मृतक महिलाको पिसिआर रिपोर्ट नेगेटिभ

काठमाडौँ । सोमबार मृत्यु भएकी चितवन खैरहनी नगरपालिका–१ की २० वर्षीया महिलाको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । गत वैशाख १२ गते कञ्चनपुरबाट साँखु आफन्तकामा आएकी ती महिलालाई शङ्खरापुर नगरपालिका इन्द्रेणीको क्वारेन्टिनमा केही दिन राखिएको थियो । क्वारेन्टिनबाट निक्लिएपछि उनको सोमबार मृत्यु भएको थियो ।

मृतक महिलाको स्वाब परीक्षणका लागि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल पठाइएको शङ्खरापुर नगरपालिकाका स्वास्थ्य संयोजक विष्णुप्रसाद चापागाईंले बताए । उनका अनुसार ती महिलाको पिसिआर परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । शव परीक्षणपछि उनका श्रीमान्लाई जिम्मा लगाइएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 212 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

अध्यक्ष ओलीको अँगालोमा सुहाङ !

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
स्थानीय निर्वाचनका लागि बाँके र बर्दियाको सीमा नाका ७२ घण्टा बन्द हुने