उनले प्रधानमन्त्री देउवाको सफल कार्यकालको शुभकामना व्यक्त गर्दै देउवाको कार्यकालमा द्विपक्षीय सम्बन्ध अझ गहिरो हुने पनि विश्वास व्यक्त गरेका छन् ।

देउवा प्रधानमन्त्री नियुक्त भएपछि भारतीय राजदूतले भेटेर बधाई दिए पनि प्रधानमन्त्री मोदीले बधाई दिएका थिएनन् । विश्वासको मत पाएपछि मात्रै मोदीले बधाई दिएका हुन् ।

तपाइको प्रतिक्रिया
(Visited 448 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

को सफल को असफल ?

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
महानगरका मेयर उम्मेदवारले ७ लाख ५० हजार रुपैयाँ मात्रै खर्च गर्न पाउने